ट्रेंडिंग:

>> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु
मुख्य खबर

महिनादिन नबित्दै भत्कियो कल्भर्ट

पालिका भित्र हुने गरेका विकास निर्माणका अधिकांश स्थानमा कमसल सामग्रीको प्रयोग गरि संरचना निर्माण हुने गरेको गुनासो व्यापक बढ्दो छ ।
१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

चन्द्रौटा(कपिलवस्तु), -जेठ- कपिलवस्तुको विजयनगर गाउँपालिकामा अनुगमन फितलो भएकै कारणले कमसल संरचना निर्माण भएको पाइएको छ । पालिका भित्र हुने गरेका विकास निर्माणका अधिकांश स्थानमा कमसल सामग्रीको प्रयोग गरि संरचना निर्माण हुने गरेको गुनासो व्यापक बढ्दो छ । यस्तै देवीपुर कृषि बाटोमा कल्भर्ट निर्माण भएको महिनादिन नबित्दै भत्किएको छ । वडा नम्बर–५ मा निर्माण भएको कल्भर्टको छेउको पिसिसि ढलान महिना दिन पुग्दै भत्किँदा कमसल सामग्री प्रयोग गरिएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयका अनससार बाटोमा कल्भर्ट निर्माण गरिएको बाटोको २ मिटर पिसिसि ढलान भत्किएको छ । समयमै गाउँपालिकाले अनुगमन नगर्दा गुणस्तरहीन काम भएको एक स्थानीयले आरोप लगाए । विकास निर्माणका अधिकांश कार्य क्षेत्रमा अनुगमन फितलो भएकै कारणले कमसल सामग्री प्रयोग हुने गरेको स्थानीय बताउँछन् ।
उनले भने ः “विकास गरौं तर नामका लागि मात्र होईन । निर्माण भएको १ महिना नपुदै यसरी भत्किने बिकासले बजेट मात्र नास हुने र जनताको करको दुरुपयोग बड्दै जाने हुन्छ ।“ सकिन्छ गुणस्तरीय काम गरौं सकिन्न भने पैसा खर्चका लागि मात्र विकास नगरौं भन्दै उनले थपे ः “विनाश भएर जाने विकासले न सुविधा दिन्छ न सन्तुष्टि त्यसैले अनुगमन प्रभावकारी ढंगले गरौं ।“

यता कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्र बहादुर बलालले नयाँ माटो पटान भएकोले पिसिसि ढलान भत्किएको बताए । उक्त स्थानमा पिसिसि ढलानको निर्माण कार्य सुरु गरिएको समेत उनले बताए । निर्माण भएको साता दिन नबित्दै रातिको समयमा ट्रेक्टरमा गुड्दा ढलानको दुबै छेउ भत्किएको अध्यक्ष बलालले जानकारी दिए ।
यता प्राविधिक नविन डुम्रेले नयाँ माटो पटान भएकोले भत्किएको बताए । नयाँ माटोमा पिसिसि ढलान गर्दा पिपिसीसहित सडक भत्किएको जनाए । कल्भर्ट र पिपिसी लगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण नभएसम्म भुक्तानी नहुने उनको भनाइ छ । गाउँपालिकाको ४ लाखको लागतमा देवीपुर कृषि बाटोमा कल्भर्ट सहित बाटो पिपिसी निर्माण भएको थियो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्थलगततबरले प्रभावकारी अनुगमन गरेको जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?