Logo
१४ जेष्ठ २०८०, आईतवार

बैंकर प्रकाश पौडेलको देशभक्तिपूर्ण अपील : सबै नेपालीले देशमै भविष्य देखुन्


बुटवल,१६ चैत । बैंकर प्रकाश पौडेलले आफ्नो देशमा संभावना र अवसर हुंदाहुंदै पनि हरेक कुरामा विदेश ताक्ने नेपाली समाजको प्रवृत्तिलाई इंगित गर्दै मर्मस्पर्शी भनाई सार्वजनिक गरेका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले आफ्नै देशमा संभावना देख्न र अरुलाई दोष दिनुभन्दा आफै परिवर्तन हुन अपील गरेका छन् ।
आफ्नो संस्थासंग सम्बन्धित सूचना सामग्री वाहेक अरु विषय हत्तपत्त सामाजिक सञ्जालमा नलेख्ने पौडेलले नेपाली समाजमा पछिल्ला वर्षहरुमा देखिएको प्रवृत्तिमा सुधार र परिवर्तन होस् भन्ने उद्देश्यले  देशभक्तिपूर्ण र भावुक भनाई आफ्नो फेसबुक वालमा राखेका हुन्  ।

पौडेलले नेपालमा संभव हुने अध्ययन,उपचार,किनमेल र संभव भएसम्म रोजगारी आफ्नै देशमा गर्नुपर्ने आग्रह गर्दै अरुलाई दोष दिने, गाली गर्ने सोंच र प्रवृत्ति परिवर्तन गर्न पनि  आग्रह गरेका छन् ।

हेरौं उनको भनाई जस्ताको तस्तै

अध्ययनको लागि बिदेश, रोजगारीको लागि बिदेश, स्वास्थ उपचारको लागि बिदेश ।।
हामी एक अर्को लाइ गाली गर्न र अरुलाइ दोषी देखाउनु मै ब्यस्त ।।
हामी ब्यापारमा मन्दी आयो भन्छौं, उपभोक्ता बिदेशमा, पैसा हरायो भन्छौ, पैसा शिक्षा र उपचारमा बाहिर ।।
सक्ने जति अरु देश, नसक्ने भारत ।। दिल्ली लगायतका अन्य शहरका अस्पतालमा नेपालीको लाइन छ, कलेजमा नेपाली बिद्यार्थीको भिड छ ।।
आयातको त कुरै नगरौं, धन्न रेमिटेन्स छ र गफ गर्न पुगेको छ ।।
कुरा ठुला होइन, सानो सानो कुराबाट नै हो परिवर्तन आउने हो । सबै आ आफ्नो ठाँउमा जिम्मेवार बनौं ।।
सबै नेपालीले आफ्नो देशमा आफ्नो भबिस्य देख्न सकुन, सबै युवाले नेपाली अर्थतन्त्रमा आफ्नो भबिस्य देख्न सकुन, देशले हाम्रो सोच र व्यबहारमा परिबर्तन खोजेको छ ।।

न्युज बुटवलटुडे संगको संक्षिप्त कुराकानीमा पौडेलले युवा – विद्यार्थीलाई देशमै टिकाउन सरकारले विशेष नीति, योजना र कार्यक्रम ल्याउन कत्ति पनि ढिलाई गर्न नहुने सुझाव दिए ।   ‘केही गर्न सक्ने क्षमता भएका युवा जनशक्ति जति विदेश जाने अनि को आएर देश बनाइदिने त ? – प्रश्न गर्दै पौडेलले भने –‘नेपालमै थुप्रै संभावना र अवसर छन्, बैंकहरु लगानी गर्न तयार छन्, सक्षम युवा स्वदेशमै काम गर्न, स्वदेशमै उद्यम गर्न थालेपछि त्यसले देशभरि सकारात्मक सन्देश जान्छ र विदेश ताक्ने परिपाटीमा परिवर्तन ल्याउन सक्छ र मात्रै देश बन्छ, तर हामी देशमै केही गर्न भन्दा विदेशमै राम्रो देख्छौं, त्यसरी देश बन्दैन ।’

हुन पनि नेपालमै खेती गरे फल्ने कृषिजन्य वस्तुहरु विदेशबाट खरबौं मुल्यको आयात भइरहेको छ, यता नेपालका खेत बारी बांझै छन् । विदेश अध्ययनमा वार्षिक ३० अर्ब हाराहारी बाहिर गएको छ । यसरी पैसा खर्चेर बाहिर जानेहरु विदेशको सिस्टम, सुशासन देखेपछि उतै आकर्षित हुन्छन् र नेपाल फर्किन चाहन्नन्, जुन देशको लागि ठूलो घाटा हो । त्यसैले सांच्चिकै बैंकर पौडेलले भने जस्तै हरेक नेपालीले नेपालमा संभव र उपलब्ध सेवा, सुविधा, रोजगारी आफ्नै देशमा लिने / गर्ने हो भने मात्रै आफू र देश बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग