Logo
१४ जेष्ठ २०८०, आईतवार

अन्तर्राष्ट्रिय स्नुकर खेलाडी रेगनलाई बुटवलमा सम्मान


बुटवल, १६ चैत ।

अन्तर्राष्ट्रिय स्नुकर खेलाडी रेगन श्रेष्ठलाई गृहनगर बुटवलमा सम्मान गरेको छ । अष्टे«लियामा सम्पन्न विश्व स्नुकर च्याम्पियनसिप २०२३ मा उत्कृष्ट १६ सम्म पुगेर नेपालबाट ईतिहास रचेका श्रेष्ठलाई खस्यौली स्नुकर क्लबले बुधबार सम्मान गरेको हो । एक समारोहका बिच क्लबका संचालक बिजय गुरुङ, सुजन पुन, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), वरिष्ठ सल्लाहकार सन्जय बज्राचार्यले मायाको चिनो, दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले युवा खेलाडीहरुलाइ प्लेटफर्म दिने रुपमा खेलकुद प्रतियोगिताको निरन्तरता हुन जरुरी रहेको बताए । वर्षमा एउटा स्नुकरको राष्ट्रिय प्रतियोगिता साथै थप नगर, जिल्ला र प्रदेशस्तरका प्रतियोगिता गर्न उनले सुझाव दिए । रुपन्देही हरेक खेलको उर्वरभुमि भएको भन्दै उनले यसमा सरकार र नीजि क्षेत्रको ठुलो लगानी रहेको दाबी गरे । खेलाडी खेलका गहना मान्नेमात्र नभई ब्यवहारमा उर्ताने गरि काम अघि बढाएको उनले बताए ।

कार्यक्रममा रुपन्देही पुल तथा स्नुकर संघका उपाध्यक्ष तथा खस्यौली स्नुकर क्लबका संचालक सुजन पुनले विश्व स्नुकर प्रतियोगितामा उत्कृष्ट १६ सम्म पुगेर ईतिहास रच्न सफल भएको भन्दै बुटवलमा खेल विकासमा लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग