ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
ज्ञानोदय रात्री माविका विद्यार्थीः

दिनभर काम, साँझ पढाई

दिनभरको कामको थकानलाई थाती राखेर अक्षर चिन्न ज्ञानोदयमा आउने कम छैनन् । पढाइका कारण ठक्कर खाएरहरु समाजको नकारात्मक टिप्पणी चिर्नकै लागि पनि विद्यालयमा भर्ना भएर पढिरहेका छन् ।
२ चैत्र २०७९, बिहीबार
२ चैत्र २०७९, बिहीबार

बुटवल, चैत- बुटवल मैनाबगरकी गिता बुढाप्रिति दिनभरि गार्मेन्ट उद्योगमा काम गर्छिन । साढे ४ बजेपछि उनलाई विद्यालय जान हतार हुन्छ । ज्ञानोदय रात्री मावि कक्षा १० अध्ययरत उनि एसईईको तयारीमा छिन । ‘धेरै मेहनत गरिहेको छु ।’– उनले भनिन । सानोमा पढ्ने रहर मारेकी उनि अहिले ३६ वर्षको उमेरमा विद्यालय जान्छिन । झोलाभरि किताब बोकेर उनि रात्री विद्यालय धाउछिन । ‘छोरी दिउसो यही बिद्यालय पढ्छिन म रातीमा पढ्छु ।’– उनले हास्दै भनिन् । छोरी ईश्वरी थापा दिउसो ७ कक्षामा पढ्छिन । गिता बुढाप्रिति भने साझ साढे आठ बजे कक्षा सकेर घर जान्छिन ।

बिस २०७६ मा ज्ञानोदयमा कक्षा ८ भर्ना भएकी उनि आफनो पढाईबाट निक्कै उत्साही छिन । ‘निशुल्क पढ्न पाउदा धेरै खुशी छु ।’– उनले भनिन । विद्यालयबाट दिइने सुविधाबारे प्रचार कम भएको ठान्ने उनि केही सुविधाहरु थप गर्न सुझाव दिन्छिन । साझ विद्यार्थीहरुलाई यातायातको सुविधा मिले धेरै राम्रो हुने उनी बताउछिन ।

१९ वर्षिय छबिलाल बिक पनि ज्ञानोदय रात्री माबिकै कक्षा १० मा पढ्छन । बाग्लुङ बुर्तिबाङका छबिलाल जनजिवराज सुसिला माबिमा ८ कक्षासम्म अध्ययन गरे । बुबाको रोजगारको क्रममा बुटवल बसाई सरेपछि उनको शिक्षा रोकियो । आर्थिक अवस्था कमजोर भएका उनि बुबासंगै आफुपनि रोजगारमा लागे । पढ्ने ठुलो धोको बोकेका उनलाई रात्री मावि राम्रो ठाउ बन्यो । घरमा सल्लाह गरेर उनि ज्ञानोदयमा भर्ना भए । दिउसो एकाउन्ट काम गर्ने उनि साझको समयमा अध्ययन गर्छन । भविष्यमा सरकारी जागिर खाने सोच बनाएका उनी आधारभुत शिक्षा सकेर थप अध्ययन गर्न चाहन्छन । ‘पढाइ राम्रो छ ।’– उनले भने । समयसापेक्ष आधुनिक शिक्षाका विषयबस्तुहरु समेट्ने र कम्युटर शिक्षा, ल्याब जस्ता ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने उनको सुझाव छ ।

दिनभरको कामको थकानलाई थाती राखेर अक्षर चिन्न विद्यालयमा आउने कम छैनन् । हरेक उमेरका विद्यार्थीहरु यहा छन । कतिपय भने आफनो परिचय दिन चाहनन । उनिहरुलाई समाजको डर छ । समाजको नकारात्मक टिप्पणीलाई चिर्नकै लागि पनि पढ्नेरु धेरै भेटिन्छन् । ज्ञानोदय रात्री माबि बिस २०२१ सालबाट स्थापना भएको हो । शुरुवातमा प्रौढ शिक्षालयबाट अध्यापन गरिएको विद्यालय बिसं २०२८ सम्म राम्रो चल्यो । नया शिक्षा लागू भएपछि बिसं २०२८ सालपछि केही समय विद्यालय बन्द भयो । पुर्वाधार सम्पन्न विद्यालय दुखी असहायलाई शिक्षा दिने लक्ष्यसहित समुदायकै अगुवाईमा २०३८ सालमा पुनः संचालन गरियो । दिनभर काम गर्ने र आधारभुत शिक्षा दिन चाहनेहरुका लागि यो विद्यालय निक्कै फलदायी छ ।

विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद पौडेलले आधारभुत शिक्षा दिन विद्यालय सफल भएको दाबी गर्छन । ‘देशकै नमुना विद्यालय हो ।’– उनले भने । उमेर पुगेका र पाकाहरुका साथै बिपन्न विद्यार्थीहरुलाई आधारभुत शिक्षा दिन सफल भएको उनले बताए । विद्यार्थीहरुको आर्थिक समस्यालाई बुझेर अतिविपन्नलाई पोशाकको ब्यवस्थापनका साथै पाठ्यसामग्रीसमेत उपलब्ध गराउने गरेको उनले बताए । ‘ कक्षा १० का विद्यार्थीहरुलाई निशुल्क कोचिङ कक्षा समेत चलाएका छौ ।’– उनले भने । औपचारिक शिक्षा लिएर केही गर्छु भन्ने विद्यार्थीहरुलाई विद्यालय धेरै उपलब्धिमुलक भएको उनले बताए । विद्यालयमा सबै निशुल्क रहेको उनी बताउछन । ‘हामी विद्यार्थीबाट पैसा लिदैनौ । ’– उनले भने । अति विपन्न, गरिब परिवारका विद्यार्थीहरुलाई भर्ना गरेर पढाईमा सहयोग गर्दै आएको उनले बताए । यो फरक प्रकृतिको विद्यालय भएको भन्दै उनले विद्यालयमा १५ वर्षदेखि ६५ वर्षसम्म सबै उमेरका विद्यार्थीहरु पढ्न आउने गरेको बताउँछन ।

विद्यालयको आफनो आय श्रोत नहुदा सुविधाहरु थप गर्न कठिनाई भएको उनले बताए । समयसापेक्ष प्राविधिक शिक्षालाई थप जोडेर लैजान सके विद्यार्थीहरुमा आत्मनिर्भरता बढ्ने उनी बताउछन । हाल विद्यालयमा ९ जना शिक्षक, एक जना लेखापाल र एक जना सहयोगी गरि ११ जना जनशक्तिबाट संचालन भएको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्म गरि १ सय ९ जना विद्यार्थीहरु अध्ययरत छन । नेपालमा यस्तो प्रकृतिको ३ वटा मात्र विद्यालयहरु छन । बुटवलका ज्ञानोदयसंगै काठमाडौमा नन्दी रात्री माबि र बिराटनगरमा बिराट रात्री माबि संचालनमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?