ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
स्थानीय सरकार

सम्पदा संरक्षण अभियानमा नेपाली सेनाको साथ

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

नवलपरासी, जेठ-  जिल्ला स्थित नेपाली सेनाको गोरखदल गणले जिल्लामा प्रमुख धार्मिक,पुरातात्विक,ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उदेश्यले सम्पदा संरक्षण तथा सरसफाई अभियान २०८० सञ्चालन गर्ने भएको छ । जिल्ला समन्वय समिति(जिसस) तथा सम्पदा स्थल भएका पालिकासँग समेत समन्वय गरि सो अभियान सञ्चालन गर्ने जानकारी गराएको हो ।
सम्पदाको पहिचान भई सकेको र कार्यक्रमहरु समेत बनाई सकिएको तर समय निर्धारण गर्ने कार्य अझै नटुगिँएको र समय टुगिँने वित्तिकै अभियान शुरु गरिने गणपति कर्नेल ज्ञानकाजी श्रेष्ठले बताए । सम्पदा सम्बन्धि जानकारी जानकारहरुबाट संकलन भई सकेको छ,उनले भने,मिति तोक्ने कार्य अब चाडै हुन्छ,मिति तोकिए पछि सम्पदा संरक्षण तथा सरसफाई अभियान सञ्चालन गरिने छ । मिति तोक्नका लागि जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल) सँग परामर्श गर्ने कार्य भई रहेको छ । नेपाली सेनाको तर्फबाट साताको प्रत्येक शुक्रवारलाई आधार बनाएर अभियान सञ्चालन गर्ने सोच बनाई रहेका छौ,उनले भने,यद्यपी यसमा अन्य स्थानिय तह र जिससको सल्लाहमा समय र मिति तोकिने छौ । सम्पदा संरक्षणसँगै ति सम्पदाको धार्मिक,ऐतिहासिक,पुरातात्विक,पर्यटकिय तथा साँस्कृतिक महत्व के हो ? त्यसबारे पनि स्थानियबासीलाई जागरुक गराईने उनले बताए ।

सरसफाईमा स्थानियबासीको समेत सहभागिता गराईने जनाउदै उनले सम्पदाको पहिचान स्थानिय देखी राष्ट्रिय तथा अन्तराष्र्टि«य स्तरमा पनि पहिचान गराउने हो । यसले सम्पदाको संरक्षण र सरसफाई नियमित गर्नु पर्छ, र त्यसका लागि स्थानिय जनसमुदाय,संघसंस्था,पालिकाहरुले समेत निरन्तरता दिईने र आवश्यक अन्य पुर्वाधारहरु पनि थपिदिएर त्यसको महत्वलाई उजागर बनाउने छन् । नेपाली सेनालाई पनि जनतासँग जुड्ने अवसर प्राप्त हुने छ,उनले भने,गाँउ गाँउमा धार्मिक मठमन्दिरहरु धेरै नै छन,तर ति मध्येका प्राचिन इतिहास बोकेका स्मारकहरुलाई प्राथमिकतामा राखेर कुल १३ वटा स्थान पहिलो चरणमा छनौट गरिएको छ । त्यसमा जिल्लाको प्रमुख पर्यटकिय स्थल प्राचिन कोलिय गणराज्यको राजधानी पत्ता लागेको कोलनगर रामग्राम नगरपालिका १८ पण्डितपुरबाट शुभारम्भ गरिने अहिलेसम्मको सोच बनेको छ ।
सो स्थान एक प्राचिन राजधानी रहेको र बुद्धसँग सम्बन्धित बुद्ध(सिद्धार्थ गौतम)लाई जन्म दिईने उनकी आमा मायादेवी र पालनपोषण गर्ने सानीआमा प्रजावती र उनलाई बुद्ध हुनसम्म सघाउने उनकी पत्नि यशोधराको जन्म स्थल हो । यसले गर्दा पनि सो स्थान नगर,जिल्ला,प्रदेशको मात्रै नभई सबै नेपाल र नेपाली तथा देशी विदेशी बौद्धधर्मावलम्बीका लागि पवित्र प्राचिन पुरातात्विक स्थल हो । त्यही भएर सेनाको अभियान नै राजधानी स्थलबाट शुभारम्भ गर्ने योजना बनेको छ,कर्नेल श्रेष्ठले भने,यसको महत्वबारे धेरै स्थानियबासीलाई नै थाहा छैन्,अभियानले ति स्थानलाई चिनाउने छ । नेपाली सेना जवानले पनि ति स्थानमा काम गर्ने अवसर प्राप्त गरि ऐतिहासिक क्षणको अनुभुति गर्ने छन् ।

