ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
स्थानीय सरकार

‘मेरो दुई मिनेट’ ले चिटिक्क बन्दै विद्यालय

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

नवलपरासी,चैत – जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो विद्यालय, मेरो दुई मिनेट’ ले विद्यालय चिटिक्क बन्दै गएका छन् । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘मेरो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।
दुई महिनादेखि नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘मेरो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफाई र फूलबारी बनाउन र विरुवा रोपण गर्न लगाउनु पर्छ । यस्ता कार्यमा प्रत्यक्ष सहभागिता गराउनु पर्छ,भन्ने मान्यतालाई स्थापित गरिदै यो कार्यक्रम लागु गरिएको छ । शुरुमा केही शिक्षकलाई यस्तो कार्य गर्दा अभिभावकको कस्तो प्रतिकृया आउछ,भन्ने गरेका थिए । विद्यालयमा पढन पठाइएको हो,काम गर्नका लागि होईन,भनेर पनि अभिावकबाट गुनासो आउने हो कि भन्ने पनि केही शिक्षकले कुरा उठाएका थिए ।


तर आजै तिनै शिक्षक विद्यालयका बालबालिकालाई यस्तो कार्य गर्न गराउन र आफु पनि सँगै सहभागिता जनाउदै सफा सुग्घर र हरियाली विद्यालय बनाउनमा लागेका छन् । यस्ले विद्यालय चिटिक्क बनेका छन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,कक्षा कोठामा हुने धुलो,कागजका टुक्रा,सौचालयको दुर्घन्ध,विद्यालय परिसरमा जहाँ तही फोहोर मैला पनि देख्ने गरिएको थियो । तर अहिले ‘मेरो दुई मिनेट’ कार्यक्रमले विद्यालयका सबै पक्षमा सरसफाई भएको अवस्था देख्न पाउने भइएको छ । नगरपालिका र शिक्षा शाखाले यो कार्यक्रम लागु गरेको भए पनि नगरक्षेत्रका विद्यालयहरुले यसलाई स्वीकार गर्दै ब्यवहारमा उतार्न थालेका कारण मात्र सम्भव भएको उनको भनाई थियो । विद्यालयमा आउने बालबालिकालाई अक्षर चिनाउने,सैद्धान्तिक ज्ञान दिने,शिक्षा दिक्षा दिइने विद्यालयको दायित्व हो नै,तर त्यो सँगसँगै ब्यहारिक अभ्यास गराउनु पनि विद्यालयको जिम्मेवारी पनि हो । जुन कुरा अहिले वर्दघाटका शिक्षकका सोचमा परिवर्तन आएको छ । सोच बदलेर काम गर्दा विद्यालयको अवस्था नै परिवर्तन भएको छ ।

विद्यालय पनि बालबालिका र शिक्षकका लागि दैनिक ६ घण्टा विताउने पवित्र स्थान हो,अधिकृत सापकोटले भने,विद्यालयको सरसफाई गर्ने,सफा सुग्घर राख्ने र हरियाली बनाउने कार्य दुई चार जना सहयोगीले सम्भव छैन,त्यसका लागि सबै विद्यालय परिवार लाग्नु पर्छ । जुन वर्दघाट नगरका विद्यालय परिवार मिलेर काम गर्ने गरेका छन् । बालबालिकालाई विद्यालयमा ‘मेरो दुई मिनेट’सरसफाई कार्यक्रममा लगाउदा बालबालिकामा एक सुन्दर सस्कारको विकास हुन्छ । ज्ञानसँगै सिप विकास हुन्छ । घरमा पुग्दा पनि विद्यालयमा सिकेको सिप अनुसार गाउघर टोल सफा राख्नमा सहयोगी बन्ने छन् । अभिभावकलाई पनि घरमा सफाई अभियानमा सघाउने छन् । सरसफाई नहुदा लाग्ने रोग ब्याधिले बच्ने छन् । मानसिक रुपमा यसले खुशी ल्याउने छ । हरियाली अभियानले पल पलमा सुन्दर दृष्यावलोकन गर्न पाउने मात्रै नभई बोटविरुवाबाट प्राप्त हुने अक्सिजनको मात्रा वायुमण्डलमा वृद्धि हुदै जाने छ । सफा वर्दघाट बनाउनमा सबै भन्दा ठूलो योगदान विद्यालयकै रहनेमा उनले विश्वास ब्यतm गर्दै भने,बालबालिकामा विद्यालय र घर सफा सुग्घर बनाउने र वृक्षारोपण,विद्यालयमा फूलका विरुवा रोपणले उनीहरुका सस्कार बन्दै दिगोपना हुनेछ ।

वर्दघाट नगरपालिकामा सरसफाईसँगै विभिन्न पक्षलाई समेटेर विभिन्न दशवटा अभियान सञ्चालनमा रहेका छन् । ति दशै वटा अभियान सक्रिय रुपमा भई रहेको उनले बताए । यसले नगरपालिकाको विकासमा नगर सरकार मात्रै नभई नगरराज्य (जनता) नै लागेका छन् । यो अभियान र विकासलाई नगरराज्यका जनताले निरन्तरता दिदै गरिरहने हुन भन्ने नेपालकै नमुना पालिकाको रुपमा स्थापित हुनेछ । नमुना नगरपालिकाका रुपमा स्थापित वर्दघाटको गौरव मात्रै बढने होईन् वर्दघाटबासीले देश भरि सम्मान पनि पाउदै जाने छन् । आन्तरिक आय श्रोतका खोज्दै समृद्धि र विकासका लागि यो सरसफाईको अभियान र संस्कारले शुखी नेपाली समृद्ध नेपालको नारालाई साकार बनाउनमा सहयोगी बन्ने उनको भनाई थियो ।

विद्यालय पुग्दा फोहर व्यवस्थापन गर्ने, बोटविरुवाको संरक्षण गर्ने, फूल र विरुवा लगाएर बगैचा निर्माण गर्ने काम गरिरहेको र यो अभ्यासको रुपमा विस्तार भइरहेको शिक्षा शाखाका प्रमुख लोकराज पन्थीले बताए ।
नारा नाराका लागि होईन,आत्मबोध गरि मुलुकका सबै नागरिक र निकायले आआफ्नो स्थानबाट लागु गर्ने, कार्यान्वयन गर्ने गरेपछि मात्र सम्भव हुन सक्छ भन्ने सन्देश बाड्न खोजेको वर्दघाट नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?