ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

कालिकामा चल्यो ‘अदालत’

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल, ७ चैत ।

मागी बिहे गरेर गएकी सुमिना सापकोटाले शुरुका दिनहरुमा लोग्ने र परिवारका सदस्यहरुको राम्रै साथ पाएकी थिइन् । छोरी जन्मिएपछि भने उनलाई गर्ने व्यवहार बदलियो । बिदेशमा रहेका लोग्नेले वास्ता नगर्ने अनि परिवारका सदस्यहरुले अनेकौ लाञ्छना लगाउने र कुटपिट समेत गरे । विदेशबाट फर्केपछि लोग्नेले समेत चरित्रमा आशंका गर्दै कुटपिट गर्ने र घरबाट निकाल्ने काम समेत गरे । यस्तो अन्याय सहन नसकेर सुमिनाले जिल्ला अदालतमा मुद्दा हालिन् र लामो बहस पैरवीपछि उनले आफु र छोरीको अंशबण्डा लिएर छुट्टिईन् । यी दृश्यहरुले दर्शकहरुलाई कहिले भावुक त कहिले आक्रोशित बनाउथ्यो । यी दृश्यहरु कुनै चलचित्र वा नाटकका दृश्यहरु नभएर कानूनका विद्यार्थीहरुले संचालन गरेको अभ्यास अदालतका दृश्यहरु थिए ।

कालिका मानवज्ञान माविमा कानून अध्ययनरत विद्यार्थीहरुको संस्था कानून विद्यार्थी समाजको आयोजनामा व्यावहारिक कानूनी अभ्यास अन्तर्गत २ दिने अभ्यास अदालत कार्यक्रमको दोश्रो दिनमा विद्यालयको सभाहललाई अदालतको स्वरूप दिएर विद्यार्थीहरुले देवानी र फौजदारी मुद्दामा अदालत भित्र गरिने सम्पूर्ण प्रक्रियाहरुलाई प्रस्तुत गरेका थिए । अदालतका कर्मचारी, न्यायाधीश, कानून व्यवसायीदेखि प्रहरीसम्मको भूमिकामा विद्यार्थीहरु रहेका थिए । सुमिना सापकोटाको काल्पनिक मुद्दामा बादीको तर्फबाट प्रशंसा खनाल, कविता खनाल, अधिशचन्द्र खनाल, घनश्याम बिकले र प्रतिवादीको तर्फबाट खुशी बिक, वर्षा पाण्डे, अन्जना तिवारी र पार्वती खत्रीले बहस पैरवी गरेका थिए । उक्त मुद्दामा न्यायाधीश बनेकी आकृति श्रेष्ठले महिलाले लगाएको पोशाक र सामाजिक संजालमा बिताएको समय तथा पोष्टको आधारमा खराब आचरण भएको मान्न नहुने र यसैको आधारमा अन्याय गर्न नपाईने फैसला गरेकी थिइन् ।

ज्यान सम्बन्धी उद्योगको काल्पनिक मुद्दामा आशिष पाण्डेले न्यायाधीशको भूमिका निर्वाह गरेका थिए । सन्जु अधिकारीको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सरकारी वकिलको रुपमा अस्मिता शर्मा, विनिता अर्याल, रोशिका आचार्य, अंशुप्रिया झा र विपना सारुले वहस गरेका थिए भने अभियुक्तको तर्फबाट यादव पन्थी, सुशिला भण्डारी, सन्ध्या न्यौपाने र सन्ध्या खनालले वहस गरेका थिए । अभ्यास अदालतमा सुष्मिता पोख्रेल र अरुणा काफ्लेले श्रेस्तेदार तथा अमृता घर्ती र चन्द्रकला थारुले इजलास अधिकृतको भूमिका खेलेका थिए । अभ्यास अदालतमा अधिवक्ता ज्ञानु केसीले विद्यार्थीहरुलाई सहजीकरण तथा प्रशिक्षण दिएकी थिईन् ।

अभ्यास अदालत कार्यक्रमको समापनमा बोल्दै सर्वोच्च अदालतका पुर्व न्यायाधीश तेज बहादुर केसीले कानूनका विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने भएकोले व्यावहारिक अभ्यास जरुरी भएको र अभ्यास अदालतले अदालती प्रक्रिया बुझेको जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने भएकोले कानून पढाउने सबै स्कूल र क्याम्पसहरुले अभ्यास अदालतलाई शिक्षकको अनिवार्य उपायको रुपमा अवलम्बन गर्नुपर्ने बताए. । उनले अदालतमा अपनाउनुपर्ने कार्यविधिको बारेमा कानून व्यवसायी र अदालतका कर्मचारीले मात्र नभएर सामान्य नागरिकले पनि जानकारी लिन सकेमा न्याय सम्पादन कार्य सहज र वस्तुनिष्ठ हुने कुरामा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले शिक्षाले अन्यायको विरुद्धमा आवाज उठाउन सक्ने बनाउनुपर्नेमा अझैपनि शिक्षित महिलाहरु नै अन्याय सहेर बसेको कुराको चर्चा गर्दै कानून विषयको अध्ययनमा महिलाहरुको रुची तथा उपस्थिति बढेकोले भविष्यमा सबै किसिमका अन्याय र विभेदका विरुद्ध सशक्त आवाज उठ्ने र मानवअधिकारमैत्री समाजको निर्माण हुने विश्वास गरे । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरुले आफै संलग्न भएर गरेका कार्यक्रमले दिगो र व्यावहारिक सिकाई हुने भएकोले कालिकाले विद्यार्थीहरुलाई नै प्रत्यक्ष संलग्न गराएर व्यावहारिक अभ्यास गराउने गरिएको र यस्ता कार्यले नमूना विद्यालय बनाउन मुख्य भूमिका खेलेको चर्चा गरे ।

कानून विद्यार्थी समाजको अध्यक्षतामा भएको अभ्यास अदालत कार्यक्रममा कानून अध्ययनरत १९० जना विद्यार्थीहरु सहभागी थिए । कार्यक्रम सञ्चालन विनिता अर्यालले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?