ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
विचार

पदयात्राको नयाँ गन्तब्य नुवाकोट गढी

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

२०७९ माघ २१ शनिवार । हाम्रो अनुकुलको समय । बुटवल हाईस्कूल पछाडि रहेको नुवाकोट प्रवेशद्वारबाट उकालो पदयात्रा शुरु भयो । हामी सातजना । लव जोशी, निरकुमार श्रेष्ठ, गौतम शाक्य, सुशान्त शाक्य, सन्तोषी शाक्य, सरोज जोशी र दीपा श्रेष्ठ थियौं । करिब साढे तीन किलोमिटर लामो सिमेन्टेड सिढी (भरेङ) चढ्यौं । यो सिँढीको निर्माणमा नुवाकोट विकास समिति, लायन्य क्लव बुटवल र नेपाली सेना भवानी बक्स गण रामनगर बुटवल आदि संघ संस्थाको सहभागिता र सहयोगमा २०७० असोज २५ देखि २०७२ असोज ४ सम्मको समयावधि लागेको शिला लेखहरुबाट स्पष्ट हुन्छ । यस मार्गलाई कर्णेल उजीर सिंह सिढी मार्ग भनेर पनि उल्लेख गरिएको छ । यसको निर्माणमा लायनहरू रामेश्वरप्रसाद श्रेष्ठ, अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, महेशमान सिंह र सल्लाहकार चन्द्रमान श्रेष्ठ लगायतको योगदान रहेको देखिन्छ । सिमेन्टेड सिँढी सिद्धार्थ केबुलकारको अर्थ स्टेसन तलसम्म पुगेको छ । त्यसपछि केबलकारले आफ्नो ईलाकासम्म सिँढी र कतैकतै पर्खाल लगाएको छ । कंक्रिटको बाटो बनाउँदा बीचमा पर्ने सालका रूखहरूको संरक्षण गरेको रहेछ । यो वनस्पति संरक्षणको राम्रो उदाहरण हो । अन्य ठाउँमा सडक निर्माण गर्दा रूख धामाधम काट्ने गरिन्छ । सिद्धार्थ केबुलकारको अर्थ स्टेसनभन्दा माथिदेखि परम्परागत ढुंगाको सिढी नुवाकोट टुप्पोसम्मै पुगेको छ । नुवाकोट –बुटवल पदमार्ग त्यो पुर्खौली बाटो हो जहाँबाट तानसेन–मसेम–सिडी–गुल्मी–अर्घाखाँचीभन्दा पर पर्वत र जोमसोमसम्मका वासिन्दाहरूले घीउ, जडीबुटी, राडीपाखी बटौली बजारमा ल्याई बेच्ने र यहाँबाट नुन, तेल, चामल, साबुन, लत्ताकपडा, तमाखु, सुर्ती, भाँडाकुंडा आदि किनेर लैजाने गर्थे । बुटौलीको नामी खाजा – ‘चनाभूजा’ पनि किनी लान्थे । एसपिआर सुनौली– पोखरा राजमार्ग, हालको सिद्धार्थ राजमार्ग तयार नहुंदाको बखतमा तानसेन र बुटवलका साहु महाजनहरू आवागमनको मार्ग थियो । बुटवलका बासिन्दा गर्मीयाममा शीतल ताप्न नुवाकोट उक्लन्थे ।

अहिले सिद्धार्थ केबुलकारको निर्माण प्रारम्भिक चरणमा नै छ । यही गतिमा काम भएमा तीन वर्ष लाग्ने देखिन्छ । वसन्तपुरमा निर्माण भईरहेको लुम्बिनी केबुलकार नै छिटै सम्पन्न हुनसक्छ । वसन्तपुर र नुवाकोट दुबै नजिक–नजिक रहेका स्थान हुन् । यस क्षेत्रका प्राकृतिक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक दर्शनीय स्थलहरुको अध्ययन–भ्रमण गर्न आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न सकियो भने पनि केबुलकार संचालनको सार्थकता हुन्छ । यसका अतिरिक्त छिमेकी देश भारतको उत्तर प्रदेश लगायतका पर्यटकहरुलाई गर्मीयाममा शीतल ताप्न लालायित गर्नुपर्छ । लुम्बिनी प्रदेश अन्तर्गतको तीन दिनमा घुमिसक्ने बुटवलको फूलवारी, जितगढी, वडा नं. १६ स्थित कपरकट्टी–चपरखोनवा ताल, सिद्धबाबा धाम, नवलपरासी देवचुलीको साश्वतधाम, त्रिवेणी तीर्थ, वाल्मीकि आश्रम, गौतमबुद्धको मावली देवदह, नुवाकोट गढीको कालभैरव कामना मन्दिर, सैनामैना न.पा.स्थित पर्रोहा परमेश्वर बोलबम धाम, शान्ति अवतार बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, जगदिशपुर ताल, पाल्पा जिल्लामा रहेका सत्यवती ताल, भैरवस्थान, भगवती मन्दिर, रानीमहल, अर्घाखाँचीको सुपा देउराली, तम्घासको रेसुंगा, रिडीको ऋृषिकेश दर्शन र अयोध्यामा रामजानकीको मूर्ति बनाउन प्रदान गरिएको पौराणिक विशाल शीला अवस्थित कालीगण्डकी गंगा आदि भ्रमण गराउने स्थानहरुको दर्शन–भ्रमणको प्याकेज बनाउनु पर्छ ।

नुवाकोट ट्रेकिङमा जाने बाटो सजिलो छ । साल लगायतका बाक्लो वनस्पतिको घना जंगल छ । ५० वर्ष जति पुरानो सालका रूखहरू अद्यापि संरक्षित छन् । बाटो बिराइन्छ कि भन्ने शंका मान्नु पर्दैन । ढुंगा बिछाइएको फराकिलो बाटो छ । मानिसहरुको आवागमन भईरहन्छ । मणिग्रामबाट ट्रेकिङ आएका सुष्मिता चौधरी र दीपिका थापा पनि भेट भए । उनीहरूमा पदयात्रा गर्नुपर्ने चेत देख्यौं । यस्तै अन्य धेरै भेट भए । स्थानीयहरु बाख्रा चराउन ल्याईरहन्छन् । सुस्ताउँदै जांदा पनि साढे दुई घण्टामा नुवाकोट पुगिन्छ । युवा जमातलाई झनै कम समय लाग्छ ।

नुवाकोट गढीमा कालभैरव कामना मन्दिर छ । मन्दिर जान ठाडो उकालो चढ्न परे पनि दायाँतिर फलामको रेलिङ राखिएको छ । मन्दिर परिसर स्वच्छ, सफा र मौसमी फूलहरूले सजिसजाउ गरिएको छ । दर्शनार्थीहरूलाई पुजारीबाजेले रोट प्रसाद दिन्छन् । हातामा रहेको ठूलो त्रिशुलमुनि फोटो र सेल्फी लिई भ्रमण यादगार बनाउन सकिन्छ । नुवाकोट डाँडामा सानाखाले सात–आठ वटा खाजा तथा खाना खाने रेष्टुराँहरू छन् । भेज खाना रू. १८०÷– मा पाइन्छ भने नन–भेज को रू. ४५०÷ रेट राखेका छन् । जुन अलि स्वाभाविक छैन । व्यवसायीले शुद्ध लोकल कुखुराको मासु दिने भन्छन् । नयाँ संरचनाको ठूला होटल बनाईंदैछ भन्ने थाहा पायौं । घरवस्ती टाढा टाढा छन् । भ्यू टावर पनि छ । बटौली बजारका व्यवसायीहरूले नुवाकोटको भावी प्रगतिलाई ध्यानमा राखेर घडेरी पनि खरिद गरेका छन् । सिद्धार्थ केबुलकारको हिल स्टेसन बन्ने क्रममा छ । पर्यटकहरूलाई सुविधा हुनेगरी आधुनिक होटल– लजहरू र मनोरंजनका स्थलहरू निर्माण गर्नुपर्छ । बुटवलको बेलवासबाट नुवाकोटसम्म पुग्ने पक्की सडक बनेको छ । नुवाकोटबाट दोभान पुग्ने ग्राभेल सडक पनि बनेको छ । तर त्यस सडकको स्तरीकरण र कालोपत्रे हुन सकेको छैन । दोभान र सिद्धबाबा क्षेत्रमा पैह्रो गई सडक अवरुद्ध हुंदा यो सडक विकल्पमा ल्याउन सकियो भने जोखिमबाट बच्न सकिन्छ । यद्यपि समय अलिक बढी लाग्छ । यस्तो महत्वको सडकले किन पूर्णता पाउन सकेन अचम्मलाग्दो छ । सम्बन्धीत निकायको ध्यानाकर्षण हुन जरूरी छ ।

स्वास्थ्यको लागि ट्रेकिङ उपयोगी हुन्छ । नयाँ स्फुर्ती, जाँगर ल्याइ स्वस्थ रहन मद्दत गर्दछ । सबै अंगहरूको व्यायाम हुन्छ । पहाड चढ्न अलिक बिहानै प्रस्थान गर्नु राम्रो हुन्छ । दुई–चार लिटरजति पानी बोक्नु ठीक हुन्छ । उकालोमा तिर्खा लागेमा मुख भिजाउँदै उक्लनु पर्छ । लौरौ टेकेमा भिरालोमा लड्नबाट जोगिन सकिन्छ । उकालोमा लौरोले दरिलो साथ दिन्छ । दरिलो ईन्टरनेट कनेक्ट गर्न बिर्सनु हुंदैन । गुगल म्याप पछ्याउनु साथमा पथ प्रदर्शक भए सरह भरोसा हुन्छ । प्राथमिक उपचारको लागि चाहिने औषधि साथै लानुपर्छ । टर्चलाईट वा एक्स्ट्रा मोबाईल पनि बोक्नु पर्छ । मधुर गीत घन्काएर जानुपर्छ । धेरै गीत बजाइ ब्याट्री सकाउनु हुंदैन । सुन्तला, स्याउ फलफूल हल्काफुल्का खाजा लग्नुपर्छ । चटपटे, क्याण्डी चकलेट चुस्दै हिँड्दा थकाई लाग्दैन । पेटभरी खानु हुंदैन । थोर–थोरै खाँदै चपाउँदै उकालो चढ्नु पर्छ ।

नुवाकोट पुगेर फर्कन चढेकै बाटोबाट फर्केपनि हुन्छ । समय र शारीरिक अवस्थालाई ध्यानमा राखेर नुवाकोट – बेलवास वा नुवाकोट– दोभान झर्ने ग्राभेल बाटो प्रयोग गरे पनि हुन्छ । इतिहासमा जारी प्रथा, जार काट्ने घटना हुँदा रहेछन् । तिनाउ, दोभान २ बगाहमा एउटा अजंगको ढुंगा देखियो । स्थानीय एक महिलासंग जिज्ञासा राख्दा त्यसको नाम “जार ढुंगा” र पहिले जारी प्रथा हुंदा जार काटिएको जनश्रुति रहेको बताइन् । हाम्रो विवाह पद्धतिमा जारी प्रथा पनि एक हुन्थ्यो । अब यो कुरीति हटिसकेको छ । तर, वैवाहिक बन्धनबाट छुट्टिएर अर्को लोग्ने वा स्वास्नी रोज्ने चलन त छंदैछ । अब त ‘लिभिङ टुगेडर’ जस्तो तरिका मज्जाले चलेको छ । स्वीकार्य पनि हुंदैछ । दोभान पुगिने सडकबाट झरेपछि सडकमा पाइने कुनै यातायातका साधनबाट बुटवल आउन सकिन्छ । अनकुल समयमा समूह बनाई आफ्नो वरिपरिको प्राकृतिक, धार्मिक, एतिहासिक, साँस्कृतिक धरोहर रहेका स्थल घुम्न तपाईहरू पनि आउनुस् है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?