Logo
१४ जेष्ठ २०८०, आईतवार

लुम्बिनी प्रदेशमा क्षयरोगी बढ्दै, देशभर ३१ हजार जना पहिचान बांकी


बुटवल,१० चैत ।   लुम्बिनी प्रदेशमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन । प्रदेशमा प्रति एक लाख जनामा १५७ जनामा क्षयरोग देखिने गरेको तथ्यांक रहेको छ । २०७४।७५ मा कुल ६ हजार ५ सय ८६ जना र प्रति १ लाखमा १३४ जना, २०७५।७६ मा कुल ५ हजार ९ सय ८ड जना र प्रति एक लाखमा १२० जना, २०७६।७७ मा कुल ५ हजार ६ सय ६५ जना र प्रति एक लाखमा ११२ जना क्षयरोगी रहेका थिए ।
आर्थिक वर्ष २०७७।७८ मा कूल ५ हजार ८सय ६२ जना र प्रति एक लाखमा ११४ जना रहेकामा २०७८।८९ मा अघिल्लो वर्षको तुलनामा २२ सय बढी ८ हजार ९० जना क्षयरोगी पुगेका हुन् । जसमा पुरुष ६२ प्रतिशत र महिला ३८ प्रतिशत ,बच्चा १० प्रतिशत रहेका लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन रामप्रसाद भट्टराईले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामध्ये सबै भन्दा धेरै रुपन्देही र सबैभन्दा कम रुकुम पुर्वमा रहेका छन् ।
नेपालमा हाल कुल ६९ हजार क्षयरोगी रहेको सर्वेक्षणले देखाएपनि ३७ हजार ८ सय ६१ जना उपचाररत रहेका र ३१ हजार जनाको पहिचान हुन बांकी छ ।
रुपन्देहीमा १ हजार ७०५ जना र रुकुम पुर्वमा ५७ जना क्षयरोगी रहेका छन् ।
प्रति एक लाखमा क्षयरोगीहरुको दर भने दाङमा धेरै रहेको जानकारी गराए । रुपन्देहीमा प्रति एक लाख बराबर १५७ र दाङमा प्रति एक लाख बराबर २१४ जना क्षयरोगी भेटिएको फोकल पर्सन भट्टराईले बताए ।
क्षयरोगीहरु मध्ये १५ वर्षदेखि ६४ वर्ष उम्ेरसम्मका ६८ प्रतिशत र ६५ वर्ष माथिका ३२ प्रतिशत रहेका उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीका पालिकाहरु मध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै २३४ जना क्षयरोगी भेटिएको बताए । क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको बताए । यसकारणले लुकेर रहेका धेरै भन्दा धेरै पहिचान गर्ने गरी आफुहरु लागि रहेको बताए ।

अझै पनि समाजमा क्षयरोग बारे जनचेतनामा कमि रहेको कारण बिरामीहरु खुलेर चेकजाँचको लागी आउन नसकेको ढकालको भनाई छ।

सेभ द चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिंहले लुम्बिनी प्रदेशको अबस्थाबारे जानकारी गराउदै स्वास्थ्य शिक्षा,जनचेतना जगाउने कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताए।

विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले पत्रकारसंग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताए ।

स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयरोग फोकल पर्शन हुमनाथ खनालले मानिसको मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा रहेको उल्लेख गरे ।

सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएको र ६ महिना देखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने खनालले बताए । ।
सामान्य क्षयरोगीले कम्तिमा ६ देखि ९ महिनासम्म औषधी खानुपर्छ भने डिआर क्षयरोगीहरुले कम्तिमा एक वर्षदेखि १८ महिना वा सो भन्दा पनि बढी औषधी खानुपर्ने उनले बताए ।

सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने सरकारको लष्य रहेको छ । क्षयरोगका बिरामीको उपचारमा ९१.५ प्रतिशत बिरामी निको हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग