Logo
८ चैत्र २०७९, बुधबार
फोटो फिचर

चार बर्षपछि फर्किएको तिलोत्तमा गोल्डकपको खुसी ११ तस्वीरमा


चार बर्ष पछि तिलोत्तमा गोल्डकप शनिवार देखि सुरु भएको छ ।   प्रतियोगिताको २२ औं संस्करणको उद्घाटन खेलमा सुदुरपश्चिम ११ ले शानदार जितसंगै अन्तिम चारमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम अन्तिम चारमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा जीत निकाल्ने उदेश्यसहित मैदान प्रवेश गरेको करेन्ट रुपन्देही ११ को फितलो खेल प्रर्दशनका कारण दर्शक दीर्घाबाट हुटिङ्ग भएको थियो । उद्घाटन खेल आयोजक र सुदुरपश्चिम विचमा रोचक हुने उदेश्यसहित मैदान पुगेका फुटवल खेल प्रेमीहरु रुपन्देहीको फितलो खेल प्रर्दशनबाट रुष्ट देखिएका थिए ।

गोल्डकपको बुटवल उपमहानगरापलिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैया नगद पुरस्कार पाउने छन । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैया वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन ।

 

 

 

 

 

तस्वीरः विश्वास ढकाल/ बुटवल टुडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?