ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

घर बहाल घटाऊ अभियान चलाऔं

व्यापार व्यवसायमा मन्दी आउनुको कारण चर्को घरबहाल दर पनि एउटा कारण हो
९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

देश आर्थिक मन्दीको अवस्थाबाट गुज्रीएको छ । संसार नै आर्थिक मन्दीबाट गुज्रीएको छ । आर्थिक मन्दीका कारण राजश्व संकलनमा समेत कमी आएपछि सरकारका नियमित काम कारवाही तथा विकास योजनाहरु प्रभावित हुन थालेका छन् । पूर्व कर्मचारी र शिक्षकहरुले निवृत्तिभरण ९पेन्सन० नियमित तवरले पाउन नसकेका दुःखद समाचार प्रकाशमा आउन थालेका छन् । बुटवल नगर तथा रुपन्देही जिल्लाको व्यापारमा विगतको तुलनामा निकै कमी आएपछि यस अवस्थामा कसरी सुधार ल्याउने भनी व्यापक छलफल र बहस कार्यक्रम चलिरहेका छन् । बुटवलमा मात्र नभई रुपन्देहीको अर्को महत्वपूर्ण नगर सिद्धार्थनगर भैरहवामा पनि व्यापारिक भवनका सटरहरु खाली भएका सूचना सार्वजनिक भई रहेका छन् ।
बुटवल तथा भैरहवामा व्यापार व्यवसायमा मन्दी आउनुको एउटा कारण चर्को घरबहाल दर पनि हो भन्ने विश्लेषण भएपछि यहाँका घरधनीहरुले बहालदर घटाउन थालेका छन् । प्रारम्भमा बुटवलका प्रतिष्ठित व्यवसायी मृगेन्द्र शेरचनले घरबहाल घटाउनु भएको थियो । यो विषय सामाजिक सञ्जालमा चर्चित बनेपछि यो क्रम अघि बढेको थियो । त्यसै क्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले घरबहाल घटाउने बुटवलका १४ जना घरधनीलाई आफ्नो साधारण सभाको अवसरमा गत बैशाख २६ गते सम्मान गरेको छ । १४ देखि ४० प्रतिशत सम्म घर बहाल घटाएको भन्दै घरधनीहरुलाई संघले सम्मान गरेको हो । यसैबीच बुटवल उद्योग बाणिज्य संघले पनि आफ्नो संगमपथ स्थित व्यापारीक भवनको सटरभाडा १५ प्रतिशतले घटाएको घोषणा गरेको छ । यसरी बुटवलमा घर बहाल घटाउने क्रम चलिरहेको छ । भैरहवामा पनि केही घरधनीले भाडा घटएका समाचार सामाजिक सञ्जालमा प्रकाशित भएका छन् । बुटवल उपमहानगरपालिकाको व्यापारीक भवनका सटर भाडा समेत घटाउन माग त्यहाँ व्यवसायरत व्यवसायीहरुले गरीरहेका छन् । आशा एवं विश्वास गर्न सकिन्छ नगरको अभिभावक संस्थाले यस विषयमा समयमै विवेकशील निर्णय लिने छ । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले जिल्लाको व्यापार व्यवसाय बचाउने हो भने घरबहाल दर घटाऔं भन्दै आग्रह मूलक सन्देश प्रवाह गरिरहेको छ । घरबहाल सरोकार संघले बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देही र रुपन्देही व्यापार संघ सम्मिलित एउटा संयन्त्र बनाई जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाउने उपाय सम्बन्धमा हालै छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ । यसरी बुटवल र भैरहवा नगरका अतिरिक्त जिल्लाका अन्य बजारहरु समेत पुनः चलायमान बनाउन व्यापक बहस र छलफल कार्यक्रम चलिरहेका छन् ।
घर बहाल सरोकार संघ रुपन्देहीले यो अभियानलाई थप सक्रिय बनाउन जरुरी छ । नगरपालिका कार्यालय, जो अभिभावक संस्था हो, उसलाई पनि समेटेर एउटा दरिलो संयन्त्र बनाई घरबहाल सरोकार संघले यो काम गर्नु जरुरी छ । बुटवलको सन्दर्भमा व्यापार व्यवसायमा मन्दी आउनुको कारण चर्को घरबहाल दर पनि एउटा कारण हो भन्ने कुरामा द्विविधा छैन । अमरपथ, ट्राफिकचोक, बीपी चोक, सङ्गमपथ, अस्पताललाईन लगायतका महत्वपूर्ण व्यापारिक क्षेत्रमा घरबहाल दर निकै चर्को छ । अहिले यिनै क्षेत्रमा सबै भन्दा बढी व्यापारीक सटर खाली भएका सूचना टाँसीएका छन् । घर बहाल घटाउने वित्तिकै सामानको मूल्यमा कमी आउँछ । यसले उपभोक्तालाई राहत मिल्छ । अनि उपभोक्ता आकर्षित हुन्छन् । पसल चल्न थाल्छन् । चहल पहल बढ्छ । सरकारले घरबहाल कर असुली गर्न थालेपछि घरधनीले यो करको श्रोत पनि बहालमा बस्नेहरुलाई बनाउन थालेपछि समस्या अलि चर्को भएको हो । ग्राहकहरुले बुटवलमा भन्दा सस्तो मुल्यमा मुर्गिया, सालझण्डी, फर्साटिकर, भलवारी, खैरेनी आदी बजार क्षेत्रमा सामान पाउन थालेपछि बुटवलको व्यापारमा मन्दी आएको हो । यस विषयमा बुटवलका सबै व्यवसायिक संघ संस्थाहरुले खुल्ला मस्तिष्कले समयमै विचार विमर्श र मनन गर्न जरुरी भएको छ ।
बुटवल र भैरहवा नगर प्राचिन कालदेखि नै पश्चिम नेपालका प्रसिद्ध बाणिज्य नगर हुन । यी नगरमा व्यापार व्यवसायमा कमी आउनु वा सुक्नु भनेको चिन्ताजनक विषय हो । त्यसकारण यस विषयमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका एवं उद्योग बाणिज्य सम्बन्धी संघ संस्थाहरु समयमै सचेत र संवेदनशिल बन्न जरुरी छ ।

भैरहवालाई पछिल्लो चरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चलायमान बनाउन मद्धत पु¥याएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रका उद्योगी व्यवसायीहरुले ठूलो लगानी गरेका छन् । खासगरी पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरुले ठूलो लगानी गरेका हुन् । विमानस्थलले केही चहल पहल बढाएपछि भैरहवा क्षेत्रमा पनि घर बहाल दर एक्कासी वृद्धि भयो । घरधनीहरुले मौका छोपे । यो विमानस्थलले भैरहवा, बुटवल क्षेत्रमा ठूलो आशा एवं भरोसा जगाएको छ । व्यपार व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ । तर यो विमानस्थलले जुन गति लिनु पर्ने हो, त्यो हुन नसकेको देखिदंैछ । अन्तर्राष्ट्रिय उडानहरु अपेक्षित गतिमा चलिरहेका छैनन् । यसमा देखिएका समस्याहरु समयमै केलाएर निराकरण गर्नेतर्फ सरकारको ध्यान पुग्न जरुरी छ । अन्तर्राष्ट्रिय उडानहरुको सञ्चालनको व्यवस्था मिलाउन माग गरी भैरहवा क्षेत्रका उद्योगी व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु समेत सञ्चालन गरी सकेका छन्, केही साता अघि ।

यो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र बुटवल क्षेत्रका लागी मात्र नभई समग्र लुम्बिनी प्रदेश क्षेत्रकै लागी भाग्य रेखा हो । यसले बुटवल, भैरहवाका अतिरिक्त लुम्बिनी प्रदेश क्षेत्रका शहर बजारहरुलाई चलायमान बनाउन मद्धत पु¥याउने छ । यो विमानस्थल निर्माण र सञ्चालन भएपछि लुम्बिनी र गण्डकी प्रदेश क्षेत्रको जनजीवन उकास्न ठोस मद्दत पुग्ने अपेक्षा सरकारले लिएको छ । यो विमानस्थल सञ्चालनमा आएपछि पर्यटकहरुलाई लुम्बिनी, पोखरा र चितवन घुम्न सजिलो होस् भनि बुटवलदेखि पूर्व नारायणघाटसम्म र दक्षिण भैरहवासम्म ६ लेन सडक निर्माण कार्य भएको हो । त्यस्तै भैरहवादेखी तौलिहवासम्म र मुग्लिङ्ग देखि पोखरासम्म चार लेन सडक निर्माण कार्य पनि सञ्चालन गरिएको छ । बुटवलदेखि कपिलबस्तुको चन्द्रौटासम्म पनि ६ लेन सडक निर्माण गर्न सरकारले हालै प्रकाशित गरेको २०८०÷८१ को वार्षिक नीति तथा कर्याक्रममा समावेश गरेको छ ।

एकचोटी विचार गरौं त, आहा यी सडक निर्माण सम्पन्न भए पछि यो क्षेत्र कति सुन्दर बन्ला । त्यसैले यस क्षेत्रको भविष्य उज्यालो छ । यस क्षेत्रमा उद्योग व्यापारको सम्भावना राम्रो छ । यसैगरी बुटवलमा लुम्बिनी र सिद्धार्थ गरी दुईटा केबल कार यसै वर्षदेखि सञ्चालनमा आउँदैछन् । दुईटा केबल कार सञ्चालनमा आएपछि भारतीय पर्यटक ठूलो संख्यामा बुटवल घुम्न आउने अपेक्षा गरिएको छ । यी दुई केबलकारले लुम्बिनी पर्यटन चक्रमा बुटवललाई समेट्ने छन् । लुम्बिनी दर्शन एवं भ्रमणमा आउने पर्यटकहरु बुटवलमा केबलकार एवं ऐतिहासिक नुवाकोट गढी र बसन्तपुर डाँडा भ्रमणको आनन्द लिन आउने छन् । यसले बुटवलको आर्थिक क्षेत्रलाई चलायमान बनाउनेछ ।
अहिले बुटवल र भैरहवा क्षेत्रमा छाएको मन्दीबाट व्यवसायीहरुलाई जोगाउन जरुरी भएको छ । अझै केही वर्ष यो मन्दीको समस्या रहने देखिन्छ । मानिसहरुको क्रय शक्ती बढ्नुको सट्टा घटीरहेको छ । उद्योग व्यापारमा लगानी वृद्धी हुन सकेको छैन । यस क्षेत्रमा घरबहाल दर चर्को छ । अतः बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका कार्यालयले यहाँका उद्योग बाणिज्य सम्बन्धी संघ संस्थाहरु र घर बहाल सरोकार संघलाई समेत समेटेर एउटा संयन्त्र बनाई घर बहाल घटाउ अभियान सञ्चालनमा ल्याउनु आवश्यक देखिन्छ । यसले व्यवसायीहरुमा जाँगर र उत्साह पैदा गर्नेछ । यसबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आंशिक रुपमा मद्धत पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?