Logo
१४ जेष्ठ २०८०, आईतवार

सैनामैनामा निःशुल्क क्यान्सर परीक्षण शिविर


बुटवल, १८ चैत ।

रुपन्देहीको सैनामैनामा क्यान्सर सम्बन्धी सचेतना तथा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । रोटरी क्लवअफ बुटवलसहित विभिन्न ६ वटा संस्थाले संयुक्त रुपमा क्यान्सर सम्बन्धी सचेतना एवं निःशुल्क परीक्षण शिविर आयोजना गरेका हुन् ।

शिविर आयोजना गर्ने अन्य संस्थाहरुमा नेपाल क्यान्सर सहयोग समूह, सैनामैना नगरपालिका, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगर, पर्रोहा बचत तथा क्रृण सहकारी संस्था लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर रहेका छन् ।

सैनामैनाको बाबरी रिसोर्ट परिसरमा रोटरी क्लव अफ बुटवलको १४ सय ५६ औं नियमित बैठकका साथै शिविरको आयोजना गरिएको हो । शिविरको उदघाटन नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलीप भट्टराईले गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले क्यान्सर सम्बन्धी सचेचना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताउँदै रोग लाग्नै नदिनका लागि पनि यसबारेको सचेतना अपरिहार्य रहेको बताए ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले क्लवले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्यको क्षेत्रमा क्लवले निरन्तर सचेतनामूलक कार्यक्रमदेखि लिएर अस्पतालहरुमा उपकरणहरु सहयोग गर्दै आएको बताए ।

त्यस्तै सैनामैना नगरपालिकाकी उपप्रमुख उपप्रमुख बिना राना, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, पर्रोहा बचत तथा क्रृण सहकारीकी विष्णु रेग्मीलगायतले क्यान्सर सम्बन्धी सचेतना शिविरले सर्वसाधारणलाई यसबाट जोगिनो उपायका बारेमा जानकारी हुने भन्दै समय समयमा यस्ता शिविर सञ्चालन गर्नुपर्ने बताएका थिए ।

शिविरमा निःशुल्क क्यान्सर परीक्षणका लागि ८ जना चिकित्सकको टोली खटिएको थियो । शिविरमा विशेषगरी महिलामा हुने स्तन क्यान्सर र पाठेघर सम्बन्धी क्यान्सर परीक्षणलाई मुख्य प्राथमिकता दिइएको थियो । त्यस्तै पुरुषमा हुने प्रोस्टेट क्यान्सर सम्बन्धी परीक्षण समेत गरिएको थियो ।

शिविरमा करिव ६०० जना सहभागी भएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस