Logo
१४ जेष्ठ २०८०, आईतवार

मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री


बुटवल, १८ चैत ।

बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

शनिबार बुटवल १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरे ।

उपकरण तथा सामग्री हस्तान्तरण गर्दै पाण्डेयले तिनाउ पश्चिमका वडाहरुलाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । उनले किसानलाई लाभ हुने गरी गरिने खेतीमा बुटवल उपमहानगरपालिकाले सबै खालका सहयोग गर्ने बताए । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताए ।

उनले बुटवल उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै बिक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको बताए ।

बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयाँ अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए । उनले मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताए ।

मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको र बुटवल उपमहानगरपालिकाको सहयोगमा वार्षिक ५० लाखसम्म आम्दानी गर्न सफल भएको बताए । स्थानीय मुक्तिप्रसाद गैरेले बजारीकरणका लागि बुटवल उपमहानगरपालिकाबाट सहयोग हुनेबारे छलफल भइरहेकोले किसानले सिधै बजारमा लगेर आफ्ना उत्पादन बिक्री गर्दा दीर्घकालीन रुपमै मकै खेती अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग