Logo
२३ जेष्ठ २०८०, मंगलवार

क्रिकेट प्रशिक्षक बसन्त शाही एपेक्स स्कुलमा सम्मानित


बुटवल, १० चैत ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक बसन्त शाहीलाई तिलोत्तमा शंकरनगरको एपेक्स स्कुलले सम्मान गरेको छ ।    शाही एपेक्स स्कुलका पनि क्रिकेट प्रशिक्षक एवं शेयर सदस्य हुन् ।   शाही  नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक ,आइसीसी क्रिकेट मेन्स वल्ड कप लिग २ का सह प्रशिक्षक समेत हुन् । नेपाली टीम वल्ड कपमा क्वालिफायर्समा पुराउन गरेको योगदानसहितको खुसीयालीमा उनलाइ सम्मान गरिएको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा शाहीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै प्रशिक्षक शाहीले क्रिकेट खेलाडी र प्रशिक्षक उत्पादनमा एपेक्स स्कूलको पनि ठूलो योगदान रहेको बताए । आफू २०६५ सालदेखि एपेक्समा आवद्ध रहेर विद्यालयबाट अन्तर्राष्ट्रिय खेलाडीहरु इन्दु वर्मा,प्रतिक्षा बस्याल,अनिल खरेल तथा वर्षा राना,प्रविना खड्का,आरती गैरे,सुधा थापा,पुजा भण्डारी,ज्योति पौडेल,अलिशा केसी,सावित्रा लम्साल,नितु भण्डारी,सोनिया पौडेल,साधना गौतम र पुजा भण्डारी लगायतलाई राष्ट्रिय महिला क्रिकेट खेलाडीहरु उत्पादन गरेको बताए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई,विद्यालयका अध्यक्ष शिव भट्टराई, पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,डिलबहादुर भट्टराई,हरि थापा,राजेन्द्र श्रेष्ठ,दीपक भुर्तेल,विद्यालयका सहायक प्राचार्य प्रभात केसीले प्रशिक्षक शाहीलाई नेपाली क्रिकेट टिमलाई विश्वकप क्वालिफायर प्रतियोगितामा पनि विजयी बनाउने गरी लाग्न शुभकामना दिएका विद्यालयका शिक्षक उमेश श्रेष्ठले जानकारी दिए । शाहीको प्रशिक्षणमा एपेक्स स्कुलले अण्डर १६ राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै प्रतियोगिता जितेकेको छ । एपेकसले वाईवाई महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता २०६९,भारत लखनउमा भएको चौथो अन्तर्राष्ट्रिय प्रिमियर लिग २०१६ जितेको शिक्षक उमेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?