ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै
मुख्य खबर

दुधको मुल्य वृद्धि किसानलाई भन्दा ‘बिचौलियालाई’ तेब्बर नाफा

२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

बुटवल- बजारमा अहिले पशु चौपयालाई खुवाउने दाना सहित अन्य बस्तुको बजार मुल्य आकासिएको छ । पशु लाई खुवाउने चोक्करको मुल्य बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो छ भने ब्रानको मुल्य पनि अहिले ५० देखि ७० रुपैयाँ छ । यसको संगै पिना, पराल लगायत हरियो घाँसको समेत मुल्य वृद्धि छ ।
कतिपय किसानले उत्पादन लागत थेग्न नसकेर फार्म नै बन्द गरेका छन् भने कतिपय व्यवसायीक किसानले पेशाबाट पलायन भएका छन् ।
वि.स. २०७९ फागुन १९ गते राष्ट्रिय दुग्ध विकास बोर्ड, केन्द्रीय दुग्ध सहकारी संस्था, मन्त्रालय समेतले साविक किसानले पाउँदै आएको दुधको मुल्यमा वृद्धि गरेको थियो ।

दुधमा हुने फ्याट(चिल्लो पदार्थ) र एसएनएफ(ठोस पदार्थ)को मात्रा लाई लाई मिल्क एनलाईजरले चेक गरी न्यूनतम ४ फ्याट र ८ एसएनएफ भएको दुधको प्रतिलिटर न्युनतम ६५ रुपैयाँ कायम गरिएको थियो, जुन किसानले पाउने मुल्य हो ।
सोही अनुसार यहि चैत १ गते देखि लागू हुने गरी सहकारी, डेरी व्यवसायीहरुले समेत मूल्य वृद्धि गरेका छन् ।
प्रति फ्याट ७.१५  रुपैयाँ र प्रति एसएनएफ  ४.५५  रुपैयाँ किसानले नयाँ मुल्य अनुसार पाउँछन् । जस अनुसार सामान्य ८ः४ को दुधको मुल्य किसानले ६५ रुपैयाँ पाउने छन् ।
तर बजारमा अहिले दुधको मुल्य १०० देखि १ सय ३० रुपैयाँ सम्ममा मनोमानी रुपमा विक्रि वितरण भैरहेको छ ।
रुपन्देहीको तिलोत्तममा व्यवसायीक पशुपालन गर्दै आएका उमादेवी पशुविकास र्फामका सञ्चालक केशव खनालले किसानले बढेको मुल्य पाउने भएपनि किसानलई भन्दा विचौलियाहरुलाई बढि नाफा भएको बताउँछन् । उनले किसानले १० रुपैयाँ बढेको मुल्य पाउँदा उत्पादन पनि गर्न नपर्ने, एउटा डेरी राखेको भरमा व्यवसायीहरुले भने २५ देखि ५० रुपैयाँ सम्म प्रतिकिलो दुधमा नाफा कमाईरहेको बताउँछन् । उनिभन्छन्–‘उत्पादन लागत किसानको बढेको छ, तर व्यवसायीहरुले बढि नाफा कमाईरहेका छन्, जुन समस्याको विषय हो ।’ उनले व्यवसायीहरुलाई भन्दा उत्पादन गर्ने किसान लाई नै नाफा हुनु पर्ने उनको माग छ ।

रुपन्देहीमा रहेका दुग्ध उत्पादक कृषि सहकारी संस्थाले समेत अहिले दुधको मुल्य वृद्धि गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सञ्चालक समेत रहेका रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ न्यौपानेले किसानले बढेको मुल्य पाउने बताउँछन् । अहिले पनि सकारीले उपभोक्ताहरुलाई फ्याट र एसएनएफको आधारमा दुधको मुल्य दिदै आएको बताउँदै केन्द्रीय निर्णय अनुसार नै अहिलेको दुधको मुल्य किसानले पाउँने उनको भनाई छ ।
उनले सहकारीमा अहिले पनि किसानबाट संकलन गरिएको दुधमा प्रति लिटर ६५ देखि ८० रुपैयाँ किसानले पाउँदै आएको बताउँछन् । उनी भन्छन्–‘किसानले ६५ देखि ८० रुपैयाँ प्रतिलिटर पैसा पाउँनुभएको छ, यसमा फ्याट र एसएनएफको मात्रा बढि भएमा सोही अनुसार थप रकम दिने व्यवस्था रहेको छ । ’
रुपन्देहीमा रहेका ४२ वटा दुग्ध उत्पादक कृषि सहकारी संस्थाले समान रेटमा किसानबाट संकलन दुधमा मुल्य दिदै आएको अध्यक्ष न्यौपानेको दावि छ । उनले सहकारी मार्फत संकलन गरिएको दुधमा उपभोक्ताहरुलाई अहिले पनि उपभोक्ताहरुलाई ८० रुपैयाँ प्रतिलिटरमा दुध दिदै आएको समेत बताउँछन ।

किसानले यो भन्दा पहिला होल दुध (गाई र भैसी) दुध ७० रुपैयाँमा विक्रि गर्दै आएकोमा डेरी व्यवसायी, दुध संकलक व्यवसायीहरुले ९५ रुपैयाँमा बजारमा विक्रि गर्दै आएका थिए । अव किसानले बढेको ५६ बाट मुल्य १० थप गरी ६५ रुपैयाँ पाउँदा यता व्यवसायीहरुले भने १०० रुपैयाँमा दुध विक्रि गर्दै आएका छन् । किसानलाई १० रुपैयाँ बृद्धि हुँदा व्यवसायीलाई डवल ३५ रुपैयाँ नाफा भएको देखिन्छ । जुन नाफा तेब्बर बढि होे ।

व्यवसायीले नाप्दैन्न गुणस्तर
किसानबाट फ्याट र एसएनएफ नापेर सोही अनुसार मुल्य निर्धारण गरी बजारमा ल्याउनु पर्नेमा व्यवसायीहरुले भने होलसेलमा दुधको मुल्य निर्धाणरण गर्ने गरेको पाईन्छ । गाई र भैसीको दुध मिसाएर व्यवसायीहरुले अहिले बजारमा दुध १०० रुपैयाँ देखि कुनै कुनैले १ सय ३० रुपैयाँमा विक्रि गर्दै आएका छन् ।
उत्पादन लागत बढ्दा घाटामा रहेका किसानले सोझै उपभोक्तालाई दुध दिँदा दुधको पुर्ण मुल्य पाउँछन् तर किसानले आफुले बजारीकरण गर्न नसक्ने हुँदा व्यवसायीहरु, सहकारी मार्फत र सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान मार्फत दुध दिँदा दोब्बर नाफा किसानले गुमाउँदै आएका हुन ।

उत्पादन लागत किसानको नाफा व्यवसायीको
बजारमा पशुजन्य दाना, पराल र घाँसको मुल्यवृद्धि भएको कुरा साँचो हो । सोही अनुसार सरकारले पनि पहिला किसानले पाउँदै आएको मुल्यमा ५६ बाट ६५ बनायो । तर किसानले उत्पादन लागतमा अहिले बढेको मुल्य बजार मुल्य भन्दा २५ रुयैयाँ कम हो । पशु चौपाय पाल्ने किसान, चौपायको स्यारसुसार गर्ने किसान तर नाफाको अधिकतम हिस्सा भने व्यवसायीहरुले उठाईरहेका छन् । दुधमा ‘विचौलिया’को रुपमा रहेका यी व्यवसायीहरुको अहिलेको सञ्चालन खर्चबढेको भने होईन, व्यवसायीहरुको सञ्चालन खर्च पहिलाकै रहेको छ ढुवानीमा ईन्धनको मुल्यबृद्धिबाट केही असर परे पनि अन्य भने यथावत रहेको पाईन्छ । तर व्यवसायीहरुले किसानलाई दिने मुल्य भन्दा तेब्बर बढि मुल्य निर्धारण गरए किसान र सिंगो उपभोक्ता माथि ठगेको पाइएको हो ।

के भन्छन् डेरी व्यवसायी
डेरी व्यवसायी संमिति रुपन्देहीका अध्यक्ष रामकृष्ण शर्माले अहिले किसानले पाउने मुल्य भन्दा व्यवसायीहरुले बढि मुल्य लिएको विषयमा आफुहरुले त्यसो नगरेको बताउँछन् । उनले किसानले पाउने मुल्य सरकारले १० रुपैयाँ बृद्धि गर्दा सोही अनुसार दुध संकलन गर्ने व्यवसायीहरु, सहकारीहरुले समेत मुल्य वृद्धि गरेको कारणले गर्दा डेरी व्यवसायीहरुले पनि सोही अनुसार मुल्य बृद्धि गरेको दावि गरे । बुटवल टुडे संगको कुराकानीमा अध्यक्ष शर्माले भने–‘दुध संकलन गर्ने सहकारी, व्यवसायीहरुले दुधको मुल्य वृद्धि गरेको कारण हामीले पनि वृद्धि गरेका हौं, यसमा हामीलाई बढि नाफा किसानलाई काम भन्ने होईन , हामी ईन्धन, प्लाष्टिको मुल्य बढ्दा समेत साविककै नाफामा मुल्य कायम गरेका हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?