त्यसैगरि सम्पदा संरक्षण र सरसफाई अभियानलाई निरन्तरता दिदै सुनवल ७ तरगौली स्थित प्राचिन उत्तरक नगर(मायादेवीको सानी बहिनीको बास स्थान हरको देवदह ताल भनेर चिन्ने गरिएको स्थानमा सेनाको टोलीले सफाई तथा जागरण अभियान गर्नेछ । तत्पश्चात सुनवल १२ स्थित बाबा बर्गगोरिया पुरातात्विक स्थलमा कार्यक्रम गर्ने रहेको छ । क्रमशःसरावल गाउपालिकाको वार्ड नं.१ स्थित प्राचिन सज्जनेल नगर भगवान बुद्धकी अग्रउपासिका कोलियपुत्रि सुप्पबासा र लाभी भन्ते भनेर बुद्धसंघमा चिनिएका उनका छोरा सिबली भन्तेको जन्म स्थलको रुपमा रहेको छ । सोही वार्डको भगडा स्थित प्राचिन कुण्डिय नगर भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्र जसलाई स्थानियले हसनी माई स्थानको रुपमा पुजापाठ गर्दै आएको पुरातात्विक तथा धार्मिक स्थलको सफाई हुनेछ ।
त्यस पछि सरावलकै वार्ड नं.२ स्थित प्राचिन ककरपत्त नगर जावा स्थित कोलवृक्ष बगैचा स्थलको सफाई तथा जानगरण कार्य गरिने छ । क्रमशः सरावल ३ स्थित प्राचिन सायुगा नगर भनेर सरावलमा सफाई अभियान गर्दै वर्दघाट नगरपालिका १२ दविला स्थित प्राचिन हल्लिदावसन नगर भएको बुद्धमंगल ताल भनेर चिनिने बुद्ध तिर्थ स्थलको सफाई तथा संरक्षण र जागरण कार्य गरिने छ । त्यस पछि सुस्ता २ को बौद्धतिर्थ स्थलको रुपमा रहेको सतपति जहाँबुद्धले सतिपट्ठान देशना गरेको स्थान र नजिकैको जंगललाई मृगदावन भनेर विकास गर्ने योजना बन्दै छ । सो स्थानको सफाई तथा संरक्षण जागरणका कार्य पश्चात सुस्ता ५ स्थित नेपालको बोधगया भनेर चिनाउने कार्य भई रहेको सिद्धार्थ गौतमले महाभिनिष्क्रमण स्थल सन्यास धारण गरेको स्थानको सरसफाई गरिने छ ।

यता पाल्हीनन्दन २को पाल्ही भगवती मन्दिर सरसफाई र वार्ड नं.५ स्थित नन्दनताल क्षेत्रमा पनि कार्यक्रम गर्दै सो अभियानको समापन पुनःरामग्राम ७ स्थित भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा अभियानको औपचारिक समापन गरिने योजना बनाईएको गणपति कर्नेल श्रेष्ठले आफ्ना अवधारणा सुनाए । यसमा यि प्राचिन सम्पदाको संरक्षण र सरसफाई एक सेनाको कार्यक्रम भए पनि यो एक जिल्लागत रुपमा महत्वपुर्ण अयिभानको रुपमा स्थापित हुने उनले विश्वास ब्यतm गरेका थिए । सैनिक ब्यारेककै एक ऐतिहासिक कार्य हुने हामी विश्वास गरेका छौ,उनले थपे,विगतमा पनि सेनाले यस्ता सम्पदाको संरक्षण र सरसफाई कार्य नगरेको होईन,तर अहिले यसलाई अभियानकै रुपमा गर्न लागिएको छ । यसमा जतिधेरै सरकारी निकाय,संघसस्था र नागरिकको सहभागिता गराउन सकिए त्यती नै महत्व पाउने हुदा उनले जिल्लाबासीसबैलाई अपिल समेत गर्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?