Logo
१४ जेष्ठ २०८०, आईतवार

पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने


काठमाडौँ ।

नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ। शनिबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा यसबारे सैद्धान्तिक सहमति जुटेको हो।

आइतबार (१२ चैत) सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बसेर यसबारे औपचारिक निर्णय लिने तयारी भएको एक पदाधिकारीले बताए। ‘पूर्ण दाईको नेतृत्व सभापतिले पनि चाहनुभएको छ। आजको बैठकमा यसमा सैद्धान्तिक छलफल भयो। तर, नामको विषयमा कुरा भएको हैन। पदाधिकारी वरियताको आधारमा कुरा गर्दा उहाँ नै हो,’ ती पदाधिकारीले भने, ‘भोलि सभापति उपसभापति र महान्त्रीको छुट्टै बैठक हुन्छ। हामी संभवतः पर्सि कार्यसम्पादन बसेर औपचारिक निर्णय गर्छौं।’

ती पदाधिकारीका अनुसार कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ।

आजको बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए।

‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