ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
कर्णाली

जाल्पाद्वारा मृत्यु दाबी, सुबिधा रकम भुक्तानी

२९ चैत्र २०७९, बुधबार ०९:०४
२९ चैत्र २०७९, बुधबार ०९:०४

सल्यान चैत - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लुहाम, कपुरकोट सल्यानले मृत्यु दाबी र ग्राहक संरक्षणका लागि १४ लाख रूपैयाँ बढी रकम हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म संस्थाले पाँच जनालाई विमा वापतको मृत्यु दावी रकम १३ लाख ८२ हजार ५०० र ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना १० जना सदस्यहरूलाई ५५ हजार रूपैयाँ सुविधा रकम गरेर १४ लाख ३७ हजार ५०० रूपैयाँ भुक्तानी गरिएको लुहाम कपुरकोट शाखा प्रमुख डिला पाण्डेले जानकारी दिइन् ।
सोमबार तुलसिपुर उपमहानगरपालिका ३ दाङ निवासी स्वर्गीय यीम कुमारी घिमिरेको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ । तुलसिपुर ३ मा एक कार्यक्रमका विच संस्थाका अनुगमन प्रमुख गगन योगीले मृतकका श्रीमान नरिश्वर घिमिरेलाई ११ लाख ७० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय यीम कुमारीले संस्थाबाट पाँच लाख रूपैयाँ कर्जा लिएकोमा उक्त कर्जा मिनाह वापतको रकम चार लाख ५० हजार र बाँकी सात लाख २० हजार गरेर ११ लाख ७० हजार रूपैयाँ भुक्तानी गरिएको शाखा प्रमुख पाण्डेले जानकारी दिइन् ।
सो अवसरमा रकम बुझ्दै मृतकका श्रीमान नरिश्वरले जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाप्रती आभार प्रकट गरे । ‘गाउँघरमा ऋण लिएको भए साँवा र ब्याज सबै रकम तिर्नुपर्ने थियो’, उनले भने ‘संस्थाबाट ऋण लिँदा उक्त ऋण पनि मिनाह भयो, अन्य सुविधाको रकम पनि पाइयो । संस्थाप्रति आभारी छु ।’ श्रीमतीको कालगतीले मृत्यु भएपश्चात घरमा आफु, छोरा बुहारी र एक नाती रहेको भन्दै नातीको पढाइ लेखाई तथा घर निर्माण गर्दा लागेको रकम तिर्न र व्यवशायमा लगानी गर्न प्राप्त रकमबाट धेरै राहत हुने उनले बताए । संस्थाकी सदस्य यीम कुमारीको गत कार्तिक १७ गते मृत्यु भएको थियो ।
जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाका केन्द्र उपप्रमुख गिता कामीको अध्यक्षतामा भएको रकम भुक्तानी कार्यक्रममा शाखा प्रमुख पाण्डेले संस्थाबाट प्रदान हुने सुविधाका बारेमा पनि अवगत गराएकी थिइन् । उनका अनुसार संस्थाले दुर्घटनामा मृत्यु भएका सदस्यलाई कर्जा रकमको २०० प्रतिशत रकम उपलब्ध गराउने गरेको छ भने सदस्यको श्रीमानको मृत्यु भएमा २७ हजार ५००, सुत्केरी सुबिधा रकम दुई हजार र सदस्यको मृत्यु भएमा कर्जा रकमको १० प्रतिशत रकम सुविधा उपलब्ध गराउने गर्दछ ।
यसका साथै संस्थाले सदस्यहरूको लागि निःशुल्क रूपमा पशु स्वास्थ्य शिविर, पशु बिमा, सिपमुलक तालिम, वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आएको अनुगमन प्रमुख योगीले बताए । जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेड, लुहाम कपुरकोट शाखामा एक हजार ६७४ जना सदस्य आवद्ध छन् । संस्थाको कार्यक्षेत्र सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दांगको तुलसिपुर उपमहानगरपालिकाको केही वडामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?