ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी
मुख्य खबर

कुकुरले टोक्दा दैनिक १०० खोप !

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, चैत ।- बुटवल दीपनगरका शुनिल क्षत्री गत शुक्रबार घर जाँदै गर्दा कुकुरको समुहको झम्टाईंमा परे । दीपनगर शिद्धेश्वर खेलमैदान नजिकै साँझको समयमा पसलको काम सकेर घर जाँदै गर्दा उनलाई कुकुरले घेरा हाले, खुट्टामा टोकीहाले । नजिकै रहेका केही मानिसहरुको हो–हल्लापछि कुकुरहरु भागे । उनिछिमेकीको रिक्साको सहयोग लिएर लुम्बिनी प्रादेशिक अस्पतालमाको ईमेरजेन्सीमा आएर खोप लगाए । अझै २ वटा खोप उनले लाउन बाँकी छ ।
यो एउटा प्रतिनिध उदाहरण मात्रै हो । बुटवल सहितका तिलोत्तमा, देवदह लगायत सैनामैनाबाट समेत बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १०० जना भन्दा बढि विरामी कुकुरले टोकेकोसुई (खोप) लगाउन आउने गरेका छन् ।
अधिकांस ती भुस्या (छाडा छोडीएका) कुकुरले टोकेको कारण नै खोप लगाउन आउने गरेका व्याक्तिहरु हुन । कतिपय घरपालुवा कुकुरले समेत जिस्काएको कारण बच्चाहरुलो टोक्ने गरेको पाईन्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल रेकर्डर अधिकृत भोला क्षत्रीका अनुसार सार्वजनिक स्थानमा कुकुर(छाडा) व्यवस्थापन हुन नसकेको कारण अस्पतालमा खोप लगाउन आउनेहरुकोसंख्या दिनप्रतिदिन बढ्दै गएको बताउँछन् । उनले अहिले दैनिक १०० को हाराहारीमा कुकुले टोेकेकोसुई लगाउन आउनेहरुको संख्या रहेको जानकारी दिए ।
कुकुरले टोकेपछि ३ पटक ३/३ दिनको फरकमा सुई(खोप) लगाउनुपर्ने हुन्छ, जसको लागि पनि मानिसहरुको दोहोराएर आउँदा अझ बढि संख्या बढेको रेडर्करअधिकृत क्षत्रीको भनाई रहेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा खोप विभाग हेर्दे आएका (रेविज कुकुरले टोकेको) तिलक गौतमका अनुसार प्रतिदिन खोप लगाउँदा लगाउँदै आफु थाक्ने गरेको उनको अनुभव रहेको छ । दैनिक ८० देखि १०० जनाको हाराहारीमा मानिसहरु कुकुले टोकेको भन्दैउपचार गराउन आउने उनको भनाई रहेको छ ।
गत फागुन महिनामा २ हजार ५ सय देखि ३ हजार ३ सय जनाले खोप लगाएको उनको भनाईरहेको छ । कुकुरले टोकेको विरामीको दुबै पाखुरामा एकै पटक २ वटा खोप लगाउनुपर्ने हुन्छ । जसको लागि लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क रुपमा खोप उपलब्धगराउँदै आएको हो । जुन खोप विरामीले ३ पटक लगाउनपर्ने खोप लगाउने जिम्मेवारी समेत पाएका तिलक गौतमलले बताए ।
कतिपय समयमा सडकमा छाडा छोडीएका कुरा मोटरसाईल, स्कुटर चालकले रातको समयमा नदेख्दा कुल्चीएर पनि कुकुरले टोक्ने गरेको पाइएछ भने कतिपय गाउँघरम भुस्या कुकुरहरुले बाटो कुरेर नै मोटरसाईकल, वा साईकल वा अन्य साधानमा जाने व्याक्तिलाई झम्टीएर टोक्ने गरेको पाइन्छ ।
यसमा अझ बढि बालबालिकाहरु समेत पर्ने गरेका हुन । बाटोमा हिँडीरहेको समयमा पछाडीबाट झम्टीएर कुकुरले टोकेको अधिकांस घटना देखिएको हुन । जसमा खुट्टा, हाटको पाखुरा, कम्मर सम्मको भागमा समेत कुकुरले टोकेको पाइएको हो ।
सामान्यता रेविज विरुद्धको नियमित खोप लगाएको चौपायले टोक्दा जोखिम न्यून हुने भएपनि छाडा, भुस्या कुकुरले त्यो खोप नलगाएको कारण खोप नलाएमा रेबीज रोग लाग्ने संभावना उच्च रहन्छ । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश स्वाथ्य आपुर्ती केन्द्रले उपलब्ध गराउँदै आएको निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।
तिलोत्तमा र सिद्धार्थनगरमा बनध्याकरणः बुटवलमा कहिले ?
रुपन्देहीका दुई पालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छन् । सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले केही महिना पहिला छाडा भुस्या कुकुर संकलन गरी भेटेनेरीअस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सहयोगी निकायको सहयोगमा बन्ध्याकरण गरेका हुन । सिद्धार्थननगरपालिकाले १०० भन्दा बढि कुकुरको फागुन महिनामा बन्ध्याकरण गरेको थियो । यस्तै तिलोत्तमा नगरपालिकाले पनि गत फागुन महिनामा ९० भन्दा बढि कुकुरको बन्ध्याकरण गरेको थियो ।

कुकुर दर्ता गर्न तिलोत्तमाको आग्रह
घरपालुवा कुकुर समेत पहिछान गर्न रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रूपमा अनुमतिपत्र लिन निर्देशन दिँदै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १००औं शृंखाला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकलो गत चैत ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रूपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो । नगरपालिकाको वेव साइट पशु एप डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख रामकृण खाँणले जानकारी दिए । उनले सफाईमा कुकुरहरुको पनि भूमिकारहने भन्दै यसमा सबैले सहयोग गरेर दर्ता गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?