Logo
१४ जेष्ठ २०८०, आईतवार

विधानविपरित सदस्य मनोनीत गरेको भन्दै सिउवासंघविरुद्ध उजुरी


बुटवल, १७ चैत ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा मनोनित सदस्य प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

संघले कार्यसमिति सदस्यमा मनोनीत गरेका कैलाश गुप्ताको विधान अनुुसार योग्यता नपुगेको भन्दै उक्त निर्णय खारेजीको माग गर्दै ह्याप्पी भिजिट टुर्स एण्ड ट्राभल्स प्रालिका उमाशंकर मिश्रले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

संघको विधानमा २ आर्थिक वर्ष पूरा गरेको साधारण सदस्यले मात्र कार्यसमितिको सदस्य हुन पाउने व्यवस्था रहेको भन्दै उजुरीमा संघले मनोनीत गरेका गुप्ताको विधान बमोजिमको योग्यता नपुगेको उल्लेख छ । संघका अध्यक्षले गरेको गैरकानुनी प्रावधान अनुसारको सदस्य तत्काल हटाई विधानसम्मत व्यक्ति वा फर्मलाई मनोनीत गर्न माग गरिएको छ ।

साथै उजुरीमा निर्वाचनमा सचिव पदमा उम्मेददार भई पराजित भएका धर्मविर शर्मालाई नैतीकता र इमान्दारिताको ख्याल नगरी बाणिज्य सदस्यमा मनोनीत गरिएको भन्दै उक्त पदबाट कारवाहीको माग गरिएको छ ।

उजुरीमा उद्योग बाणिज्य महासंघ काठमाडौं, गृहमन्त्रालय काठमाडौं, समाज कल्याण परिषद काठमाडौं, सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देही र उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशलाई बोधार्थ दिइएको छ ।

यस सम्बन्धमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले सदस्य मनोनीत विधान विपरित नभएको बताए । सदस्य भएको दुई आर्थिक वर्ष पुगेको हुनुपर्ने भन्ने प्रावधान चुनावमा उठ्नका लागि भएको भन्दै उनले तर मनोनीत हुनका लागि भने साधारण सदस्य भए मात्र पुग्ने बताए । श्रेष्ठले व्यक्तिगत कुण्ठाका कारण उजुरी दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग