Logo
१४ जेष्ठ २०८०, आईतवार

ग्लोबल मनि वीक–२०२३ को अवसरमा विद्यार्थीसँग एनएमबि बैंक सुनवल


बुटवल, ८ चैत ।

एनएमबि बैंक लिमिटेड सुनवल शाखाले ग्लोबल मनि वीक २०२३ को अवसरमा नवलपरासीको सुनवल स्थित रमवापुर माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका कक्षा ११ र १२ का करिव ७५ विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण गरेको हो ।

एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गरेका थिए । उनले युवा उद्दमशीलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै सुरु गरिएको लुम्बिनी बचत खाता बारे जानकारी, शेयर कारोबार सम्बन्धी ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य फान प्रसाद श्रेष्ठले आफ्नो विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यावहारिक वित्त सम्बन्धी ज्ञान आफुहरुले सिकेको बताएका थिए ।

एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