ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

राष्ट्रिय पार्क सम्मेलन : उद्यानहरुको दर्ता र नियमन पर्यटन मन्त्रालयबाट गर्न माग

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

बुटवल, ७ जेठ ।

नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय सम्मेलनले १२ बुंदे बुटवल घोषणापत्र जारी गरेको छ । मणिमुकुन्द सेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा भएको सम्मेलनले उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालन सम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण गर्न माग गरेको छ ।

सामुदायिक, साझेदारी, निजी, कबुलियत राष्ट्रिय वन अन्तर्गत रहेका उद्यानहरुलाई दीर्घकालीन उपयोग, स्वामित्व हस्तान्तरणको ब्यवस्था मिलाउन सम्मेलनले माग गरेको छ ।

देशभरी रहेका उद्यानहरुको संरक्षण, सम्वद्र्घन र विकासमा समुदायले गरेको योगदानको कदर गर्दै राज्यले अभिभावकत्व लिने र समुदायले सञ्चालन र व्यवस्थापन गर्ने सम्वन्धमा राष्ट्रिय नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्नसम्मेलनले माग गरेको छ ।

७ वटै प्रदेशका उद्यानहरुबाटसहभागिता रहेको सम्मेलनले उद्यानहरुको दर्ता, नियमन, सञ्चालन र व्यवस्थापनपर्यटन मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरुबाट गर्न सम्मेलनले माग गरेको छ ।

सबै तहका सरकार मातहत रहने पर्यटन बोर्ड÷परिषद÷समितिहरुमा नेपाल उद्यान महासंघको प्रतिनिधित्व रहने व्यवस्था गर्नसम्मेलनले माग गरेको छ ।

उद्यानहरुसंग लिइदै आएको वहाल कर, स्थानीय कर र पर्यटन करलाई खारेज गरी एकद्वार प्रणालीबाट एकल कर लिने व्यवस्था गर्न सम्मेलनले माग गरेको छ ।

उद्यानहरुको विशेषता, क्षमताका आधारमा विशिष्टीकरण र विविधिकरण गर्न जरुरी भएको हुनाले प्राकृतिक तथा पर्यावरणीय, प्राणी, भौगर्भिक, साँस्कृतिक तथा ऐतिहासिक, वनस्पति, बाल तथा ज्येष्ठ, विज्ञान तथा सूचना प्रविधि जस्ता विषयगत पहिचानसहित स्वघोषणा गर्न सम्मेलनले सबै उद्यानहरुलाई आह््वान गरेको छ ।

उद्यानहरु मनोरञ्जनका साथै पर्यटनको महत्वपूर्ण आधार, स्वस्थ जीवनशैली, वातावरण, कला, संस्कृति र सम्पदाको संरक्षण, जलवायु परिवर्तनका कारण भइरहेको मौसम परिवर्तनलाई सन्तुलनमा राख्न, सहरलाई सुन्दरीकरण गर्न र रोजगारीका अपार सम्भावनाको खोजी गर्नका लागि उद्यानहरुको संरक्षण, संवद्र्धन, सुरक्षा र विकास गर्न आवश्यक रहेकोले सार्वजनिक उद्यानहरुलाई संघीय, प्रादेशिक र स्थानीय तहमा वर्गीकरण गरी आ–आफ्नो विकास वजेटको न्युनतम ५ प्रतिशत वजेट विनियोजन गर्ने व्यवस्था गर्न सम्मेलनले माग गरेको छ ।

विभिन्न पालिकामा रहेका सार्वजनिक, नदी किनार, नदी उकास समेतका जग्गाहरुको संरक्षण गर्ने आधारनै उद्यान रहेकाले एक टोल एक उद्यानको नीति बनाई उद्यान निर्माण र सञ्चालन गर्न सम्मेलनले माग गरेको छ ।

राष्ट्रिय उद्यान, प्रादेशिक उद्यान, स्थानीय उद्यानका सम्बन्धमावर्गीकरणका स्पष्ट आधार र स्वामित्वलगायत सञ्चालन र ब्यवस्थापनका निम्ति एकीकृत नीति र कानुन यथाशीघ्र तर्जुमा गरी लागु गर्न सम्मेलनले माग गरेको छ ।

नेपालमा सञ्चालित उद्यानहरु प्राविधिक रुपमा धेरै कमजोर रहेकाले आगामी दिनमा प्राविधिक रुपले पनि सुदृढ र व्यवस्थित गर्ने प्रतिवद्घता सम्मेलनले व्यक्त गरेको छ । सम्मेलनमा देशभरका एक सय ५० बढी पार्कका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?