ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

दाङमा क्षयरोगको जोखिम उच्च, बिरामीको संख्या बढ्दै

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

दाङ, ११ चैत । घोराही १४ का बिकाश भट्टराइलाई एक वर्षअघि क्षयरोग लाग्यो । शुरुमा अरु समस्या होला भन्ने लागेर स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपनि स्वास्थ्य परिक्षण गरेपछि क्षयरोग पुष्टि भयो । हल्का खोकी लागिरहने, शरीर दुब्लाएर हाड र छाला मात्रै भईसकेको अवस्थामा उनलाई क्षयरोग लागेको पुष्टि भएपनि चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गरे । ६ महिना लगातार चिकित्सकको निगरानीमा डट्स विधिबाट औषधी सेवन गरेपछि सन्चो भएको छ ।
घोराही ६ का गोमती वलीले धुम्रपान सेवन गरेको धेरै भएको थियो । गत असारमा महिना अघि उनलाई खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने समस्या बढ्दै गयो । गर्दागर्दा खकारमा रगत पनि देखिएपछि उनले स्वास्थ्य परिक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । चिकित्सको सल्लाहमा ६ महिना डटस विधि अर्थात चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरेपछि निको हुनुभयो ।
दाङमा विभिन्न कारणले क्षयरोगको सिकार हुने क्रम बढ्दो छ । वर्षेनी क्षयरोगीहरु फेला पर्ने गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समयमै उपचारका लागि अस्पताल पुगेको र चिकित्सकको निगरानीमा सही रुपमा औषधी सेवन गरेका कारण बिरामी निको हुनेक्रम बढेको छ तर, कतिपय क्षयरोगीहरु अस्पतालसम्म नपुग्ने, लापरवाही गर्ने बानीले ज्यानसमेत गुमाउने गरेका उदाहरण छन् ।
दाङमा वर्षेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्ष २०७९–०८० को बितेको ६ महिनामा मात्रै दाङमा क्षयरोगबाट २१ जनाले मृत्युवरण गरीसकेका स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकलपर्सन देवीलाल डाँगीले जानकारी दिए ।
क्षयरोगका लक्षणहरुमा दुई वा सोभन्दा बढी खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् । ग्रन्थीमा क्षयरोग भएमा ग्रन्थीमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् ।
उनका अनुसार दंगीशरण र राप्ती गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित चार दशमलव आठ प्रतिशतको मृत्यु भएको छ । तुलसीपुरमा तीन दशमलव पाँच, बबईमा तीन दशमलव दुई, घोराहीमा तीन र लमहीमा दुई दशमलव एक प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा क्षयरोग निको हुने दर ९३ प्रतिशत छ भने रोगका कारण मृत्यु हुने जिल्लामा तीन प्रतिशत छन् । स्वास्थ्य कार्यालय दाङले तयार पारेको तथ्यांक नियाल्दा समुदायमा क्षयरोगको समस्या यथावत छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–०८० माघसम्मको क्षयरोग संक्रमणको दर हेर्दा घटेको देखिदैन । आर्थिक वर्ष २०७४–०७५ मा दाङमा ९ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । आर्थिक वर्ष २०७५–०७६ मा ८ सय २८ जना नयाँ बिरामी फेला परेका तथ्यांक छ । आर्थिक वर्ष २०७६–०७७ मा यो संख्या बढेर नयाँ संक्रमित ९ सय १५ पुगेको थियो । यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा ९ सय दुई जना नयाँ बिरामी फेला परेको तथ्यांक छ भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या अस्वाभाविक रुपमा बढेर १ हजार ४ सय ५३ जना पुगेको थियो । यो वर्षको बितेको ६ महिनामा ६ सय ७५ जना नयाँ क्षयरोगका विरामी फेला परिसकेका छन् ।
गत आर्थिक वर्षमा मात्रै दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसावले लुम्बिनीमै दाङ दोस्रो रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको रेकर्ड हेर्दा जिल्लामा पाँच सय ९९ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय १६ जना, तुलसीपुर उपमहानगरपालिकामा एक सय ६७ जना, बंगलाचुली गाउँपालिकामा २३ जना, शान्तिनगर र बबई गाउँपालिकामा समान २४–२४ जना, दंगीशरणमा २५जना, लमही नगरपालिकामा ३८ जना, राप्ती गाउँपालिकामा ३७ जना, गढवामा ३५ जना र राजपुरमा १० जनामा क्षयरोग पुष्टि भएको छ ।
दाङमा क्षयरोगीहरुको उपचारका लागि ५० वटा डट्स केन्द्र, ३२ माईक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सव केन्द्र रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीनएक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमा समेत जीन एक्सपर्ट केन्द स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले जानकारी दिए ।
उनका अनुसार, छोटो समयका लागि निगरानीमा (डट्स) ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साईड इफेक्ट हुनेभएकाले निगरानी अनिवार्य छ । प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उनले भने ।
तस्वीर : गुगल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?