Logo
२३ जेष्ठ २०८०, मंगलवार

क्यान्सर बिरुद्ध महाकाली–मेची साइकलयात्रा शनिबार टुंगिने

१६ औ दिनमा बर्मा पुगे दमक

बुटवल, १२ जेठ ।

तिलोत्तमा नगरपालिकाका ६१ वर्षीय साईक्लिष्ट एचबी बर्मा दमक पुगेका छन् । मुखको क्यान्सरको उपचारपछि क्यान्सर रोग बारेमा सचेतना जगाउन साईकल यात्रामा महाकालीबाट निस्केका उनी १६ औ दिनमा दमक पुगेका हुन् । उनी यात्राको क्रममा मानिसलाई स्वस्थ्य रहन साईक्लिङको महत्व, र्दीघरोग क्यान्सरको अनुभव बताउँछन् । उनलाई साइक्लिष्ट अर्जुन सुब्बा, आकाश श्रेष्ठ र अर्जुन लम्साल लगायतले स्वागत गरे ।

१६ दिनमा उनले हाइ वे १ हजार २४ किलोमिटर र थप भित्री सडक २ सय किलोमिटर गरी १२ सय किलोमिटर यात्रा पुरा गरेका छन् । शनिबार १७ दिनमा दमकबाट ५५ किलोमिटर यात्रा गरेपछि लक्ष्य सकिने छ । एकल साईकल यात्रामा वैशाख २८ गते नेपाल–भारत सिमा गड्डाचौकी नाकाको महेन्द्रनगरबाट यात्रा शुरु गरेका थिए । उनी मुख्य चोक, विद्यालयमा पुगेर आफनो यात्राको उद्देश्य बताउँछन् ।

गुट्खा सुर्ती, चुरोट जस्ता पदार्थहरु सेवन नगर्न उनले सुझाव दिए । तिलोत्तमा नगरपालिका–४ का स्थाई घर भएका बर्माको पहिचान साईकिलेको रुपमा छ । विगत १० वर्षदेखी उनी नेपालका हरेकजसो साईकल कार्यक्रममा देश घुमेका छन् । बर्मा साईकल अभियन्ता भन्न रुचाउँछन् । यसअघि उनी नेपाल प्रहरीमा सेवारत थिए । सो क्रममा नवलपरासी, बाग्लुङ, बुटवल, नवलपरासी, अघाखर्ची, कपिलबस्तु लगायत धेरै ठाउँ उनी घुमेका छन् । योभन्दा बढी उनी साईकलबाट देश नजिकबाट बुझेका छन् । उनी नेपाल पुलिसमा हवल्दार पदबाट अवकास पाएका हुन् । यात्राको क्रममा धेरै जनाबाट सहयोग मिलेको उनी बताउँछन् । उनको यात्रालाई सैनामैना साईकल साथीबाट जर्सी, बुटवल टुडे दैनिक र अनलाईन उनको यात्रामा मिडिया पार्टनर तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबाट आफनो शाखाहरुमा आतिथ्यता सौजन्य गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?