ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै
मुख्य समाचार

लुम्बिनी प्रदेश : बजेट कार्यान्वयनमा फेल

मन्त्रालयका सचिवहरूले बजेट न्यून खर्च हुनुमा जनशक्तिको अभाव, सरकारका मन्त्रालय बुटवलबाट दाङको देउखुरीमा स्थानान्तरण र देउखुरीमा कार्यालय व्यवस्थापनमा देखिएको समस्या र निर्वाचनको समयका कारण देखाएका छन् ।
१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, १४ चैत ।

चालु आर्थिक वर्ष सकिन साढे ३ महिना मात्र बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च जम्मा ३५ प्रतिशत रहेको छ । बजेट छुट्टयाउने, तर खर्च नगर्ने प्रवृत्ति यसवर्ष पनि दोहोरिएको छ । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशतको हाराहारमिा मात्रै खर्च भएको हो ।

धेरै मन्त्रालयले दोस्रो चौमासिकसम्ममा ३५ प्रतिशत पनि खर्च गर्न नसकेको देखिएको छ । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले अहिलेसम्म ३५ दशमलव १६ प्रतिशत मात्र खर्च भएको जानकारी दिए ।

मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन भएको थियो । त्यसमध्ये १ अर्ब ८९ करोड ५४ लाख ११ हजार रुपैयाँ खर्च भएको छ । त्यसमा पुँजीगत खर्च २५ दशमलव ५९ प्रतिशत मात्र छ । त्यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले हालसम्म २७ दशमलव ६८ प्रतिशत मात्र बजेट खर्च गरेको छ । आन्तरिक मामिला मन्त्रालयको पुँजीगत खर्च २४ दशमलव ५२ प्रतिशत छ ।

मन्त्रालयका सचिव लालबाबु कवारीले ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजन गरेकामा हालसम्म १६ करोड ८२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट मात्रै खर्च भएको बताए । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५ दशमलव ४८ प्रतिशत बजेट खर्च गरेको बताए । पुँजीगत खर्च २५ दशमलव ९६ प्रतिशत छ । चालु आर्थिक वर्षमा मन्त्रालयले २ अर्ब ८१ करोड ५२ लाख ५४ हजार रुपैयाँको बजेट प्राप्त गरेको थियो ।

त्यसमध्ये अहिलेसम्म ९९ करोड ८८ लाख ७३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । सबैभन्दा बढी पुँजीगत खर्च गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म २७ दशमलव ७० प्रतिशत मात्र बजेट खर्च गरेको छ । मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु वर्षमा १२ अर्ब ८० करोड ९५ लाख ९० हजार रुपैयाँ विनियोजन भएकामा अहिलेसम्म ३ अर्ब ५४ करोड ८३ लाख ५८ हजार रुपैयाँ मात्र खर्च भएको बताए । भौतिक पूर्वाधारमा पुँजीगततर्फ २३ दशमलव ३२ प्रतिशत मात्र खर्च देखिएको छ ।

मन्त्रालयका सचिवहरूले बजेट न्यून खर्च हुनुमा जनशक्तिको अभाव, सरकारका मन्त्रालय बुटवलबाट दाङको देउखुरीमा स्थानान्तरण र देउखुरीमा कार्यालय व्यवस्थापनमा देखिएको समस्या र निर्वाचनको समयका कारण देखाएका छन् । कतिपय मन्त्रालयको बजेट खर्च प्रक्रिया अघि बढेको, टेन्डर भएर सम्झौता हुने चरणमा रहेको लगायतका कारणले पनि बजेट कार्यान्वयनमा नगएको भन्दै अब योजनाका काम तीव्र गतिमा अघि बढेकाले खर्च बढ्ने दाबी गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सरकारको हालसम्मको कार्यप्रगतिको अवस्था चिन्ताजनक रहेको बताए । उनले मन्त्री र सचिवहरूलाई तत्काल योजना कार्यान्वयनमा लैजाने गरी कर्मचारी र बजेट परिचालन गर्न निर्देशन पनि दिएका छन् ।

‘अबको हाम्रो सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रित गर्नैपर्छ, अहिलेसम्मको अवस्था साह्रै चिन्ताजनक देखियो,’ उनले भने, ‘यही अवस्थाले हिजो कार्यसम्पादन र बजेट खर्चमा उत्कृष्ट देखिएको लुम्बिनी प्रदेश जनताले महसुस गर्ने अवस्थामा पुग्दैन ।’ यसअघिको सरकारजस्तो अस्तव्यस्त रूपमा रहने र जनताका काम नगर्ने छुट अहिलेको सरकारलाई नभएको भन्दै उनले जनतासँग जोडिने गरी काम अघि बढाउन र योजना कार्यान्वयन गर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?