Logo
१४ जेष्ठ २०८०, आईतवार

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय


काठमाडौँ ।

नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।

बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार तनुहँ १ र चितवन २ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिबैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चितवन–२ र तनहुँ– १ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा लगायतका दलको समर्थन रहने कांग्रेसले विश्वासको व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