ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

बुटवल बजारलाई फेरि चलायमान बनाउने उपाय

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

अहिले बुटवल बजारको व्यापार व्यवसाय खस्कदै गएपछि सर्वत्र चासो र चिन्ता प्रकट गरिएको छ । पश्चिम नेपालको उद्योग बाणिज्य केन्द्रमा व्यापारिक सुस्तता आएपछि यो चिन्तन गरिनु स्वभाविक हो । कतै बुटवल कपिलबस्तुको पत्थरकोट र मकवानपुरको भिमफेंदी जस्तै सुनसान त हुने होइन भन्ने चिन्ता पनि प्रकट गरिएको छ, केही व्यवसायीहरुबाट । एक समय पत्थरकोट र भिमफेंदी निकै नाम चलेका र चलहपहल अत्यधिक भएका बजार थिए । तर अहिले दुबै सुनसान र शान्त छन् । कतै बुटवल पनि यस्तै सुनसान र शान्त पो हुने हो की भन्ने चिन्ता प्रकट हुन थालेको प्रसङ्गलाई स्वभाविक रुपमा लिनु पर्छ । बुटवलमा व्यापार व्यवसाय दिनप्रतिदिन घट्दै र मानिसहरुको चहल पहल समेत कम हुँदै गए पछि यो प्रतिक्रिया आएको हो । तर यो प्रतिक्रिया सतही छ । गहिरो गरी विश्लेषण गर्दा बुटवल कदापी भिमफेंदी र पत्थरकोट हुन सक्दैन । यद्यपि बुटवलले आफ्नो व्यापार व्यवसाय गर्ने तौरतरिका र सोंचमा परिवर्तन गर्नु पर्ने आवश्यक भने छ ।

