ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
समाज

संगम कालिका टोलले बनायो सामुदायिक किरियापुत्री भवन

६ चैत्र २०७९, सोमबार १९:०४
६ चैत्र २०७९, सोमबार १९:०४

बुटवल, ६ चैत ।

शहरी क्षेत्रमा क्रियापुत्री बस्न सहजता हुने गरी दिपनगरमा सामुदायिक किरियापुत्री भवन निर्माण गरिएको छ । संगम कालिकाको अगुवाईमा बुटवल उपमहानगरपालिकाको सहयोगमा भवन निर्माण भएको हो । नगरपालिकाबाट ३ किस्तामा गरी १४ लाख रुपैयाँ, स्थानीय समाजसेवीहरुबाट १३ लाख रुपैया रुपैयाँ गरी कुल २७ लाख खर्चमा सुविधासम्पन्न ३ कोठा भवन निर्माण भएको निर्माण समितिका अध्यक्ष मान प्रसाद सुवेदीले बताए । शहरी क्षेत्रमा बसोबास गर्नेहरु आफन्तको मृत्युको पिडासंगै कोठा अभाव हुनेहरुलाई न्युनतम सुल्क लिएर सेवा दिने उनले बताए । करिब १ विगाहा क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा भवन निर्माण गरिएको हो ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सोमबार भवनको उदघाटन गर्दै स्थानीय सरकार र समुदायको पहलमा नमुना काम भएको बताए । सामाजिक रुपान्तरणका लागि सबैको सहकार्य जरुरी रहेको उनले बताए । शहर उन्मुख नगरलाई मानवताको पहिचान दिने गरी स्थानीयबाट गरिने काममा पालिकाबाट निरन्तर सहयोग हुने प्रतिवद्घता जनाए ।

कार्यक्रममा निर्माण समितिका सचिव हेम बहादुर बिश्वकर्माले वि.सं. २०७७ सालमा शुरुवात गरेर दुई वर्षमा तयार भएको बताए । संगम र कालिका टोल मिलेर भवनको निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगर वडा नं ७ का निवर्तमान अध्यक्ष कमलप्रताप थापा, वडा सदस्य राधिका पौडेल, चादबारी प्रहरी बिटका प्रमुख खगेन्द्र पराजुली, कलाकार शान्ताराम गिरि, भवन निर्माण समितिका उपाध्यक्ष शारदा खड्का, सल्लाहकार मोति श्रेष्ठ, रवि गौचन, सहसचिव प्रकाश क्षेत्री, कोषाध्यक्ष चन्द्र गुरुङ, भवन निर्माण अनुगमन समितिका संयोजक टेक राज पन्थीले सानोसानो सहयोग जुटाएर भवन निर्माण गर्न सफल भएको बताए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने जनप्रतिनिधि, दाताहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?