ट्रेंडिंग:

>> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो >> बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने >> सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र >> महामारीले जन्मिएका ‘उद्यमी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> यातायात व्यवस्था कार्यालय बुटवलका पुर्व प्रमुख सहित ५ जना नक्कली लाइसेन्स प्रकरणमा पक्राउ >> एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण >> टी–२० विश्वकपः बंगलादेशसँग १० वर्षपछि बद्ला लिने मौका >> सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर >> बजाज पल्सर एन १५० अब नेपाली बजारमा >> घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक >> पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने >> लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट >> तेस्रो न्यू होराइजन एसईई फेस्टमा विद्यार्थीको उत्साहजनक सहभागिता >> बुटवलमा ग्रील जोनलाई संघीय सरकारको एक करोड वजेट >> बूढीगण्डकीको अन्यौलतालाई हटाउनुपर्छ : विश्वप्रकाश >> कबाड व्यवसायीको काठमाडौँमा प्रदर्शन, बालेनविरुद्ध नाराबाजी >> करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव >> भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु >> संसदीय समितिको बैठकमा एनजीओको खाजा ! >> युसीएमएस भैरहवाद्वारा कपिलवस्तुमा सरोकारवालाहरुसँग अन्तरक्रिया >> पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते >> कांग्रेस र एमालेका जनप्रतिनिधिले वहिष्कार गरेपछि काठमाडौंको नगरसभा स्थगित >> भिजिट भिसाको दुरुपयोग बढ्दैः अध्यागमनले ५ सय भन्दा बढीलाई विमानस्थलबाटै फर्कायो >> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप
विचार

निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

भ्रष्टीकरणको एउटा सूचीलाई लिएर गएको चैततिर एउटा फिचर लेखेको थिएँ । सूची थियो–सामाजिक सञ्जालमा आएको एउटा ठेक्काको सूची । विवरण थियो–
१. सरकारी ठेक्काको रकम – १०० प्रतिशत
२. सरकारलाई भ्याट           – १३ प्रतिशत
३. कर्मचारीलाई कमिशन    – १५ प्रतिशत
४.डन, गुण्डा खर्च               – ७ प्रतिशत
५. मन्त्री, नगर प्रमुख, अन्य – २० प्रतिशत
६. अडिट र कागज पत्र       – १५ प्रतिशत
७. बाँकी                             – ३० प्रतिशत
जम्मा                                 – १०० प्रतिशत

यिनै विवरणलाई डेन्टिङ्ग पेन्टिङ्ग गरेर एउटा सानो फिचर बनाएको हुँ । सर्वसाधारण पाठकहरुले निकै मन पराएर पढ्नुभयो । यस्ता अरु फिचर लेख्न प्रेरित गर्नुभयो । म खुशी भएँ । यसबाट मलाई एउटा फरक बोध पनि भयो त्यो के भने सर्वसाधारणलाई पाठ््यवस्तु दिन कुनै वादविशेष तथा दर्शनविशेषको भाष्य लेख्नु पर्दो रहेनछ । अनि आफ्नो लेखनलाई ओजनदार बनाउन कुनै मन्त्री, प्रधानमन्त्री, कुनै पार्टीका नायक, महानायक, खल नायकहरुको उपस्थिति पनि आवश्यक हँुदो रहेनछ । मात्र सर्वसाधारणलाई खलेको विषय हुन प–यो । बस । आफुलाई पढ्न भनेर पस्किदिएको सामग्री पढ्दै गर्दा सर्वसाधारण पाठक जब त्यसमा आफुलाई खलेको कुरा पाउँछ, अधैर्य भएर वा वा….. गरिहाल्छ । भ्रष्टीकरणसित सम्बद्ध त्यस फिचरको उपसंहारमा लेखेको थिएँ– यो चाहिँ भ्रष्टाचारको स्थूल रुपको एउटा सानो नमुना हो । सूक्ष्म रुप त अथाह छ र विराट् छ । अहिले जुन नक्कली भुटानी शरणार्थीको प्रकरण आएको छ, यो चाहिँ भ्रष्टाचारका स्थूल रुपको ठूलो नमुना हुन सक्छ । यसमा केही अलि ठूला माछा पनि परेका छन् तर व्हेल माछा र बाम माछा परिसकेका छैनन् । कार्बाही गर्ने अख्तियारी लिएकाले आफू पनि तानिने डरले खुट्टा कमाएनन् भने एमान माछा पर्ने स्थिति छ । किन भने, यसमा अन्तर्राष्ट्रिय दवाब पनि छ । आन्तरिक जनदवाव पनि छ । कथं कदाचित् यस भ्रष्टीकरणको छानविन राम्ररी भएन र दोषीले उन्मुक्ति पाउने भयो भने स्थिति काबु बाहिरको विष्फोटक हुन सक्ने कुरालाई इन्कार गर्न सकिदैन ।

सूक्ष्म रुपका भ्रष्टाचार जो दूरविनले हेर्न सकिन्छ तिनलाई दूरविन नै लगाएर हेरौंला । जहाँ पनि छन् । जति पनि छन् । स्थूल रुपका भ्रष्टाचारहरु जो जलमा थलमा नभमा जहाँ सुकै ब्याप्त छन् तिनलाई चस्मा पनि नलगाइकन आँखाभरि हेर्न सकिन्छ । अड्डा अदालतमा भ्रष्टाचार छ । कर्मचारी हाजिर गरेर तलब खान्छन्, काम गरेर घूस खान्छन् । स्कुल कलेजमा भ्रष्टाचार छ । शिक्षकहरु कक्षामा भन्दा ट्युसनमा जोड दिएर भ्रष्टाचार गर्छन् । अस्पतालमा भ्रष्टाचार छ । डाक्टरहरु अस्पतालमा झारा टार्छन् । निजी क्लिनिकमा पैसा झार्छन् । ब्यापार बिजनेसमा सेतो बजार धुकुर धुकुर छ । कालो बजार चहचह छ । ओरिजनल बजार धुकुर धुकुर छ, डुब्लिकेट बजार चहचह छ । प्रशासन, शिक्षा, स्वास्थ्य, उद्योग व्यापार सबैमा एक नम्बर र दुई नम्बर छ । यिनमा अलिकति सेवाको भाव राख्ने एक नम्बर मृतप्राय छ । दुई नम्बर हावी छ । दुई नम्बर भनेको छलछाम, लुटखसोट, दलाली हो । यसको मक्सद हो– जसरी पनि पैसा कमाउने । उपभोक्तालाई गुणस्तरमा ठगेर हुन्छ कि, कालो बजारी गरेर हुन्छ कि, राजस्व छलेर हुन्छ कि, जसरी पनि कमाउने । हामीकहाँ जसरी पनि कमाउनेलाई मर्द र कमाउन नसक्नेलाई नामर्द भनिन्छ । यो संस्कार हाबी भएको ठाउँमा पहिलो नम्बर लिएर बसेकाहरु विचरा हुन् । तिनलाई यो समाजले अन्यायमा पारेको छ । नीतिहरुको राजा राजनीति हो । राजनीति सेवा हो भने हामीकहाँ राजनीति सेवा नभएर व्यापार भएको छ । व्यापार भएर पनि यसको सेतो बजार छैन, कालो बजार मात्र लाग्ने गरेको छ । मूल बजार नै कालो भएपछि अरु सबै बजार कालै हुन पुगेका छन् ।
प्रधानमन्त्री, मन्त्री र सचिवहरु भएर गर्ने कतिपय निर्णयहरु जसले भ्रष्टाचारलाई सहज बनाएका छन्, तिनलाई नीतिगत निर्णय भनेर अदालतमा मुद्दा नलाग्ने ब्यवस्था यस मुलुकमा छ । विभिन्न कालखण्डमा यस्ता निर्णयहरुबाट जल, जंगल, आकाश सम्म बेच्ने काम भएको छ । असमान सन्धि गरेर भूमि बेच्नेदेखि सम्पूर्ण अर्थतन्त्र नै बेच्ने काम भएको छ । कतिपय गम्भीर आपत्तिजनक राष्ट्रविरोधी निर्णयहरुमा जनताका प्रतिनिधिहरुको संसद्लाई पनि प्रयोग गरिएको छ ।

नीतिगत भ्रष्टाचारले गर्दा हाम्रो उद्योग व्यापार चौपट भएको छ । हामी पराधीन भएका छौं । कृषि प्रधान देशमा विदेशी धान चामल गहुँलाई आयात छूट दिइयो । नेपाली धान चामल निर्यात बन्द भयो । मकै, कोदो, गहत, भटमास तथा अन्य त्यस्तै दलहन, तेलहन बाहिरबाट आउन थालेपछि यहाँ दुखजिलो गरेर तिनको उत्पादन गर्न परेन । मलेसियाबाट चिल्ला झ्याल ढोका आइरहेका छन् । यहाँको जंगलमा सालको काठ कुहेको छ । पत्रु खाना (जंक फुड), पत्रु नाना (जंक क्लथ) लाई हुनसम्म प्रश्रय छ भने कसले भट्ट, मकै, कोदाको अर्नी खान प-यो र ?