बुटवल (बटौली) को विगत इतिहासलाई केलाएर हेरौं । यसको स्थापना कहिले भयो वा कहिले देखि बुटवल (बटौली) अस्तित्वमा आयो भन्ने सम्बन्धमा स्पष्ट तथ्य तथ्याङ्क पाइँदैन । इतिहासकारहरुले यस विषयमा गहिरो खोज अनुसन्धान गरेको पाइदैन । आशा गरौं आगामी दिनमा यो काम होला । पौराणिक साहित्यको साहारा लिएर यसको इतिहास खोजी गर्दा महाभारतका चर्चित पात्र अष्टचिरन्जिवी मध्ये एक मानिने अश्वत्थमाको विचरण क्षेत्र हो बुटवल । महाभारत युद्ध सकिएपछि अश्वत्थामा घाउ निको पार्ने र तपस्या गर्ने उद्देश्य लिएर हिमालय क्षेत्रतर्फ लागे । तराई र पहाडको संगमस्थल बुटवल–दोभान क्षेत्रमा आइपुग्दा यहाँको रमणीय र शान्त वातावरणमा रमाए । उनले बुटवलमा बेच्नको लागि टिनका टिन घिउ बोकेर पहाडतिरबाट झरेका ढाक्रेहरुसँग घिउ मागेर टाउकोको घाउमा दलेर घाउ निको पारेको जनश्रुती पाल्पाको रम्भापानी गाउँमा प्रचलित छ । बुटवल–दोभान क्षेत्र अश्वत्थमाको निवास तथा साधना स्थल हो । जनश्रुतीले यही भन्छ । यसरी महाभारत कालतिर पनि यो ठाउँ पहाड र तराईका उत्पादनको क्रय विक्रयको केन्द्र रहेको तथ्य स्पष्ट हुन्छ । त्यस्तै विक्रम सम्बतका सस्थापक भारत उज्जैनका राजा विक्रमादित्यका दाजु चक्रवर्ती राजा भर्तृहरीले राजपाट त्यागी तपस्याका लागि हिमालय क्षेत्रतर्फ लाग्दा बुटवल–दोभान क्षेत्रको कुहिरे भिर भन्दा अघि बढ्न सकेनन् । बुटवल –दोभान क्षेत्रको रमणीय र शान्त वातावरणले आकर्षित ग¥यो । भर्तृहरीले दोभानको छरछरे झरना क्षेत्रको गुफामा बसी तपस्या गरी अष्टसिद्धि ज्ञान प्राप्त गरे । विक्रम सम्बतलाई आधार मान्दा यो समय करिब २१ सय वर्ष अघि हुन्छ । २१ सय वर्ष अघि पनि यो क्षेत्र व्यापारिक क्रय विक्रयको स्थल रहेछ । मानिसहरुको जमघट र चहल पहलको क्षेत्र रहेछ । यसैगरी बुद्धकालमा यस क्षेत्रका १० ठूला शहर मध्ये बुटवल पनि एक थियो । प्रसिद्ध बुटवल यसको नाम थियो । बुद्धवल्लीबाट बुटवल नामाकरण भएको भन्ने तर्क अहिले सम्मलाई अकाट्य बनेको छ । बुद्धवल्ली भनेको बुद्धको विचरणस्थल भन्ने हो । यस तथ्यबाट बुद्धकालमा समेत यो शहर यस क्षेत्रका अगुवा र चर्चित रहेको कुरा स्पष्ट हुन आउँछ । २ सय वर्ष अघिको नेपाल अङ्ग्रेज युद्धताका यो शहर व्यापारिक दृष्टिले निकै महत्वपूर्ण मानेर नै बुटवलमाथि अङ्ग्रेजले आक्रमण गरेको थियो । बुटवल वरीपरिको जंगलका महत्वपूर्ण काठपात र जडिबुटी प्राप्त गर्ने र तिब्बतसँग व्यापारिक मार्ग बनाउने उद्देश्य समेत अङ्ग्रेजको थियो । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले त अत्यन्त मन पराएर राजधानी बनाउने सम्म कुरा गरेको प्रसङ्ग इतिहासमा पढ्न पाइन्छ । पाल्पाली राजा मणिमुकुन्द सेनले बुटवललाई शितकालीन राजधानी बनाएका थिए । परापूर्वकालमा अप्सरा तिलोत्तमाको क्रिडास्थल भएकाले बुटवलबाट बग्ने नदीको नाम तिलोत्तमा (तिनाउ) नामाकरण भएको हो भन्ने जनश्रुती छ । यस तथ्यले परापूर्वकालमा समेत यो क्षेत्र मानिसहरुको जमघट र व्यापारिक क्रय विक्रयको स्थल भएको प्रमाणित गर्दछ । बुटवल–दोभान क्षेत्रको पहरामा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको दाँतको बङ्गारा भेटिएको तथ्यले यो क्षेत्रको प्राचिनता स्पष्ट हुन्छ । यसकारण यो क्षेत्र प्राचिनकालदेखि नै मानिसहरुको जमघट र क्रय विक्रयको स्थल हो ।

वर्तमानमा यो शहर पूर्व–पश्चिम महेन्द्र राजमार्गको मध्यविन्दुको शहर हो । प्रस्तावित उत्तर दक्षिण राजमार्गको पनि मध्यविन्दुको शहर हो । अन्तर्राष्ट्रिय तीर्थस्थल शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी निकटको सुव्यवस्थित शहर हो । १८ औं शताब्दीमा भएको नेपाल अङ्ग्रेज युद्धमा अंग्रेजलाई जितेको किल्ला भएको शहर हो बुटवल । साविक लुम्बिनी अञ्चलको सदरमुकाम पनि हो । पश्चिम नेपालको उद्योग बाणिज्य केन्द्र हो, बुटवल । उक्त तथ्यहरुले बुटवल भिमफेंदी वा पत्थरकोट हुन्छ भन्नु गलत सावित गर्दछ ।

