Logo
१४ जेष्ठ २०८०, आईतवार

सैनामैना मेमोरियलद्वारा आर्थिक सहयोग


 

बुटवल(बुटवल टुडे) चैत– सैनामैना नगरपालिकाको वार्ड नम्वर १ मा सञ्चालित सैनामैना मेमोरियल स्कुलले बैदेशिक रोजगारका शिलसिलामा अपाङ्गताबन्न पुगेका मेजररोड निवासी टोपलाल घिमिरेका छोरा कृतिक घिमिरेलाई पुर्ण छात्रवृत्ती प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संस्था सैनामैना मेमोरियल जुनियर रेडक्रस सर्कलले उक्तपरिवारलाई १४ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

विद्यालयका मा.वि तह तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख डिबि क्षेत्रीको नेतृत्वमा निजको निवासमा पुगेर उक्त सहयोग र छात्रवृत्ती प्रदानको घोषणा गरिएको विद्यालयका प्राचार्य जे.वि.क्षेत्रीले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अतिरिक्त क्रियाकलाप प्रमुख डि.बि.खत्रीले आर्थिक अभावका कारण घिमिरे परिवारको भविश्यको एकमात्र शाहरा अबोधबालक शिक्षाको अवसरबाट वञ्चितहुन नपरोसभन्ने हेतुले विद्यालयले निजलाई पुर्ण छात्रव्रिति दिने निर्णय गरेको बताउँदै आगामी दिनमा समेत थप आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । केहिदिन अगाडी सामाजिक सन्जालमार्फत निजको भिडियो सार्वजनिक भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्वत्त स्फुर्तरुपमा आफुहरुले एकदिनको खाजाको रकम कटाएर उक्त रकम संकलन गरेको थिए । जीविकोपार्जनका लागि बैदेशिक रोजगारका क्रममा सवारी साधनको ठक्करबाट गम्भिर घाईते हुनपुगेका घिमिरेको शरिरको कम्मरमुनिको भाग पूर्ण निस्कृय बनि अपाङ्गता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग