ट्रेंडिंग:

>> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

पांच महिनादेखि तलब नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

नगरपालिकाबाट हालसम्म प्रदान गरिएको ईन्धन, भ्रमण खर्च तथा संचार सुविधा पाउने ब्यक्तिहरुको विवरण सार्वजनिक गर्न माग
१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

बुटवल, १० जेठ ।  तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पांच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलित भएका हुन् ।
पांच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् ।
नगरपालिका कार्यालयमै बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले तलब नियमित पाउने सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । जेठ १ गते सबै स्वास्थ्यकर्मीहरुको तर्फबाट ज्ञापनपत्र बुझाई सबै स्थायी कर्मचारीहरुलाई ७ दिन भित्र हालसम्मको तलब पाउने ब्यवस्था गर्न र आगामी दिनमा तलब नियमित पाउने गरि सुनिश्चितता गर्न भनी अनुरोध गरेता पनि नगरपालिकाबाट कुनै सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले तलब प्राप्तिका लागि नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै पौडेलले तिलोत्तमामा भने कर्मचारीको समस्यामा गैरजिम्मेवार रवैया देखाएको गुनासो गरे ।

नगरपालिकाको नेतृत्वले हामीले १७ वटै वडाबाट स्वास्थ्य सेवा दिएका छौं भनेर प्रचार गर्ने तर ती स्वास्थ्य संस्थाका कर्मचारीको रोदन र पीडामा बेवास्ता गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको बेइज्जत गरेको पौडेलले टिप्पणी गरे ।

‘स्वास्थ्यकर्मीहरुले ऋण खोजेर घर खर्च चलाउनुपरेको छ,कतिपय कर्मचारीका छोरा छोरी विद्यालय भर्ना हुन सकेका छैनन्’–पौडेलले भने–‘नगरपालिकाबाट ठोस पहल नभएपछि प्रधानमन्त्री,स्वास्थ्य मन्त्री र रूपन्देहीका प्रतिनिधि सभा सदस्यहरुलाई ज्ञापनपत्र बुझाएका छौं, अब पनि माग पूरा नभए स्वास्थ्य संस्थाको चाबी बुझाउनुको विकल्प छैन ।’
तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बांधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुंदा तलब दिन नसकिएको बताए ।
तर संघर्ष समितिले भने नगर कार्यपालिकाको निर्णय अनुसार स्थापना भएका १० वटा स्वास्थ्य संस्था र आधारभुत नगर अस्पतालमा आवश्यक कर्मचारीहरुको स्थायी दरवन्दी सिर्जना गरी कर्मचारीहरुको ब्यवस्थापन गर्न माग गरेको छ ।
आफूहरुका मागमा संघ, संगठन तथा पेशागत क्षेत्रमा क्रियाशिल ट्रेड युनियनहरुलाई साथ समर्थन र ऐक्यबद्धता जनाइदिन संघर्ष समितिले आग्रह गरेको छ । संघर्ष समितिले तिलोत्तमा नगरपालिकाबाट हालसम्म प्रदान गरिएको ईन्धन, भ्रमण खर्च तथा संचार सुविधा पाउने ब्यक्तिहरुको विवरण सार्वजनिक गर्न र आगामी दिन देखि सबै कर्मचारीहरुलाई समानता र आवश्यकताका आधारमा ब्यवस्थापन गर्न पनि माग गरेको छ ।
स्वास्थ्यकर्मीहरुको पांच महिनाको करिब ४ करोड तलब दिन बांकी रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब नपठाउँदा समस्या भएको उनले बताए ।
स्वास्थ्यकर्मीहरु भने आफूहरू स्थानीय तहमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताउँछन् ।
‘यस्तो समस्या तिलोत्तमाको मात्र होइन देशभरका पालिकाका स्वास्थ्यकर्मीको समस्या हो’–अर्यालले भने–‘नगरपालिकाबाट तलब भुक्तानीका लागि पहल नभएको होइन तर संघीय सरकारले नीतिगत निर्णय नगरेसम्म यहांबाट तलब दिन सकिन्न देशभरका स्वास्थ्यकर्मीलाई २ अर्ब वजेट चाहिन्छ ।’
स्वास्थ्य शाखाका नेतृत्वको असक्षमताका कारण अन्य सूचकांकमा अगाडि रहेपनि स्वास्थ्यमा जिल्लाका १६ पालिकामा तिलोत्तमा १४ औं स्थानमा रहेको स्वास्थ्यकर्मीले बताए ।
संघर्ष समितिले समग्र बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा बिनियोजन गरि स्वास्थ्य क्षेत्रलाई सवल बनाउन, जनसंख्या र वडाको आधारमा दरबन्दी पुनःसंरचना गरि आधारभुत स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउने ब्यवस्था मिलाउन,तिलोत्तमा नगरपालिका अन्तर्गतका निर्माणाधिन आनन्दवन आधारभुत अस्पताल र बिपि ग्राम आधारभुत अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गरी नगर अस्पताल संचालन गर्न, कोभिड–१९बिमाको रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । यस्तै मेडिकल अधिकृतहरुलाई उच्च शिक्षा अध्ययनको ब्यवस्था भएजस्तै स्वास्थ्य क्षेत्रका अन्य कर्मचारीहरुलाई पनि अध्ययन सुबिधा हुनुपर्ने,२०५७ साल अघि नियुक्त कर्मचारीहरुलाई प्राविधिक २ ग्रेड उपलब्ध गराइएकोमा अवका दिनमा सबै स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारीहरुलाई प्राविधिक ग्रेड उपलब्ध गराउनुपर्ने,स्तरबृद्धि पश्चात स्वास्थ्यका कर्मचारीहरुको समायोजन ग्रेड काटिएकोमा समायोजन ग्रेड सबै कर्मचारीहरुले सेवा अबधिभर निरन्तर पाउने ब्यवस्था हुनुपर्ने संघर्ष समितिले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?