बुटवल बजारमा एक्कासी मन्दी किन छायो त भन्ने विषयमा विचार विमर्श गरौं । ५ वर्ष अघि संघीयता कार्यान्वयनसँगै बुटवललाई लुम्बिनी प्रदेशका १२ जिल्लाको अस्थायी राजधानी तोकिँदा यस क्षेत्रमा निकै उत्साह फैलिएको थियो । व्यापार र उद्योग धन्दामा लगानी बृद्धि भएको थियो । चारैतिरबाट मानिसहरु बुटवलमा व्यापार व्यवसाय गर्न र बस्नको लागि उत्साहित भएर आएका थिए । होटल तथा पर्यटन व्यवसायमा ठूलो परिमाणमा लगानी गरेका थिए व्यवसायीहरुले । हठात् लुम्बिनी प्रदेश सभाको बहुमतले प्रदेश सदरमुकाम दाङ्ग निर्धारण गरेपछि यस क्षेत्रमा निराशा फैलिएको छ । खासगरी व्यवसायीहरु दुःखी भए । प्रदेश सभा र प्रदेश सरकारका लागि बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघले आफ्ना सुविधायुक्त र आकर्षक भवन प्रदान गरेका थिए । खुशी र उत्साहित थिए व्यवसायीहरु । तर एक्कासी अर्को निर्णय हुँदा निराशा फैलिनु स्वभाविक हो । प्रदेश राजधानी दाङ्ग सरेपछि बुटवलबाट २५ हजार मानिस पलायन भएको अनुमान बुटवल उद्योग बाणिज्य संघको छ । यसमा हजारौ संख्यामा व्यवसायीहरु पनि होलान । कर्मचारी र विद्यार्थी त पलायन हुने नै भए । अर्को कोरोना प्रकोप पछि मानिसहरुको क्रय शक्ति घट्यो । आर्थिक मन्दी छायो । यसको असर व्यापार व्यवसायमा प¥यो । सबैभन्दा ठूलो असर बुटवलको चौराहा देखि गोलपार्क सम्मको ६ लेन सडकको अस्तव्यस्तताले यहाँको व्यापार व्यवसायलाई निकै असर पा¥यो । यो सडक गत ७ वर्ष देखि अलपत्र र अस्तव्यस्त अवस्थामा छ । अझै पनि चाडो सम्पन्न हुने छाँटकाँट देखिदैंन । मानिसहरु हिंडडुल गर्न सडक अस्तव्यस्त भएकाले कठिनाई भयो । सडक किनारका सटरमा संचालित व्यापार व्यवसाय ढलका लागि खनिएको खाडलका कारण आउजाउ गर्न नसकिने भएपछि सुके । यो मार्गका धेरे व्यवसायी डुबे । पलायन भए । यसमा जो पीडित बने, उनै दुःखी भए । अरु कोही गम्भीर र संबेदनशील देखिदैनन् । अर्को कारण बुटवलमा व्यापारिक सटरको भाडादर चर्को छ । सरकारले घरबहाल कर लगाएपछि घरधनीले यो रकम भाडामा बस्नेहरुबाट असुल गर्न थालेपछि समस्या चर्को भयो । यहाँको भाडादर वैज्ञानिक र व्यवस्थित छैन । बैंक तथा वित्तिय संस्थाहरुले अचानक व्याज वृद्धि गरेपछि व्यवसायीहरु मर्कामा परेर पलायन भएका छन् । व्यापार घटेपछि सबैभन्दा व्यस्त रहने बुटवलको अमरपथ क्षेत्रमा चहलपहल कम छ । सटरहरु खाली रहेका सूचना टाँसिएका छन् । यो दुखद पक्ष हो ।

समस्या दिन प्रतिदिन बढ्दै गएकाले २०७९ फागुन ३० गते बुटवल उद्योग बाणिज्य संघले संघको सचिवालयमा बुटवललाई फेरि कसरी चलायमान बनाउन सकिएला भन्ने विषयमा एक दिवसीय छलफल कार्यक्रम आयोजना ग¥यो । छलफलका सहभागीले बुटवलको व्यापार व्यवसाय खस्कदै गएकोमा चिन्ता प्रकट गरेका थिए ।

