Logo
२३ जेष्ठ २०८०, मंगलवार

साफ यू १७ महिला च्याम्पियनसिपमा नेपालले भुटानसंग खेल्दै


बुटवल, ८ चैत । बंगलादेशमा भइरहेको साफ यू १७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने चुनौति छ ।

उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८(१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?