ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
प्रथम उपमेयर कप टि–ट्वान्टी वडास्तरीय क्रिकेट प्रतियोगिता

वडा नं. ३ लाई उपाधि

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

बुटवल, १६ चैत ।

युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बुटवलमा सम्पन्न प्रथम उपमेयर कप टि–ट्वान्टी वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ३ ले चुमेको छ । बुधबार भएको फाईनल खेलमा वडा नं. ११ लाई १० रनले पराजित गर्दै वडा नं .३ विजयी भएको हो । उपाधिसंगै वडा नं. ३ नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता वडा नं. ११ भने नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ द सिरिज सन्दिप सुनार घोषित हुँदै नगद ४ हजार रुपैयाँ, कपबाट पुरस्कृत भए । यसैगरी वडा नं. ११ का जगत क्षेत्री उत्कृष्ट ब्याट्सम्यान, वडा नं. ३ का पदम मुखिया उत्कृष्ट बलर, उदयमान खेलाडी सन्दिप खत्री घोषित हँुदै पुरस्कृत भए ।

बुटवल उपमहानगरपालिकाका आर्थिक सहयोग र जितगढी रोयल क्रिकेट क्लबको आयोजनामा नरेश्वर क्रिकेट खेलमैदानमा भएको खेलमा टस जितेर वडा नं. ३ ले ब्याटिङको निर्णय गर्दै निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा १ सय ४२ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि पदम मुखियाले ४५ बलमा शानदार ८२ तथा गौतम मगर १६ रनको योगदान दिए । वडा नं. ११ का सन्तोष परियारले २ तथा प्रदिपले १ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ११ निर्धारित २० ओभरमा ९ बिकेटको नोक्सानीमा केवल १ सय ३२ रनमा समेटियो । उसका लागि जगत क्षेत्रीले ५६ बलमा ८२ तथा सजनले १७ रनको योगदान दिएपनि जितका लागि प्रयाप्त भएन । कम स्कोरमा रोक्न वडा नं. ३ का पदम मुखिया र सगुन ले समान २–२ बिकेट लिए । खेलमा वडा नं ३ का पदम मुखिया म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

चैत ८ गतेबाट शुरु भएको प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका अध्यक्ष गंगाराम सुनारले बताए ।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकाल, रुपन्देही क्रिकेट संघका सल्लाहकार केहरसिह भण्डारी, पुर्व खेलाडीहरु पुनित पोखरेल, गोकुल चापागाईले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?