Logo
१४ जेष्ठ २०८०, आईतवार

सुजुकीको नयाँ संस्करण ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक


बुटवल, १८ चैत ।

नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकोर्व तथा सीजी एनएक्सटीजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ ।

भैरहवाको होटल एसियन बुद्धमा नेपाल चलचित्र बोर्डका अध्यक्ष तथा नायक भुवन केसी र पाठक मोटर्स ग्रुप प्रा.लिका अध्यक्ष सुन्दर पाठकले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नयाँ संस्करणको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपालका लागि आधिकारिक विक्रेता पाठक मोटर्स ग्रुप प्रालिका निर्देशक बाबुराम पाठकका अनुसार यो संस्करण ग्राण्ड भिटारा सुजुकीको बहुप्रतिष्ठित मोडेल हो ।

यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्ट फ्युरिजम डिजाइन ल्याङ्गोइजको प्रयोग गरिएको छ । जसले अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । नयाँ उत्पादनबारे जानकारी गराउँदै निर्देशक पाठकले भने–‘सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिर्चसहरु पनि पाउन सकिन्छ ।’

प्रा.लि.का म्यानेजर सर्जुना थैवका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक विक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिश र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने उनले बताइन् ।
उनका अनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । ‘यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक–फरक ड्राइभिङ कन्डिसन हुन जसको लागि एसयूभी उचित हुन्छ ।’–उनले भनिन् । प्रा.लिका सञ्चालक अभिषेक पाठकका अनुसार पानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, चालक र सहचालकलाई भेन्टिलेटेड सीट लगायतका विशेषता ग्रान्ड भिटारामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस