ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी
मुख्य खबर

विशेषज्ञ चिकित्सकपछि फेरियो जिल्ला अस्पताल

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

सन्धिखर्क, ११ चैत । सरकारी अस्पताल भन्ने बितिक्कै सेवा र सुबिधाको बिषयमा कुरो उठ्ने गर्छ । बिरामीहरुले भने जस्तो उपचार नपाउने भएर होला सरकारी अस्पताललाई हेयको दृष्टिलेहेर्ने गरिन्छ । तर पछिल्लो समय जिल्ला अस्पताल अर्घाखाँचीको हकमा भने यो अवस्था फेरिएको छ ।
अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केहीसमय पहिला सरकारी तथा सामुदायिक अस्पतालमा र नीजी क्लिनिकहरुमा उपचार गराउनेहरु पनि अहिले जिल्ला अस्पतालमै उपचारको लागि पुग्ने गरेका छन् । अस्पतालमा एम डि जि पि विशेषज्ञ डाक्टर २ जना भएपछि अहिले अपचारको लागिसजिलो हुने गरेको र सेवालीनविरामीहरु पनि धेरै संख्यामा आउने गरेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताउँछन् ।

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरुको ११ जनाको दरबन्दी भएपनि ३ जना मात्र विशेषज्ञ डाक्टर रहेका छन् जसमध्ये २ जना स्थायी र एक जना करारमा कार्यरत रहेको हुन । अझैपनि ९ जना डाक्टरको दरबन्दी भने खाली नै रहेको छ ।

निक साइमण्ड ईन्ष्टिच्यु काठमाडौंको आर्थिक सहयोगमा अस्पतालमा कार्यरत एम डि जि पि विशेषज्ञ डाक्टर अशोक कुमार शाहले पछिल्लो समय विरामीहरुको मन जित्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका ६ का दुर्गाप्रसाद भट्टराईले आफ्नी आमा सुन्तला देवि र छोरि विरामी परेपछि जिल्ला अस्पतालमा उपचारको लागि आएको र डाक्टर शाह लाई नै भेटी उपचार गराएको बताए । भट्टराईले जिल्लामा राम्रो डाक्टर आएकोमा खुसी व्यक्त गर्दै अहिले आमा र छोरीको स्वास्थ राम्रो भएको सुनाए ।

यस्तै भुमिकास्थान नगरपालिका २ कि कमला परियार विरामी भएपछि धेरै अस्पताल तथा क्लिनिकहरुमा चेकजाँचको लागि पुगिन तर उनको समस्या कम भएन पछिल्लो समय डाक्टर शाहाले चेकजाँच गरेपछि निको हुदै गएको उनको अनुभव छ । उनले थपिन् –‘निको हुन भने केहि समय लाग्छ डाक्टरले भन्नुभएको छ । ’
यसैगरी सन्धिखर्क नगरपालिका २ का जीवनारायण चुदाँलीले भने –‘‘मेरो पनि ज्यान दुखेको थियो, पहिला काठमाडौं सहित धेरै स्थानमा चेकजाँच गराए तर
केहीकम भएको थिएन् । जिल्ला अस्पतालका डाक्टर शाहले चेकजाँच गरेपछि अहिले क्रमश ःठिक हुँदै गएको छ ।’

यी त केही प्रतिनिधी पात्रहरु मात्र हुन् । जिल्ला अस्पतालमा उपचारको लागिआएका विरामीहरु अहिले डा.शाह संग नै चेकजाँच गराउनको लागि लाइनमा कुरेर बस्ने गरेका छन् । दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा पछिल्लो समय बढेर दैनिक तीन सयभन्दा बढी बिरामी उपचारको लागि जिल्ला अस्पतालमा आउने गरेका छन् । बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेको र ओपिडीमा मात्र नभई इमर्जेन्सीमा समेत विरामीको चाप बढेको छ ।

अस्पतालमा केही समय पहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूती गराएर बच्चा निकाल्ने सेवा पनि अहिले नियमित भएको छ । अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा पुन सुरु गरिएको हो । जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ ।

दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिएको हो । अहिलेअत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ। थाइराइड, फंगसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन्। अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि जिल्लामै हुने गरेको छ । ५० बेड क्षमतामा संचालनको लागी स्विकृत प्राप्त जिल्ला अस्पतालमा अहिले ६० जनाको स्थाई दरबन्दीमा १७ जना कार्यरत छन् भने अन्य दरबन्दी खाली रहेका छन् । अस्पतालमा १७ जना स्थाई कर्मचारी र ७२ जना अस्थायी करार कर्मचारी गरी जम्मा ८९ जना कर्मचारी कार्यरत रहेको सूचना अधिकारी निम रानाले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?