ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप >> अभिभावकको छहारी >> उल्टो धारमा सुल्टो धारणा >> ‘बल ब्वाय’ बाट कोच >> बाली बीमामा ‘बढेन आकर्षण’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सप्तकोशी बैंकका पूर्वसीईओ नवीन सुवेदीलाई ३ वर्ष भन्दा बढी कैद, २ करोड बढी जरिवाना >> असार ३ गते सार्वजनिक बिदा >> गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त >> विकास र राजनीतिलाई जोडेर लैजाऔं : पौडेल >> लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक आचार्य >> चर्को गर्मीले विद्यार्थी बेहोस, सल्यानमा विद्यालय बन्द >> ‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’ >> ताप्लेजुङमा पहिरोले घर बगाउंदा चारजनाको मृत्यु >> एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित >> वेस्ट इन्डिज पुग्यो नेपाली टोली : भोलि दक्षिण अफ्रिकासँग खेल्दै >> टी-२० विश्वकप :आज अफगानिस्तान र पीएनजी तथा अमेरिका र आयरल्याण्डबिच खेल हुँदै >> लुम्बिनी प्रदेशमा आज पनि पानी नपर्नेः यस्तो छ अन्य ठाउँमा मौसम पूर्वानुमान >> नेपालको शिक्षा नीतिमै अलमल : नैतिकता र संस्कारको खडेरी >> निर्माणाधीन नालामा माटोको ढिस्कोले पुरिंदा तीन मजदुरको मृत्यु >> किसानलाई उपकरण वितरण >> १६ दिने निःशुल्क वारिष्ठा तालिम सुरु >> रक्तदातालाई प्रोत्साहनको खाँचो >> बैँकको खाताबाट बचत गायब सेवाग्राहीको बिचल्ली ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार >> लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा 

रुघाखोकीसँगै ज्वरो आएको छ? कोभिडको नयाँ भेरियन्ट पनि हुनसक्छ!

१८ चैत्र २०७९, शनिबार
१८ चैत्र २०७९, शनिबार

कोभिडका केस निकै बढ्दैछन्। सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन्, तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो। केही (सायद समग्रतामा हेर्दा पहिलेका भन्दा निकै थोरै प्रतिशत्) सिकिस्त बिरामी पनि देखिँदैछन्।

त्यसैले, रुघाखोकी, ज्वरो छ भने पहिले त आफूले मास्क लगाऔं, आईसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं। लक्षण सुरु भएको ४८ घन्टा जतिपछि एन्टिजेन जाँच गराऔं। (महामारी नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण शुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै जाँदैछ।)

साथै लक्षण बिनाका संक्रमितको हिस्सा पनि बढ्दै जान्छ। अहिले पनि फ्लु लगायत अरु भाइरस अलिअलि त होलान्, तर हरेक नयाँ फैलने कोरोना भाइरसको भेरियन्ट झन् बढी संक्रमणशील हुन्छ, त्यसैले त्यो फैलेको बेला चाँडै त्यसले प्राय: अरु सबै श्वासप्रश्वासबाट फैलने विषाणुलाई विस्थापित गर्दै जान्छ।

त्यसैले अब चाँडै नै सबै रुघाखोकी हुनेहरू कोभिड-संक्रमित नै होलान् भन्ने अनुमान गर्न मिल्नेछ। अहिले नेपालमा फैलेको भेरियन्ट भारतमा फैलँदै गरेको एक्सबीबी.१.१६ (XBB.1.16) नै होला, जसको बारेमा धेरै कुरा, मुख्य गरी कति धेरैलाई सिकिस्त बनाउला भन्ने स्पष्ट भइसकेको छैन। तर पनि धेरैजसोको लागि पहिलेका भेरियन्ट झैं कडा नहोला कि भन्ने आशा गर्ने ठाउँ छन्।

तैपनि कोभिड देखिएमा लक्षण सुरु भएको ८-१० दिनसम्म पल्स अक्सिमिटरले आफ्नो रगतको अक्सिजनको मात्राको निगरानी गर्दै गर्नुहोला।

उमेर, कुनै रोग वा उपचारका कारणले रोग-प्रतिरोधी क्षमता कमजोर हुनेले १ पटक विषयविज्ञसँग राय लिनुहोला।

एन्टिजेन नेगेटिभ नहोउञ्जेल आइसोलेशनबाट ननिस्कनूहोला। ‘५ दिन’ को भ्रममा नपरौं।  पछिल्ला भेरियन्ट झन् बढी संक्रमणशील हुँदै जाने भएकोले तिनको उभार पनि झन् चाँडो छोटो हुँदै जाने देखिन्छ, त्यसैले केही हप्तामा यो उभार पनि सेलाउला। सायद भिड बढी हुने शहरबजारमा चाँडो फैलेर गाउँघरतिर पुग्न, फैलन अलि बढी समय लाग्ला।

उभार कम नहोऊञ्जेले बाँकीले चाहिँ पाएसम्म एन-९५ वा सो सरहको मास्क लगाऔं; आफू, आफ्ना र अरूलाई सुरक्षित राख्ने कोसिस गरौं। विशेषगरी भिडभाडमा, अरूसँग निकट दूरीमा बस्नुपर्ने ठाउँमा वा बन्द स्पेसमा बस्दा मास्क नछोडौं। स्यानिटाइजर आदि त छँदैछन्।

अनि खोप लगाऔं। सरकारले सायद काठमाडौं र केही ठूला सहरमा मात्र खुसुखुसु खोप दिँदैछ। समताको प्रश्नको उनीहरूसँग कहिल्यै जवाफ हुन्न नै। केटाकेटी र ठिटाठिटीले बाहेक यसअघि खोप लगाएको वा संक्रमण भएको ५-६ महिना भइसकेका सबैले नयाँ ‘बाइभ्यालेन्ट’ खोप लगाउनु बेस। ‘उच्च जोखिम’का कोही नछुटून्।

‘लङ कोभिड’माथि दक्षिण एसियालीहरुमा खासै अध्ययन भएको छैन। तर यो भाइरसले विभिन्न अङ्ग र रोगप्रतिरोधी प्रणालीमा जटिल दूरगामी असर पार्ने रहेछ भन्ने धेरै प्रमाण देखिँदैछन्। यो संक्रमण कुनै पनि उमेरको कसैलाई पनि हुनु राम्रो हैन, बारबार हुनु झन नराम्रो हो।  सबैले जोगिने कोसिस गरौँ है।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?