ट्रेंडिंग:

>> न्यू होराइजन स्पोर्टस् क्लबको अध्यक्षमा ठकुरी >> अर्घाखाँची र गुल्मीमा वनको डढेलो गाउँमा पस्दा ६० बढी घरगोठ जले >> बागेश्वरी संगीतालयले मनायो रजत जयन्ती >> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

९ चैत्र २०७९, बिहीबार
९ चैत्र २०७९, बिहीबार

पाल्पा, ९ चैत ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवल रुपन्देहीले संघको लक्ष्य र उद्देश्यलाई हासिल गर्र्ने उद्देश्यले एशोसिएसनको वार्षिक कार्ययोजना बनाएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका स्थित सिर्जना फार्ममा बुधवार र बिहीवार आयोजना गरिएको योजना तर्जुमा कार्यशाला गोष्ठीले एशोसिएशनले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र इज्जतलाई मनन गर्दै सदस्य ब्यवसायीहरुलाई प्रदान गर्ने सेवालाई थप परिस्कृत गर्ने, संस्थागत सुधार, ब्यवसायी तथा संस्थागत सम्वन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक कार्यायोजना तय गरेको एशोसिएशनका अध्यक्ष हिमाल गैरेले बताए ।

ब्यवसायीका हकहित, संस्थाका गतिविधिलाई चलायमान र प्रभावकारी वनाउने, एशोसिएशनलाई समयसापेक्ष रुपमा सञ्चालन गर्न के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको र गोष्ठीले तय गरेका कार्यक्रमलाई वर्तमान कार्यसमितिले कार्यान्वयन गर्न प्रतिवद्ध रहेको अध्यक्ष गैरेले वताए ।

एशोसिएशनको लुम्विनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा तथा गण्डकी प्रदेशका स्याङ्गजा र बाग्लुङ सहित ८ जिल्ला कार्यक्षेत्र रहेको छ । एशोसिएशनले आयोजना गरेको दुई दिने गोष्ठीले सरोकारवाला निकायसंग समन्वय, संस्थागत तथा दैवी प्रकोप सहयोग, लेखा, आयकर तथा अग्नी नियन्त्रण तालिम, एप र सफ्टवेयर निर्माण, आन्तरिक अनुगमन, अध्ययन अवलोकन भ्रमण, भित्ते पात्रो प्रकाशन र तराई र पहाडी जिल्लाका ब्यवसायीहरुको नेतृत्व र दक्षता बृद्धिका लागि तालिम, कार्यशाला र अन्तत्र्रिmया गर्ने कार्ययोजना पारित गरेको छ ।

सो अवसरमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन लुम्विनी प्रदेश संयोजक प्रेम न्यौपानेले एशोसिएशनले आयोजना गर्ने हरेक क्रियाकलाप एशोसिएशनप्रतिको विश्वसनियतामा जोडिएको हुनाले सदस्य ब्यवसायीको हितसंगै कार्यक्रमले पनि विश्वसनियता प्राप्त गर्नुपर्ने बताए । उनले गोष्ठीबाट एशोसिएशनको आवश्यकता पहिचान गर्न सहज भएको भन्दै कुनै पनि समस्याको समाधान तत्काल गर्न नसकिए त्यो समस्याले अर्को समस्या निम्त्याउँछ भन्ने तर्फ सवै सचेत र सजग बन्न जरुरी रहेको बताए । संस्थामा सामूहिक जिम्मेवार बोध भयो भने जिम्मेवारीले शक्ति निर्माण गर्ने र शक्तिलाई सही ठाउंमा सदुपयोग गर्न सके परिणाम राम्रो आउने उनको भनाई छ ।

गोष्ठीमा सहजीकरण गर्दै प्रमुख प्रशिक्षक मनोज भट्टराईले गोष्ठीले पदिय जिम्मेवारीमा रहेकाहरुलाई संस्थागत उद्देश्य प्राप्ति, पद भन्दा जिम्मेवारीमा केन्द्रीत हुन, क्षमता अभिबृद्धि गर्न, संस्था संचालन प्रक्रिया तथा भौतिक, मानवीय र वित्तीय स्रोतको ब्यवस्थापनमा सहजीकरण गर्ने वताए ।

गोष्ठीमा सहभागी ब्यवसायीहरुले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको, बैंक ग्योरेण्टीमा इन्धन नपाउनु, डिप रडले मापन गरेको इन्धन खरिद गरी डिजिटल माध्यममा विक्री गर्नुपर्ने, पेशागत असुरक्षा, अग्नी विमा नहुनु, भारतीय मूल्यसंग एकरुपता नहुनु, राज्यले सम्मानित पेशाको रुपमा नहेर्नुलगायतका समस्या र चुनौती रहेको गुनासो गर्दै समाधानका लागि सामूहिक पहलको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा पत्रकार खिमानन्द भट्टराईले एशोसिएशनका पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारका विषयमा सहजीकरण गरेका थिए । एशोसिएशनका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजु न्यौपाने, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्वितीय उपाध्यक्ष गोपाल वस्याल, महासचिव हरिराम कसौधन, सचिव डासिराम अधिकारी, कोषाध्यक्ष विशाल गैरे, सह कोषाध्यक्ष लोकराज भुसाल, ब्यवसायी कृष्ण तिवारी, दिनेश न्यौपानेलगायतले वोल्दै गोष्ठीले संस्थागत आवश्यकतmा पहिचान गर्न र नियमित कार्यक्रम संचालनका लागि मार्गनिर्देशन गरेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?