Logo
२४ जेष्ठ २०८०, बुधबार
प्रथम उपमेयर कप टि–ट्वान्टी वडास्तरीय क्रिकेट प्रतियोगिता

वडा नं. १३ को विजयी सुरुवात


बुटवल, ८ चैत ।

वडास्तरमा रहेका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बुटवलमा प्रथम उपमेयर कप टि–ट्वान्टी वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र जितगढी रोयल क्रिकेट क्लबको आयोजनामा नरेश्वर क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा वडा नं. १३ ले वडा नं. १९ माथि ६ विकेटको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

वडा नं. १३ ले टस जितेर ब्याटिङको निम्तो दिएपछि मैदान उत्रेको वडा नं. १९ ले निर्धारित १५ ओभरको खेलमा ९९ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सन्दिप केसीले ४६ र सुदिप महतले १९ रनको योगदान दिए । वडा नं. १३ का धिरज शाही र सन्दिप सुनारले समान २–२ विकेट लिए । वडा नं. १३ का ब्याट्सम्यानले ११ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । यसका लागि सन्दिप सुनारले शानदार ४८ तथा रवि गहतराजले २४ रन बनाए । वडा नं. १९ का सुदिप महतले २ तथा हिसनले १ विकेट लिएपनि जितका लागि पर्याप्त भएन ।

खेलमा वडा नं. १३ का सन्दिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका १६ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने क्लबका अध्यक्ष गंगाराम सुनारले बताए ।

एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बलिङमार्फत खेलको उद्घाटन गर्दै खेल विकासमा पालिकामार्फत बजेट बिनियोजन गरिएको बताइन् । देशकै गर्विलो क्रिकेटको ईतिहास बोकेको नेपाली राष्ट्रिय टिमलाई खेलाडी दिने रुपन्देही र यहाँका पालिकाहरु सहकार्य गर्दै पूर्वाधार विकासमा लाग्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा रुपन्देही क्रिकेट संघका सल्लाहकार केहरसिह भण्डारी, राष्ट्रिय एम्पायर हेमन्त श्रेष्ठले खेल विकासको लागि दीर्घकालिन योजनासहित अघि बढ्नुपर्ने बताए । बिहिबार ३ वटा खेलहरु हुनेछन । बिहान पहिलो खेलमा वडा नं. ११ र ३, दिउँसो वडा नं. १२ र १७ तथा दिउँसो १५ र १३ बी का बीचमा खेल हुने अध्यक्ष गंगाराम सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन