ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

ममतालाई मिस वेष्ट्रन नेपालको ताज

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

बुटवल, १२ चैत ।

मिस वेष्ट्रन नेपाल २०२३ को ताज बुटवलकी ममता घिमिरेले पहिरेकी छिन् । शनिबार अबेर भएको फिनालेमा अन्य ८ जना प्रतियोगिताहरुलाई पछि पार्दै घिमिरे विजेताको ताज जित्न सफल भईन् । उनले प्रतियोगिताको मिस पब्लिक च्वाईस समेत घोषित भईन् ।

योसंगै उनले अब मिस २०२३ मा समेत यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पक्का भएको छ । आईटीमा अध्ययरत उनी महिला सशक्तिकरण र सामाजिक क्षेत्रमा काम गर्न चाहन्छिन् ।
पहिलो परिचय, दोस्रो प्रश्नउत्तर राउण्डका साथै डिजाईनर राउण्डमा साज बुटिकको सहयोगमा तयार गरिएको ड्रेसमा प्रस्तुत गरेका थिए । अजिता रेग्मी, सबिता बेल्बासे, ममता घिमिरे, निसा पाण्डे, विनिता भट्टराई टप फाईभमा पुग्न सफल भए । प्रतियोगितामा अन्तिम प्रश्न उत्तर लिखित राउण्डमा उत्कृष्ट बन्दै घिमिरे विजेता बनिन् । पाँचमा परेकी बिनिता भट्टराई फष्ट रनर अप बनिन् । यसैगरी निशा पाण्डे सेकेण्ड रनर अप भईन् । प्रतियोगितामा अपसना सुनार मिस ट्यालेन्ट, अजिता रेग्मी मिस बेष्ट वाक घोषित हँुदै पुरस्कृत भईन् ।

द हिडेन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी प्रमुख निर्णायक रहेको प्रतियोगितामा लायन्स क्लब अफ शंकरनगर बाटिकाका साधना भण्डारी, सुरज उप्रेती, नवराज न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरि फिनालेको कोरियोग्राफी रेशम न्यौपाने र दिपेश लामाले गरेका थियो।फिनालेमा पुगेका ९ जनालाई दुई हप्तासम्म क्षमता अभिवृद्धिका तालिम दिईएको थियो ।

एक समारोहका बीच मिस नेपाल २०२२ प्रियंका रानी जोशी, मिस नेपाल द हिडन ट्रेजनका निर्देशक गिरेन्द्रमान राजबंशी, डिष्ट्रिक ३२५ का डिजि नवराज न्यौपाने, मिस बेष्ट्रन नेपालका निर्देशक गोपाल अधिकारी, प्रबन्ध निर्देशक राजिव खनालले विजेता, उपविजेता तथा उत्कृष्टलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा मिस नेपाल २०२२ प्रियंका रानी जोशीले यो प्रतियोगिता महिला सशक्तिकरणमा महत्वपूर्ण पाटो भएको बताईन् । आफू मिस वर्डको प्लेटफर्ममा पुग्दा नेपालको पहिचान दिने गरि जाने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताईन् ।

प्रबन्ध निर्देशक राजिव खनालले हेर्ने दृष्टि चेन्ज गरे समाज परिवर्तन हुने भन्दै सुन्दरी प्रतियोगितालाई सकारात्मक रुपमा हेर्नुपर्ने बताए । सौन्दर्य प्रतियोगिता केवल शारिरिक रुपमा मात्र नभई बौद्धिक रुपमा समेत फिट हुनुपर्ने उनको धारणा छ ।

मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईचीका रुपमा यस क्षेत्रमा गरिएको कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो । यसअघि दुई हप्तासम्म अन्तिम ९ सहभागीहरुलाई दुई हप्तासम्म योगा प्रशिक्षक निश्चल ईन्द्रायणी, राजिव खनाल, गोपाल अधिकारी, छबि शर्मा, समुन्द्र घिमिरे जिसिले तालिमलाई सहजिकरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?