Logo
१४ जेष्ठ २०८०, आईतवार

चिदिका–रुपन्देही सम्पर्क समाजले ग-यो वृद्धाश्रममा शान्तभोज


बुटवल, ११ चैत ।

चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीले वृद्ध बुबाआमाको सम्मानमा शान्त भोज कार्यक्रम गरेको छ ।

समाजले सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम पाकापुस्तामा रहेका जेष्ठ नागरिकलाई शान्तभोजन गराएको हो । त्यस अवसरमा बोल्दै समाजका अध्यक्ष केशवराज पन्थीले वृद्ध बुबाआमाको सम्मानले मात्रै उहाँहरुले समाजका लागि पु¥याएको योगदानको कदर हुने भन्दै समाजले यस्ता रचनात्मक कार्यक्रम आगामी दिनहरुमा पनि गर्दै जाने बताए ।

सद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम पाकापुस्ताका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले चिदिका–रुपन्देही सम्पर्क समाजले गरेको अनुकरणीय कार्यबाट अरुले पनि सिक्नुपर्ने बताए ।

त्यस अवसरमा पुर्व वडाअध्यक्ष रमेश नेपाल, समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, सचिव जिवनाथ अर्याल, गीता ज्ञवालीलगायतले वृद्धवृद्धाको सम्मान अहिलेको युवा पींढिले गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग