Logo
८ चैत्र २०७९, बुधबार

डेभलपमेन्ट बैंकर्स एसोसिएसन अध्यक्षमा श्रेष्ठ


बुटवल, ३ चैत । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् ।

चितवनमा शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा चयन भएका छन् ।
यस्तै एसोसिएसनको कार्यकारी सदस्यमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कट्टेल सर्वसम्मत रुपमा चयन भएका छन् । देशभर ८ वटा राष्ट्रियस्तरका सहित कूल १७ वटा विकास बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?