ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

सल्यानमा एमालेको ‘मिसन ग्रासरुट’ तिब्र

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

सल्यान(बुटवल टुडे)  चैत – पार्टी कार्यकर्ताको गुनासो सुन्न र अन्तरक्रिया गर्नका लागि नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट सल्यानमा प्रभावकारी देखिएको छ । जिल्लाको शद वटै स्थानीय तह स्थित गाउँवस्तीमा एमालेका केन्द्रीय प्रतिनिधीहरु खटिएका छन् । यसअघि चुनावको बेलामा मात्रै नेता कार्यकर्ता गाउँ घुम्ने परिपाटी भएकोमा अहिले पार्टीले चलाएको यस अभियानले कार्यकर्तामा उत्साह पैदा गरेको एमाले सल्यानले जनाएको छ ।
मिसन ग्रासरुटका लागि सल्यानमा ६ जना केन्द्रीय प्रतिनिधीहरु खटिएको एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले जानकारी दिए । छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा बदमी वोहरा बुढा, शारदा र बनगाड कुपिण्डे नगरपालिकामा विर बहादुर बम, कपुरकोट गाउँपालिकामा राम प्रसाद बराल र कालिमाटी गाउँपालिकामा चुडामणी शर्मा पार्टीको केन्द्रीय कमिटीबाट खटिएका छन् । यस्तै कुमाख र सिद्धकुमाख गाउँपालिकामा ठम्मर विष्ट, बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा मोहन वानीयालाई पार्टीले खटाएको छ ।
पार्टीको प्रभावलाई विस्तार गर्न तथा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन अभियानले राम्रो भुमिका खेल्ने एमालेको विश्वास छ । अभियान अन्तरगत वस्तीस्तरका कार्यक्रम र भेलाहरुमा स्थानीयहरुले पार्टीका नेता कार्यकर्तालाई नियमित रुपमा जनतासंग सम्पर्कमा रहन सुझाव दिनेगरेको एमाले सल्यानका सचिव बुढाथोकीले बताए । जिल्ला तथा प्रदेशका नेताहरुलाई आफुहरुले फोन गरेको बेला उठाउन, पार्टी कमिटीका बैठकहरु नियमित राख्न, आफ्ना सुखदुखमा साथ दिन स्थानीयहरुले आग्रह गर्नेगरेको अभियानमा खटिएका प्रतिनिधीहरु बताउँछन् ।
पार्टी सदस्यता नविकरण, विस्तार तथा टोल कमिटीलाई चलायमान बनाउनका लागि अभियान बढी केन्द्रीत रहेको एमाले सल्यानले जनाएको छ । जनस्तरमा प्रभावकारी देखिएको एमालेको मिसन ग्रासरुट मार्फत समाजमा राम्रो सम्भावना भएका युवाहरु र सम्भावनायुक्त अन्य व्यक्तिहरुलाई पनि पार्टीमा सामेल हुन प्रेरित गर्नेगरेको जिल्ला सचिव बुढाथोकीले जानकारि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?