Logo
८ चैत्र २०७९, बुधबार
स्ववियु चुनाव

बुटवल क्याम्पसमा तीन संगठनले गरे अनेरास्ववियुलाई समर्थन


बुटवल, ४ चैत ।

आइतबार हुने स्ववियु निर्वाचनका लागि एमाले निकट अनेरास्ववियुलाई तीन विद्यार्थी संगठनले समर्थन गरेका छन् ।

अनेरास्ववियु (छैठौं), स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूह (क) ले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै चैत ५ गतेको स्ववियु चुनावका लागि बुटवल बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

विज्ञप्तीमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी नेतृत्वको प्यानलमा मतदान गर्न उनीहरुले अपिल समेत गरेका छन् । अखिल छैठौंका इकाई अध्यक्ष सागर बेलबासे, स्वतन्त्र विद्यार्थी समूहका अध्यक्ष एकराज डोटेल र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूह (क) का अध्यक्ष सुवोध पौडेलद्वारा जारी गरिएको छुट्टाछुट्टै विज्ञप्तीमा अनेरास्ववियुले नै आम विद्यार्थीका हक हित र अधिकारका निम्ति आवाज उठाउन सक्ने क्याम्पसको समग्र विकासका लागि सक्षम रहेकोले यस्तो निर्णय गरिएको उल्लेख छ ।

तीनवटै विद्यार्थी संगठनले समानुपातिकतर्फ पनि अनेरास्ववियुलाई नै मतदान गर्न पनि अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?