Logo
२३ जेष्ठ २०८०, मंगलवार

प्राचिन कपिलवस्तु महोत्सवको अवधि दुई दिन थप


कपिलवस्तु, १२ चैत ।

कपिलवस्तुको तौलिहवामा जारी सातौं प्राचिन कपिलवस्तु महोत्सवको अवधि दुई दिन थप भएको छ । “कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषि, उद्योग र व्यापार” भन्ने नाराका साथ चैत १ गते देखि शुरु भएको महोत्सव चैत १४ सम्म सञ्चालन हुने छ ।

यसअघि चैत १ देखि १२ गते सम्म सञ्चालनको अनुमती पाएको महोत्सव शुरु भएपछि बीचमा दुई दिन वर्षाका कारण अवरुद्ध हुन पुगेकाले महोत्सव थप दुई सञ्चालनको अनुमती मिलेको तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक गयादिन कुर्मीले बताए । तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवा स्थित बुद्ध पद्यम माविको खेल मैदानमा सञ्चालित महोत्सवमा थपिएको अवधिमा भोजपुरी सुपरस्टार सोम्या पोख्रेल लगायतको प्रस्तुती रहने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?