ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
मुख्य समाचार

यसरी हट्यो यातायात कार्यालयमा सेवाग्राहीको सास्ती, बिचौलिया हटाउन पत्राचार

कार्यालयबाट दैनिक १५ सयदेखि २ हजारसम्मले सेवा लिने गरेका छन् । चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा दैनिक करिव ८ सयले दर्ता गराउँछन् । एक पटक ट्रायल फेल भएकाले पनि १५ दिनभित्रै पुनः ट्रायलमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ । यसअघि तीन महिना कुर्नुपथ्र्यो । त्यो पनि ट्रायल हुने नहुने निश्चित हुँदैनथ्यो ।
१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

बुटवल, १६ चैत ।

केही महिना अघिसम्म लुम्बिनी यातायात कार्यालयमा सेवा लिन आउने नागरिकहरुले सास्ती भोगिरहेका थिए । अनुमति पत्रका लागि लिइने लिखित परीक्षाको आवेदन दर्ता प्रक्रियामा नै सेवाग्राहीको लामो समय बित्थ्यो । तर अहिले भने अवस्था फेरिएको छ । यातायात व्यवस्था कार्यालय (चालक अनुमति पत्र) बुटवलमा लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको सास्ती अहिले भने सुधारको दिशामा अगाडि बढेको छ ।

यातायात व्यवस्था कार्यालय लुम्बिनीका प्रमुख केशव अर्यालले कार्यालयको आन्तरिक व्यवस्थापनका कारण धेरै हदसम्म सास्ती कम भएको दावी गर्छन् । उनले सुधारको योजना बनाई काम अगाडि बढाएका छन् । “कार्यालयमा यसअघिको मुख्य समस्या दर्ता, लिखित परीक्षा र ट्रायलमा थियो, अहिले त्यो सबै समाधान भएको छ”–उनले भने ।

कार्यालयबाट दैनिक १५ सयदेखि २ हजारसम्मले सेवा लिने गरेका छन् । चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा दैनिक करिव ८ सयले दर्ता गराउँछन् । एक पटक ट्रायल फेल भएकाले पनि १५ दिनभित्रै पुनः ट्रायलमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ । यसअघि तीन महिना कुर्नुपथ्र्यो । त्यो पनि ट्रायल हुने नहुने निश्चित हुँदैनथ्यो ।

कार्यालय प्रमुख अर्यालका अनुसार सेवाग्राहीको चापलाई मध्यनजर गर्दै चार ठाउँमा बायोमेट्रिकका लागि फोटो खिच्ने व्यवस्था मिलाइएको छ । चारवटा काउन्टरबाट राजश्व लिने व्यवस्था मिलाइएको छ । यसले सेवाग्राहीलाई निकै सहज भएको उनको दावी छ ।

अव्यवस्थित रहेको यातायात कार्यालयमा अहिले सुधार भएको पाइएको सेवाग्राही बताउँछन् । चालक अनुमति पत्रको नवीकरण गर्न आएका श्याम घिमिरेले यातायात कार्यालयको छरितो सेवा देखेर आफू छक्क परेको बताए । “पहिले पहिलो यहाँ सेवा लिन आउँदा दिनभर लाइनमै बस्नुपथ्र्यो, सेवा पनि सहज र छिटो थिएन, तर अहिले अवस्था फेरिएको पाएँ”–उनले भने । तर उनीसहितका केही सेवाग्राहीले स्मार्ट लाइसेन्स समयमा नपाइने र कार्यालयमा बढ्दो भीड अझै नहटेको बताउँछन् । “अव कार्यालयले भीड कम गर्नका लागि के के आवश्यक पर्छ, त्यो कुरामा ध्यान दिनुपर्छ, स्मार्ट लाइसेन्स समयमै पाइने व्यवस्था गर्नुपर्छ”–सेवाग्राही घिमिरेले भने ।

कार्यालय प्रमुख अर्यालले लाईसेन्स वितरणमा हुने सेटिङ र बिचौलियाको चलखेल रोक्न र तिनीहरुलाई हटाउनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पत्राचार नै गरेका छन् । “बिचौलियाका कारण नै यातायात कार्यालय बदनाम भएको हो, यसलाई हटाउने गरी कार्यालय प्रमुखबाट पहल भएको छ, जुन राम्रो पक्ष हो”–कार्यालयका एक कर्मचारीले भने । लाइसेन्सका लागि स्वास्थ्य परीक्षण पहिले कार्यालयमा हुँदैनथ्यो । बाहिरै चेकजाँच गरी रिपोर्ट ल्याउनु पथ्र्यो । अहिले भने डाक्टर कार्यालयमै छन् र स्वास्थ्य जाँचको लागि सेवाग्राही बाहिर जानु पर्दैन ।

कार्यालयमा सुधार हुँदाहुँदै पनि केही चुनौतीहरु पनि रहेको कार्यालय प्रमुख अर्यालले बताए । “अहिले पनि बेलाबेलामा सर्भर डाउन हुने समस्याका कारण सेवाग्राहीको काममा कहिलेकाहीं अवरोध हुने गरेको छ”–उनले भने । त्यस्तै कार्यालयमा २५ वर्षदेखि जनशक्ति थपिएको छैन । “२५ वर्ष अगाडि दिनमा २०० को दर्ता हुँदा पनि उही जनशक्ति थियो, अहिले दैनिक ८०० दर्ता हुँदा पनि उही जनशक्तिले काम गरिरहनुपरेको छ”–अर्यालले भने । कार्यालयमा २५ जनाको दरवन्दी रहेको छ भने १० जना करारमा कार्यरत छन् ।

त्यस्तै यसअघि कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकारले नवलपरासी, तौलीहवा र पाल्पामा ट्रायल सेन्टर खोलेर बुटवलको चाप कम गर्ने निर्णय गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव रामहरि ज्ञवालीले पाल्पामा अनलाईन फारम भर्ने काम सुरु भएको र अव केही समयपछि बाँकी काम सकेर ट्रायल सुरु गर्ने योजनामा रहेको बताए । नवलपरासीमा पनि अझै काम अगाडि बढ्न नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?