ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
फ्रन्टपेज

फेरियो क्षयरोगको प्रवृत्ती : ‘ख्वाक्क खोकी क्षयरोग पो हो की !’

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

बुटवल, चैत- केही बर्ष पहिला सरकारले क्षयरोग सम्बन्धी सचेतना फैलाउने उदेश्यका नारा बनाएको‘ लगातारको खोकी क्षयरोग पो हो की !’ तर पछिल्लो समयमा क्षयरोगका भेरिन्टले आफ्नो स्वरुप परिर्वतन गर्दै जाँदा ‘ख्वाँक्क खोकी क्षयरोग पो हो की ! ’ भनेर सन्देश फैलाउन थालिएको छ ।
यतिमात्रै होईन पछिल्लो केही बर्ष यता खोकी बिना नै क्षयरोग अर्थात टिबी लाग्न लागेको हो । क्षयरोगका लक्षण देखिदै जाँदा मानिसहरुमा विना खोकी नै क्षयरोग देखिन थालेको अध्यायनले देखाएको हो ।

लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन राम प्रसाद भट्राईले पछिल्लो समयमा भेरिन्ट परिर्वतन हुँदै जाँदा खोकी बिना नै क्षयरोग देखिन थालेको बताउँछन् । उनले कोरोना पछि क्षयरोग देखिन प्रवृत्ती बढ्दै गएको भन्दै यसमा थप सजगता अपनाउनुपर्नेमा बताउँछन् ।
रुपन्देही जिल्लाका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिकामा क्षयरोगबाट प्रभावितहरुको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कुल १ हजार ५९ जना क्षयरोगीहरु रहेकोमा बुटवल उपमहानगरापलिकामा सबैभन्दा बढि २ सय ५४ जना क्षयरोगी भेटिएका हुन ।
सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ भेटिने दर बढ्दै जाँदा लक्ष्यमा भेट्न मुस्कीले हुने देखिएको हो ।
चालु आर्थिक बर्षको चैत महिना सम्ममा रुपन्देहीमा नयाँ केश पत्ता लाग्नेहरुको संख्या समेत विस्तारै बढ्दै गएको हो । जसमा बुटवल उपमहानगरापलिकामा २ सय ५४ जना क्षयरोगी पत्ता लागेको छ भने तिलोत्तमा नगरपालिका १ सय ५४ जना क्षयरोगी पत्ता लगेका हुन । यस्तै सिद्धार्थनगर नगरपालिकामा ८७ जना, सैनामैना नरपालिकामा ८३ जना देवदहमा ९५ जना क्षयरोगीका विरामी भेटिएका हुन ।

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार जिल्लामा सबैभन्दा कम कोटहईमाई गाउँपालिकामा जम्मा २१ जना क्षयरोगीका विरामी भेटिएका हुन ।त्यसपछि सम्मरीमाईमा २७ जना, ओमसतियामा २६ जना, रोहीणीमा ३३ जना, मर्चवारीमा ३५ जना, सियारीमा ४० जना, गैडहवामा ३७ जना, कञ्जनमा ४७, शुद्धोधनमा २८ जना र ओमसतिया गाउँपालिकामा २६ जना लुम्बिनी सस्कृतिक नगरपालिकामा ६५ जना नयाँ पत्ता लागेका विरामी हुन ।
अघिल्लो आर्थिक बर्ष २०७८÷७९ मा जिल्लमा कुल १ हजार १८ जना क्षयरोगका विरामी पत्ता लागेको यो आर्थिक बर्षको चैत महिना सम्ममा १ हजार ५९ जना विरामी पत्ता लागेका हुन । यो आर्थिक बर्षको अन्त्य सम्ममा यो संख्या अझ बढ्ने निश्चित देखिएको छ ।
जसमा बुटवल उपमहानगरापलिका गत बर्षमा २ सय ३५ जना भेटिएकोमा यो बर्ष २ सय ५४ जना भेटिएका हुन ।तिलोत्तममा गत बर्ष १ सय ४८ जना भेटिएकोमा यो बर्ष १ सय ५४ जना भेटिएका हुन ।

लुम्बिनी प्रदेशमा प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग हुने गरेकोे पाइएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य निदेशनालयका क्षयरोग फोकल पर्सन रामप्रसाद भट्राईका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशमा ८ हजार ९० जना क्षयरोगी मेटिएको र प्रति एक लाख बराबर १५७ जनामा क्षयरोग भेटिएको बताए ।
सेभ द चिल्डेन्स नेपाल बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहका अनुसार रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पश्च्मिमा ५५७ जना क्षयरोगी भेटिएका थिए । रुपन्देहीमा प्रदेशमा सबै भन्दा धेरै क्षयरोगि रहे पनि प्रतिएक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै भेटिएका थिए ।
रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोगी भटिएका हुन । समुदायमा नै गएर परिक्षण गरिएकाले आर्थिक वर्ष २०७७/०७८ मा क्षयरोगिहरु धेरै भेटिएको उनले बताए ।
जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालका अनुसार क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् ।
नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८÷७९–२०८२÷८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।

रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार लगायत योजना अघि सारेको छ । यस वर्ष ‘हो ,हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?