ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
स्थानीय खबर

रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पतालमा सी–आर्म मेसिन

१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

गुल्मी (बुटवलटुडे), ९ जेठ – गुल्मीको रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई २८ लाख मूल्यको हाडजोर्नी शल्यक्रियाका लागि सी–आर्म मेसिन उपलब्ध गराएको छ । नगरपालिकाले मंगलबार गुल्मी अस्पताल बिकास समिति अध्यक्षको रोहवरमा हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । जिल्ला सदरमुकाममा रहेको गुल्मी अस्पतालमा हाडजोर्नी सेवालाई सहज बनाउनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्या भएका बिरामीहरुका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि डाक्टरलाई टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा उपलब्ध गराएको छ । बिरामीहरुका लागि हाडजोर्नीको सेवा दिँदा जनशक्ति र आवश्यक मेसिनरी सामग्रिको अभावमा समस्या परेको थियो । नगरपालिकाले सी–आर्म मेसिन उपलब्ध गराएपछि थप सेवा उपलब्ध गराउँन सहज पुग्ने हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप सिवाकोटीले बताए ।
नगर प्रमुख पन्थीले अस्पतालमा आवश्यक सामग्रिको अभावमा केही पनि बिरामीहरु सेवावाट बञ्चित हुनुहुँदैन भन्दै सबैले गुल्मी अस्पताल मेरो अस्पताल भन्ने ठानेर अझै अव्बल रुपमा सेवा प्रवाह गर्ने काममा लाग्नु पर्नेमा जोड दिए । यस अघि नगरपालिकाको पहलमा गुल्मी अस्पताललाई ६५ लाख भन्दा बढी मूल्य बरावरको पाँच वटा डायलोसिस मेसिन हस्तान्तरण गरिसकेको छ । रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा अर्थोपेडिक सेवा र गाइनोको विशेषज्ञ सेवा समेत सञ्चालन भइरहेको छ । सी–आम मेसिन हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मी अस्पतालका प्रमुख डा.राजेन्द्र जिसी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?