Logo
१४ जेष्ठ २०८०, आईतवार
फ्रन्टपेज

बसपार्कमा ‘गुडेन खुसी’

बस पार्क निर्माणका लागि २०७६ सालको असार १० गते सम्झौता भएको थियो । सुविधा सम्पन्न बस पार्क निर्माणको प्रकृया अगाडि बढने सन्देशले स्थानीयमा खुसीयाली थपिएको थियो । तर निर्माण प्रक्रियामा ढिलाइ हुँदा स्थानीयको खुसी फक्रिन सकेको छैन् ।

पाल्पा , चैत- बहुदलिय व्यवस्था पुन स्थापना भएदेखि नै हरेक स्थानिय निर्वाचनमा राजनैतिक दलहरुको घोषणा पत्रमा नछुटने विषय हो तानसेनमा व्यवस्थित बस पार्क निमार्ण । अन्ततह राजनैतिक दलहरु तानसेन नगर सरकार स्थान छनोट ग¥यो तानसेन गुल्मी सडक खण्डमा पर्ने वनदेवीमा बस पार्कको निर्माण गर्ने भन्ने निर्णयले नगरवासीको खुसीको सिमा नै रहेन । नगरको वडा न. ५ सल्लाघारीमा बस पार्क निर्माणको लागि तानसेन नगर सरकार र नेपाल सरकारको वन मन्त्रालय बिच झण्डै सय रोपनी क्षेत्रफलमा बस पार्क निर्माणका लागि २०७६ सालको असार १० गते सम्झौता भयो । सुविधा सम्पन्न बस पार्क निर्माणको प्रकृया अगाडि बढने सन्देशले नगरवासी, यातायात व्यवसाय तथा सवारी चालकमा समेत खुसीयाली थपिएको थियो ।

बस पार्क निर्माणका लागि दातृ निकायले ठुलो धन राशी उपलब्ध गराउने प्रस्ताव आउँदा, जमिन प्राप्ति नहुदा आएको रकम फिर्ता भएको बखतमा झण्डै सय रोपनी क्षेत्रफल जमिन प्राप्ति भएको कारण खुसीयाली छाएको थियो । नगर सरकारले संघिय सरकार अन्तर्गत वन मन्त्रालयसंग भएको संझौता अवधिको तिन वर्ष पुरा गर्दा वनमा भएका विभिन्न प्रजातिका झण्डै १ हजार २ सय ९१ रुख कटान कार्य मात्र पुरा हुदा स्थानियमा भएको आशा निराशामा परिणत भएको स्थानिय गुन बहादुर ब्ढाथोकी बताउँछन ।

नगर सरकारले व्यवस्थित बस पार्क निर्माणका लागि निर्णय पनि कछुवाको गतिमा ग¥यो । अब निर्माण पनि कछुवाको गतिमा गर्दा वतर्मान पुस्ताले व्यवस्थित बसपार्कको प्रयोग गर्न पाउनेमा कमै आशावादी भएको तानसेन बजारका बसन्त श्रेष्ठ बताउँछन । २०४९ साल देखि नै व्यवस्ति बस पार्कको लागि कुरा उठ्यो । जमिन प्राप्तिका लागि धेरै ठाउमा धेरै छलफल पटक भयो, ढिलो नै भए पनि उचित ठाउमा निर्णय भयो निर्णय कार्यको थालनी हुन नसक्दा, निर्णयको सवालमा धेरै आशंका उब्जिएको स्थानियहरुको भनाइ रहेको छ ।
नगर सरकारले बस पार्क निर्माणका लागि वन क्षेत्रको जमिन उपलब्ध गराएको हो तर बस पार्क निर्माणको कार्य अगाडि नबढेको खण्डमा सम्झौता स्वतह खारेज हुने र नगर सरकार बाट जमिन फिर्ता भन्दा निर्णयका कार्य अगाडि बढाउनु पर्ने वन प्राविधिकहरु बताउँछन ।
जमिन फिर्ता भन्दा निर्माण कार्यहरु अगाडि बढनु पर्ने वन प्राविधिकहरु सुझाउछन । तानसेन नगर सरकारले व्यवस्थित बस पार्क निर्माणका लागि बहु वर्षिय योजनामा रहेको र त्यसका लागि २० करोड ३५ लाख लागत समेटने अनुरुप ठेक्का प्रकृयामा अगाडि बढि सकेको नगर सरकारका सुचना अधिकारी भरत प्रसाद अधिकारी बताउँछन । स्टमेट अनुरुप २० करोड , ३५ लाख रुपैयाको १० प्रतिशत बिलोमा स्वयंभु रेड अर्थ हमाल जे.भी.कम्पनीले ठेक्का प्रकृया अनुरुप आसय पत्रमा माग भएको छ । निर्माणको प्रकृया अगाडि बढेको छ । सम्झौताको २० महिनामा सम्पन्न गर्नुपर्ने छ । अब तत्काल संझौताको प्रकृयामा नगर सरकार जाने सुचनाअधिकारी आचार्य बताउँछन ।

रुख कटानपछि निर्माण प्रकृया अगाडि बढाउन पनि महामारीको रुपमा फैलिएको कोभिडका कारणले पनि समस्या परेको हो । जमिन प्राप्ति भए पनि त्यहा भएका रुख तथा वनस्पति हटाउन पनि कागजी प्रकृया पुरा गरेर ठुलो प्रकृयामा काठ दाउराको व्यवस्थापनका लागि पनि समय लाग्दा सर्व साधारणमा आशंका पैदा भएको हो । ठेक्का प्रणाली अगाडि बढि सक्यो । संझौताको प्रकृयामा रहेको छ, नगर सरकारका मुख्य इन्जिनियर राम प्रसाद श्रेष्ठ बताउँछन् ।
व्यवस्थित बस पार्कको परिकल्पना गरेर ठुलो प्रोजेक्टका रुपमा नगर सरकारको योजना भएकाले स साना योजना जस्तो कागजी प्रकृया पुरा नहुदा ढिलो भएको हो । यो योजना बहु वर्षिय हो । रकम पनि त्यही अनुरुप भएकाले काम अगाडि बढने नगर सरकारका प्रमुख प्रशाशकिय अधिकृत जिवन ज्ञवाली बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग