Logo
१४ जेष्ठ २०८०, आईतवार

महिला लघुवित्तवित्तीय संस्थाको अभिमुखिकरण तथा तालिम


बुटवल(बुटवल टुडे) चैत ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा चालु आर्थिक बर्ष २०७९÷८०को समिक्षा तथा शाखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । महिला अधिकार तथा विकास केन्द्रको आयोजानमा बुटवलमा २ दिने तालिम तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै महिला अधिकार तथा विकास केन्द्रकी अध्यक्ष तुल्सी थापाले संस्थामा आवद्ध महिला दिदीबहिनीलाई वित्तीय कारोबारमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले लघुवित्तबाट लिईसकेको कर्जा सदस्यले तिर्दैन भन्न नपाईने कानूनी व्यवस्था रहेको बताईन । उनले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको अवस्थाबारे विभिन्न भ्रम पैदा भएको भएपनि वास्तवमा यस्तो अवस्था नभएको बताईन । संस्थाले लघुवित्तबाट कर्जा लिएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि समय समयमा तालिम समेत प्रदान गर्ने उनको भनाई रहेको थियो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले कार्यक्रममा बोल्दै महिला लघुवित्तमा सहभागी महिलाहरुलाई एकिकृतगरी अहिलेको विद्यमान आर्थिक मन्दीलाई मध्यनजर गरेर काम गर्न सहभागीलाई आग्रह गरेका थिए । लघुवित्त वित्तीय संस्थाले स–सानो पुँजीबाट आर्थिक उपार्जनको बाटोमा उदाहरणीय काम गरेको भन्दै सहभागी लघुवित्तमा आवद्ध कर्मचारीलाई आर्थिक उपार्जनको बाटोमा नमुना बन्न आग्रह समेत गरेका थिए ।

 

दुई दिन सम्म चलेको तालिममा सहायक कार्यकारी अधिकृत हरि प्रसाद गौतम र कर्जा अशुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ईश्वर बहादुर रोका, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बलबहादुर राना, अनुगमन विभाग प्रमुुख बुद्धिसागर न्यौपाने र केन्द्रीय कार्यालयका विभिन्न विभाग प्रमुख हरुको सहभागीता रहेको थियो । जसको मुख्यप्रशिक्षकको भुमिका राजु नेपालले निर्वाह गरेका थिए ।

हाल ७० वटा शाखा र ८ वटा सुपरिवेक्षण कार्यालय रहेको महिला लघुवित्तमा ७५ हजार महिला सदस्य आवद्ध रहेको सुपरिवेक्षण तथा निरिक्षण कार्यालय धनगढीका कार्यालय प्रमुख नारद न्यौपानेले जानकारी दिए । कार्यक्रममा ४ वटा सुपरिवेक्षण तथा निरिक्षण कार्यालयको सहभागीता रहेको योजना अनुसन्धान विभाग प्रमुख नारायण रोका ले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग