ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

विद्यार्थीका माग सम्बोधन गर्न सिटी क्याम्पस प्रतिवद्ध

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

बुटवल, ११ जेठ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न सिटी क्याम्पसले प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले विभिन्न शैक्षिक माग राखी दवावमुलक कार्यक्रम गरिहेका छन् ।

विश्वविद्यालयले एक विज्ञप्ती जारी गरी विद्यार्थीले उठाएका मागहरुमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको जनाउँदै नीतिगत मागहरु समयोवद्ध समाधान गर्ने प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपाने, सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारीलाई माग पत्र बुझाएका थिए ।

विद्यार्थीका मागहरु मध्ये केही विश्वविद्यालय केन्द्रीय कार्यालय, केही क्याम्पस प्रशासन तथा केही सम्बन्धित विषय शिक्षकहरु तहबाट समाधान हुने कुरासँग सम्बन्धित रहेकाले क्रमशः पूरा गर्दै लगिने निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘मागहरु मध्ये कतिपय तत्काल समाधान गर्न सक्ने खालका छन् । कतिपय कार्यान्वयनको चरणमा छन् भने कतिपय कानूनी प्रक्रियाका कारण समय लाग्ने खालका छन् । समग्रमा विश्वविद्यालय विद्यार्थीले उठाएका हरेक जायज शैक्षिक मागहरु पूरा गर्दै जाने पक्षमा छ, विज्ञप्तीमा भनिएको छ ।

विद्यार्थीका मागका सम्बन्धमा मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको विश्वविद्यालयले जनाएको छ । कानून विषयका शिक्षक पदपूर्तिका लागि छनौट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ । क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरुका लागि सम्बन्धित विषय विज्ञहरुमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने प्रतिवद्धता विज्ञप्तीमा रहेको छ ।

विद्यार्थीहरुले उठाएका मागहरु सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषयहरु निरन्तर सम्बोधन गरिने विज्ञप्तीमा उल्लेख छ । चमेना गृह सञ्चालनका लागि प्रस्ताव आह्वान गरी सञ्चालनकर्ता समेत छनौट गरिसकिएको जनाइएको छ ।

विद्यार्थीको हाजिरी विद्युतीय मेसिनबाट गर्ने, शैक्षिक क्यालेण्डर कार्यान्वयन, विद्यार्थी क्लव गठन, महिला विद्यार्थीलाई स्यानेटरी प्याड व्यवस्थापन तथा आराम कक्ष समेत क्याम्पसले व्यवस्थापन गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।

कानून विषयका लागि अभ्यास अदालत निर्माणको प्रक्रिया थालनी गरिएको जनाइएको छ । क्याम्पसको शैक्षिक वातावरणलाई उत्कृष्ट बनाउँदै सिकाई अभिवृद्धिका लागि विज्ञ व्यक्तिमार्फत हुने पठनपाठनलाई नियमितता प्रदान गरिने क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसले आन्दोलनका कार्यक्रमहरु स्थगित गरी पठनपाठनमा केन्द्रीत हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । ‘विद्यार्थीहरुले उठाएका मागहरु निरन्तर सम्बोधन हँुदै जाने केही दिनमा त्यसको परिणाम देखिने विश्वास दिलाउँदै सिटी क्याम्पसमा प्राज्ञिक वातावरण निर्माणका लागि शिक्षक, कर्मचारी, विद्यार्थी सवै पक्षबाट सहयोगको निम्ति हार्दिक अपिल गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?