यी यस्ता निर्णय र व्यवहारले नेपालीको जीवनमा मन्दविष हालेर उपचारका नाममा नेपाली पैसा विदेश पठाउने काम भैरहेको छ । नेपाली उद्योग व्यापारलाई शिथिल पारेर विदेशी बजारलाई पोस्ने भएको छ । यस्तो काम मन्दविष मात्र होइन, सोझै राष्ट्रघात हो । कर्मचारीतन्त्रमा पार्टीपिच्छे ट्रेड युनियन छन् । तिनीहरु आफ्नै पेसागत सुविधाका लागि मात्र अहोरात्र संर्घषरत छन् । तिनको नेतृत्व मालदार अड्डामा आफु र आफ्ना मान्छे नियुक्त गर्न, सरुवा गर्न र थमौती गर्नमा अहोरात्र तल्लिन् छ । सेवाग्राहीको सेवा, राष्ट्रको सेवा भन्ने कुरासित तिनको यतिकन पनि सम्बन्ध छैन । अलिकति पनि मालदार अड्डाको कर्मचारी हुनुपर्छ, उसमा समृद्धि राम्ररी फलेको देखिन्छ । समृद्धि आफै बोल्छ– यो समृद्धि राज्यको कुशल दोहनबाट सम्भव भएको हो । जनप्रतिनिधिहरुका सम्बन्धमा पनि यही तीतो सत्य बरकरार भएर आएको छ । पालिका, प्रदेश र संसद्मा जनताले सहर्ष मत दिएर पठाएका जनप्रतिनिधिहरु मतपत्रमा स्वस्तिक छापको मसी सुक्न नपाउँदै जब अथाह धनपति भए, मतदाता झस्के । मेरीबास्सै ! सेवाको नाममा यति मेवा खाए कि निश्चित कार्यकाल पनि पूरा हुन नपाउँदै राता पिरा भए । नदीको नांगो दोहन गरेनन् कि, खेतीयोग्य जमिनको खण्डीकरण गरेर शस्यश्यामला पृथ्वी माताको चीरहरण गरेनन् कि, बाटोघाटो, पुलपुलेसा निर्माणमा हाक्का हाकी कमिसन लँड्याएनन् कि, तरुलका ठुन्का जस्ता युवाहरुलाई विदेश निर्यात गर्ने कम्पनीका कम्पनी होल्डर बनेनन् कि, के बनेनन्, के गरेनन्, जे गरेर पनि धनाड्य भए र निकै बदनाम भए । जनताको मन म¥यो । उनको मानसपटलमा जनप्रतिनिधि भएर कर्म कुकर्म गरेर धनाड्य नहुने जनप्रतिनिधि जनप्रतिनिधि नै हुँदैन भन्ने भयो । यसबाट जनप्रतिनिधि हुँ भन्ने जन्तुसित जनसाधारणको लास्टै घृणा त भयो भयो, लोकतन्त्रात्मक शासन पद्धतिसितै वितृष्णा पैदा भएको छ । जनप्रतिनिधि भएर जस्तोसुकै कुकर्म गरेर पैसा कमाई धनाड्य नहुने प्रतिनिधि भने अन्यायमा परेका छन् ।

मुलुकको स्थिति एकदमै गम्भीर छ । अर्थतन्त्र ध्वस्त छ । उत्पादन छैन । कृषिप्रधान देशमा अन्न बेसाएर खानु परेको छ । उद्योग व्यापार धराशयी छ । मुलुकमा दुइटा सरकार छन् । एउटा नेपालको संविधान २०७२ को लोकतान्त्रिक नेपाल सरकार छ, एउटा विचौलियाको सरकार छ । खास खास निर्णयमा विचौलियाको वर्चस्व हुन्छ । अर्थतन्त्र दुइटा छन् । एउटा कर प्रणालिभित्रको अर्थतन्त्र । अर्को कर प्रणालि बाहिरको तस्करी अर्थतन्त्र । पहिलो भन्दा दोस्रो अर्थतन्त्र बलवान् छ । दोस्रो अर्थतन्त्र बलवान् हुनु भनेको मुलुकमा भ्रष्टाचारको बिगबिगी छ भनेको हो । भ्रष्टाचार मुलुकको अंग प्रत्यंगमा ब्याप्त छ ।

जस्तो कि ईश्वर सर्वव्यापी छ भन्ने एउटा भजन छ–.

सुरमुनिदेखि भुसुनासम्म .
प्रभु नै सबका घटमा टम्म
प्रभुका लेखा प्राणी मात्र
पुत्र बराबर करुणा पात्र

र पनि, देश डुबिहालेको छैन, डुब्न लागेको छ । साझा इच्छा शक्ति हुन्छ भने यसलाई बचाउन सकिन्छ । सिद्धार्थ गौतम बुद्धका चार आर्य सत्य छन्– संसारमा दुःख छ । दुःखका कारण छन् । दुःख निवारण गर्न सकिन्छ । निवारणको उपाय अष्टाङ्गिक मार्ग हो । हाम्रो मुलुकलाई डुवाउने कारकतत्व भ्रष्टाचार हो । इच्छाशक्ति हुन्छ भने यसलाई नियन्त्रण गर्न सकिन्छ । नियन्त्रणको लागि उपयुक्त समय पनि आएको छ । साझा इच्छाशक्ति बनाएर भ्रष्टाचारीलाई निर्मम प्रहार गरौं, दोषीलाई हदै सम्मको कार्वाही गरौ, निर्दोषीलाई बचाऔं, राम्रो हुन्छ । अहिले भ्रष्टाचार मुलुकभरि छरपष्ट भएको छ । यसका विरुद्ध जन आक्रोश चरम उत्कर्षमा छ । जन आक्रोशको एउटै भाषा छ– निर्दोषीलाई नफसाऊ, दोषीलाई नबचाऊ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?