बुटवलको बजारलाई फेरि चलायमान बनाउनको लागि यस क्षेत्रका बासिन्दाको क्रय शक्ति बढाउन आय मूलक कार्यक्रमहरु संचालन गरिनु पर्छ । बुटवलको चौराहादेखि गोलपार्क सम्मको ६ लेन सडक यथाशीघ्र सम्पन्न गर्न दवाव मुलक गतिविधि बढाउनु पर्छ । व्यापारिक सटरहरुको भाडादर घटाउनु पर्छ । भाडादर वैज्ञानिक र व्यवस्थित बनाउन यहाँका व्यावसायिक संघसस्था, घर बहाल सरोकार संघ, घरधनी र स्थानीय निकाय मिलेर अविलम्ब एउटा संयन्त्र बनाउनु पर्छ । दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि विवाह, ब्रतबन्ध र पूजाआजा आयोजना गर्दा यस क्षेत्रका बासिन्दा भारतीय बजार सुनौली र नौतुनवामा जाने चलन रोक्नु पर्छ । यसका लागि व्यवस्थित तरिकाले सामानको मूल्य दर कायम गर्न यहाँका व्यावसायिक संघ संस्थाहरुले पहल गर्नुपर्छ । बुटवलमा रात्रीकालीन बजार सुव्यवस्थित तरिकाले संचालन गरिनु पर्छ । रात्रीकालीन बजार भनेको मदिरा र यौनको धन्दा हो भन्ने मानसिकता व्यापारी र उपभोक्ता दुबैले त्याग्नु जरुरी छ । दिनभर काममा व्यस्त हुनेहरु रात्रीकालमा खाना खाने र सामान किन्न जाने वातावरण निर्माण गर्नुपर्छ । बुटवल औद्योगिक क्षेत्रलाई अझ चलायमान बनाउनु पर्छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र यथाशीघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउनु पर्छ । संघीयता कार्यान्यवन सँगै गाउँपालिकाको निर्माण र गाउँ गाउँमा सडक सञ्जाल विस्तार भएपछि सुपथ मूल्यमा सामान गाउँमै पाइन थालेको छ । यसकारण अब बुटवललाई कस्तो बजार बनाउने हो भन्ने सम्बन्धमा स्पष्ट नीति तथा कार्यक्रम तर्जूमा गरी लागु गर्न यहाँको व्यावसायिक संघ संस्थाहरुले अग्रसरता लिनुपर्छ । भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रको भाग्य रेखा हो, त्यसैले यसको सुसंचालनमा सबैले चासो र अग्रसरता लिनुपर्छ । लुम्बिनीको पर्यटकीय विकास नै यस क्षेत्रको व्यापार व्यवसायको आधार हो । जीतगढी किल्लाको पर्यटकीय विकास र प्रबद्र्धन गर्नुपर्छ । रामापिथेकस क्षेत्रको पर्यटकीय विकास र प्रबद्र्धन गर्नुपर्छ । बटौली बजारको पनि पर्यटकीय विकास र प्रबद्र्धन गर्नुपर्छ । अब केही महिना पछि बुटवलमा लुम्बिनी र सिद्धार्थ गरी २ वटा केबलकार सञ्चालनमा आउँदैछन् । यसले बुटलको बजारलाई चलायमान बनाउनेछ । भारतको लखनउ र गोरखपुरबाट प्रतिदिन ५ हजार पर्यटक केबलकारको आनन्द लिन र बुटवल घुम्न आउने अपेक्षा गरिएको छ । बुटवल अब यथास्थितिमा रहन सक्दैन । परम्परागत ढङ्गले चल्न सक्दैन । अब यसलाई व्यापक अध्ययन गरेर महानगरमा स्तरोन्नती गर्नुपर्छ । बुटवलको भविष्य उज्ज्वल छ । व्यवसायीहरु हतास र निराश हुने सन्देश नबाँडौं । यस क्षेत्रलाई थप सुन्दर र विकसित बनाउने तर्फ सबै जुटौं । अस्तु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?