ट्रेंडिंग:

>> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता >> श्रम बैंकमार्फत महानगरले रोजगारी दिदै
१३३ वर्ष पुरानो भेरी अस्पताल

पूर्वाधार थपियो,जनशक्ति थपिएन

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

बाँके, जेठ ।
१ सय ३३ वर्ष पुरानो नेपालगन्जस्थित भेरी अस्पतालमा भौतिक पूर्वाधार थपिए पनि जनशक्तिको अभाव भने टार्न सकिएको छैन । पश्चिम नेपालको प्रमुख ‘रेफरल’ अस्पतालका रुपमा रहेको भेरीको स्थापना बिक्रम सम्वत १९४७ मा भएको थियो ।
पूर्वाधार थपिनेक्रममा बुधवारदेखि अत्याधुनिक सुविधा सम्पन्न आपत्तकालिन कक्ष सञ्चालनमा आएको अस्पताल प्रमुख डा बद्री चापागाईले जानकारी दिएका छन् । उनका अनुसार, १५ शैयाको आपत्तकालिन कक्ष रहेकोमा अब फराकिलो बिरामीको अवस्था अनुसार रातो, पहेलो र हरियो चिन्ह देखिने कक्ष सहितको आपत्तकालिनकक्ष सन्चालनमा आएको छ । संघीय आयोजना कार्यान्वयन इकाई मार्फत रु ३३ करोड लागतमा नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार थपिदै गएपनि अस्पतालले भने जनशक्ति अभाव झेलिरहेको छ । पर्याप्त मात्रामा जनशक्ति नहुँदा सेवा प्रभावकारी नभएको मात्र नभई भएकै जनशक्तिलाई समेत अधिक काम गर्नुपर्ने अवस्था रहेको तीन वर्षे कार्यकाल सकेर बुधवार बिदाई भएका अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
‘अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय पूर्वाधार निर्माणकोकाम राम्रै भएको छ । तर सोही अनुसार जनशक्तिको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यक मैले महसुस गरे ।’–निर्वतमान अस्पताल विकास समितिका अध्यक्ष धितालले भने । अस्पतालमाा बिरामीको चाप बढेको बढेयै छ । गत आर्थिक वर्षमा मात्र ९५ हजारले ओपिडी सेवा लिएका थिए ।
आवश्यक जनशक्तिको सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा जनशक्तिको माग गरिएकोअस्पताल विकास समितिका निर्वतमान सदस्य धनिराम ओली बताउँछन् । तर त्यो स्वीकृत हुन सकेको छैन । १ हजार ३ सय ७६ चिकित्सक कर्मचारी आवश्यक रहेको प्रतिवेदन मन्त्रालयमा पठाइएको तर स्वीकृत नभएको बताउँदै ओलीले भने,–‘यदि प्रतिबेदन अनुसारको दरबन्दी कायम हुने हो भने पक्कै पनि सेवा अझ प्रभावकारी हुन्छ ।’
भेरीमा लुम्बिनी प्रदेशको सावित भेरी र राप्ती अन्चल, कर्णाली एवं सुदुरपश्चिम प्रदेशका बिरामीहरु एपचारका लागि आउने गरेका छन् । सेवाले सामाजिक सुरक्षा लक्षित गरेर बनाएका छुट सुविधाका कार्यक्रम समेत लागु गरेकाकारण अस्पतालमा बिरामीको चाप बढेको हो । बिरामीको चाप बढे अनुसारको जनशक्ति नथप्दा सेवा प्रभावकारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?